सडक अवरुद्ध हुँदा तरकारीको मूल्य अकाशीयो, झापामा अत्याधिक विषदीयुक्त तरकारी तथा फलफुल बजारमा

१ भदौ, काठमाडौं । अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि त्यहाँ तरकारीको मूल्य आकाशिएको छ । सडक विभागका लापरबाहीका कारण निसाने खोला नजिक २०७२ साल असोजमा पहिरो मर्मत नहुँदा हालैको वर्षाले पुनः २० मिटर पक्की सडक भत्किएर गएपछि यातायात अवरुद्ध बनेको हो । गत साउन २७ गतेदेखि अवरुद्ध बनेको धरान–धनकुटा सडक बुधबारदेखि सडक विभागले वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याएको छ । थप पढ्नुहोस्

अबिरल वर्षाले प्राधिकरणको संरचना क्षति, विद्युत् आपूर्ति बन्द

२८ साउन, काठमाडौं । मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । त्यस्तै खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ । हेटौँडा– चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । थप पढ्नुहोस्

विद्युत् सेवा बन्द भएपछि रुकुम अन्धकार, सरकारी कामकाज ठप्प, स्थानीय रेडियो बन्द

२२ साउन, काठमाडौं । जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ । केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो । विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । थप पढ्नुहोस्

एक वर्षमा चार हजार ठगी व्यापारीलाई कारबाही

११ साउन, काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो । कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिनुभयो । थप पढ्नुहोस्

वर्षाले सडक अवरुद्ध हुँदा रुकुममा नुन, तेलको अभाव

६ साउन रुकुम, । वर्षाका कारण यहाँका ग्रामीण भेगमा सञ्चालन हुने यातायातका साधन अवरुद्ध हुँदा पूर्वी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । पूर्वी भेगका तकसेरा, काँक्री, महत, मोरावाङ्ग, हुकाम लगायतका ठाउँमा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामानको अभाव हुन थालेको स्थानीयवासीको भनाइ छ । पहिरोले ठाउँ ठाउँमा सडक भत्काएपछि सदरमुकाम खलंगाबाट सामान ढुवानी हुन नसक्दा अभाव भएको काँक्रीका व्यापारी गोवर्धन बुढाले बताउनुभयो । मुसिकोट, सोलाबाङ्ग लगायतका ठाउँबाट त्यस क्षेत्रमा सामग्रीको ढुवानी हुने गर्दछ । थप पढ्नुहोस्

भुकम्प प्रभावितको खाद्यान्न कुहियो, दाल -चामलमा ढुसी र किरा परेको पाइयो

४ साउन, गोरखा। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ । विश्व खाद्य कार्यक्रम डब्लुएफपी ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न ९दाल र चामल० वितरणका लागि पुर्‍याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् । थप पढ्नुहोस्

भूकम्पपीडितलाई खै ट्याक्सी ?

२९ जेठ, काठमाडौं । दैवी प्रकोपपीडित तथा उद्धार सघाउ संस्था नेपालले भूकम्प पीडितलाई चिट्ठा प्रणालीबाट वितरण गरिने ट्याक्सीको नम्बरका लागि तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण धेरै नेपालीको रोजगारी तथा गाँसबासमा असर परेको अवस्थामा सरकारले तोकेबमोजिम पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन माग गरेको हो । थप पढ्नुहोस्
1 2 3 4