केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने

काठमाडौँ । संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् ।तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र सरकारमा रहने बताए । अहिले एक लाख १७ हजार दरबन्दी रहेपनि एक लाख ६ हजार कर्मचारी कार्यरत रहेका छन् । थप पढ्नुहोस्

मःमः बेचेर मासिक ३० हजार बचत, दैनिक १२ जनालाई रोजगारी

काठमाडौं । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थालेका हुन् । रिजालले दुई वर्षदेखि मःमः त्यहाँका विभिन्न बजारमा बिक्री गर्दैआएका छन् । मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत छन् । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण हुन पुगे । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भने । थप पढ्नुहोस्

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय

काठमाडौँ । सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो । थप पढ्नुहोस्

एकताको मिति यथाशक्य छिटो तय गर्न आकस्मिक बैठक

काठमाडौँ । नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बुधबार ४ बजेका लागि बैठक डाकिएको हो । बैठकमा माओवादीसँग गर्न लागेको पार्टी एकताको मिति यथाशक्य छिटो तय गर्नका लागि छलफल हुने भएको छ । सरकार सञ्चालनमा असन्तुष्टि जनाएका माओवादीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण आएका बेला प्रधानमन्त्री केपी ओलीले देखाएको व्यवहारबाट थप रुष्ठ भएका छन्।  पछिल्लो केही दिन यता चिसिएको सम्बन्धलाई सामान्य बनाउन प्रधानमन्त्री ओली आफैंले सकृयता देखाएका छन् । थप पढ्नुहोस्

नगरको रेखरेखका लागि नगर प्रहरी भर्ना, रोजगारीको अवसर

भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगरप्रहरी भर्ना गरेको हो ।भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको छ । तालीम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थापाले बताए । उनले भने , “नगरपालिकाले नगर प्रहरीको तालीम सकिएलगत्तै नगरको रेखरेखका लागि परिचालन गर्नेछ । उनीहरुले नगरपालिकाको मापदण्ड र नियम बाहिर गएर गर्ने कुनै पनि कार्यलाई हटाउने छन् ।” नगरप्रहरी राख्ने भक्तपुरमा सूर्यविनायक पहिलो नगरपालिका हो । थप पढ्नुहोस्

अमेरिकामा १ लाख ६४ हजार रोजगारी सिर्जना

२३ वैशाख, काठमाडौं । अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ । यो महिना ३।९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो दर सन् २००० को डिसेम्बर महिनापछिको सबैभन्दा थोरै हो । बेरोजगारी दर घट्नुको मुख्य श्रेय राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसलाई नै जाने बताइएको छ । थप पढ्नुहोस्

कर्मचारीलाई जनतामुखी बनाउन सिसीटिभी र इ–हाजिरी

२१ वैशाख, काठमाडौं । भ्रष्टाचारमुक्त र जनतामुखी गाउँपालिका बनाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरेको छ । कर्मचारीलाई जनताको सेवामा बफादार तथा जनतालाई दिइने सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहेको गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा र कर्मचारी गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको उनले बताए । थप पढ्नुहोस्

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

२० वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । उनीहरुबीच आज मन्त्रालयमा आयोजित भेटमा सम्झौता मस्यौदामाथि छलफल गरी चाँडै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भएको छ । छलफलमा मन्त्री विष्टले रोजगारीका लागि ओमन जाने नेपाली श्रमिकको हकहित र सामाजिक सुरक्षाका लागि द्विपक्षीय श्रम सम्झौता अत्यावश्यक भएकाले मस्यौदालाई छिट्टै अन्तिम दिएर सम्झौता गरिने बताए । थप पढ्नुहोस्

पोर्चुगलको बेरोजगार दर घट्दो

१८ वैशाख, काठमाडौं । पोर्चुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा निम्न विन्दुमा झरेको त्यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ । आइएनईले फेब्रुवरीका लागि बेरोजगारी दर ७.८ प्रतिशत हुने अपेक्षा गरेकोमा यसमा ०.२ प्रतिशत कम अर्थात् ७.६ भएको बताएको छ । यो जनवरीको तुलनामा ०.३ प्रतिशतले कमी हो । सन् २०१६ को सोही महिनाको तुलनामा यसवर्षको बेरोजगारी दरमा ४.३ प्रतिशत र सन् २०१७ को तुलनामा २.३ प्रतिशतले घटेको र यसलाई महत्वपूर्ण सुधार मानिएको सरकारले जनाएको छ । थप पढ्नुहोस्

रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

७ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती कर्मचारी र साविक स्थानीय निकायका कर्मचारीको रिक्त कर्मचारी र पदपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिँदै आज पत्र पठाएको मन्त्रालय, कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रुद्रलाल भुसालले जानकारी दिए । थप पढ्नुहोस्
1 2 3 4