साउनमा मेहंदी र हरियो चुरा ‘फोटो फिचर’

काठमाडौं । अबको एक दुई दिन पछि श्रावण महिना लाग्दै छ । साउन महिना सुरु भएसंगै काठमाडौंका निकै व्यस्त बजारमा सडक छेउमै हरियो चुरा र मेहंदी लगाउन सुरु गरिएको छ । अन्य समयमा यस्ता सामाग्रीहरु लगाउन खासै महत्व नदिनेहरु पनि श्रावण महिनामा भने विषेश महत्वका साथ हरियो चुरा, मेहन्दी तथा पहिरन लगाउन चासो देखाउने गरेको देखिएको छ । श्रावण महिनामा भगवान् शिवलाई जल चढाउने संस्कृतीसंगै नेपाली नारीहरुले हरियो चुरा, पोते, हरियै बस्त्र, हातमा मेहन्दी लगाउने चलन पनि पछिल्ला वर्र्षहरुमा बढ्दै जान थालेको छ । थप पढ्नुहोस्

चिया बेच्दै चलेको रञ्जिताको जिवन ‘फोटो फिचर’

काठमाडौं । दोलका घर भएकी ४१ वर्षीया रञ्जिता खड्का हरेक दिन दिउँसो ठीक ३ बजे बसन्तपुर दरबार आइपुग्छिन् । काठमाडौंको पशुपतिमा बस्दै आएकी रन्जिता बसन्तपुर दरबारमा घुम्न होइन उनी हरेक दिन ४० लिटरको भाँडामा चिया बोकेर बेच्न उनी दिउँसो ३ बजे त्यहा आइपुग्छिन् । असारको अन्तिम साता शनिबारको दिन आफन्तहरुको घुमघाममा असारे पानीसंगै रुज्दै भिज्दै घुम्न आएका हजारौ मानिसको हुल,समुहमा गएर रन्जिता चिया बेच्दै आफ्नौ दैनिकी चलाउदै आएकी छिन् । थप पढ्नुहोस्

चरी लैजा समाचार………हामि भयौं बेघरबार !!

काठमाडौं । अविरल बर्षापछि आएको बाढीका कारण नेपालका धेरै ठाउँमा बाढी र पहिरोका कारण अस्त ब्यस्त भएको छ । हरेक बर्ष बर्षादको समयमा आधि हुरी संगै आउने बर्षाले तराइका क्षेत्र जलमग्न भएका छन् । असारको अन्तिम सातामा आइपुग्दा परेको अबिरल बर्षाले काठमाडौं उपत्यका पनि जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, काभ्रेलगायतका जिल्लामा सयौँ घर डुबानमा परेका छन् । थप पढ्नुहोस्

बाढीले भक्तपुरका बस्ती डुबानमा ‘तस्विर’

काठमाडौं । अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरका कैयन बस्ती डुबानमा परे । अरनिको राजमार्गस्थित राधेराधे र भाटभटेनी सुपरमार्केट लगायत क्षेत्रका बस्ती डुबानमा परेका हुन् । बाढीले भक्तपुर नगरपालिकाका ३ र मध्युपर थिमी तथा सूर्यविनायक नगरपालिकाका ३ गरी ६ वटा वडाका खोला आसपासका बस्तीहरू डुबानमा परेका छन् । बाढीले केही चौपाया समेत बगाएको छ । खोला किनारमा रहेको एउटा फार्मबाट २४ वटा बंगुरका पाठा बगाएको हो । यसैगरी बाढीले चारडोबाटोबाट बालकोट जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । बिहीवार दिउँसो वर्षा कम भए पनि डुबान प्रभावित क्षेत्रमा पानी सुकेको छैन । थप पढ्नुहोस्

सुशासनको नयाँ इतिहास रचना गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आयोजित कार्यक्रममा अर्पण गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो नगर्ने बताए । थप पढ्नुहोस्

भारतमा लगाइएको नेपाली अदुवामाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । भारतले विभिन्न बहानामा नेपालको काँचो अदुवा आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ । काँचो अदुवा आयात विभिन्न बहानामा विगत केही वर्षदेखि भारतले रोक लगाउँदै आएको थियो । भारतीय पक्षले नेपाल भारत व्यापार सन्धि अनुसार प्रतिबन्ध फुकुवा गरेको भनेको छ । नेपाल भारत व्यापार सन्धिको बुँदा ४ र ५ मा नेपालको कृषि उत्पादनमा निशुल्क निर्यात हुने भनिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रवि शंकर सैजुले बताए । थप पढ्नुहोस्

आफन्तबाटै बालिका जोगाउन मुस्किल !

दुर्गालाल केसी दाङ । कतिपय जन्म दिने बाबुबाटै बलात्कृत भएका घटना छन् त कति नजिककै नातेदारबाट । कतिपय वृद्धले बालिकामाथि अत्याचार गरेका छन् भने कतिपय बालकले वृद्धालाई । अनेक रूपमा यस्तो अपराध बढ्दो छ । घरपरिवारकै सदस्यबाट बलात्कार हुने क्रम पनि चिन्ताजनक अवस्थामा छ । सुरक्षित भनिएको घर नै असुरक्षित भएपछि बालिका बचाउन कठिन भएको छ । – बाबुले निरन्तर जबर्जस्ती करणी गर्दै आएको भन्दै १३ वर्षीया बालिकाले गत वैशाख २३ मा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिइन् । प्रहरीले तत्काल ३० वर्षीय बाबुलाई पक्राउ गरी हाडनाता करणीमा मुद्दा चलायो । थप पढ्नुहोस्

बसन्तपुरस्थित गद्दी बैठकको पुनःनिर्माणपछि प्रम ओली द्धारा उद्घाटन ‘तस्विर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भूकम्पले क्षतिग्रस्त काठमाडौं बसन्तपुरस्थित गद्दी बैठकको पुनःनिर्माणपछि उद्घाटन गरेका छन् । बसन्तपुरस्थित गद्दी बैठकमा प्रधानमन्त्री लगाएत उच्चस्तिय मन्त्रीगणहरु तस्विरमा हेर्नुस उद्घाटन कार्यक्रमलाई [caption id="attachment_15223" align="aligncenter" width="825"] काठमाडौंको बसन्तपुरमा पुनःनिर्माण गरिएको गद्दी बैठकको बुधबार उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली । साथमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीलगायत । थप पढ्नुहोस्

बलियो मानिएको अष्टेलियालाई पेरुले हरायो, आफु पनि घर फर्कियो !

काठमाडौँ, १२ असार । विश्वकपका खेल शुरु हुदै गर्दा अष्टेलियालाई तुलनात्मक रुपमा बलियो टोलीका रुपमा हेरिएको थियो । तर विश्वकपको समूह सी मा यही बलियो टोली एक अंक बोकेर घर फर्किएको छ । मंगलबार राती पेरुसँग २ शुन्यले पराजित भएर अष्टेलिया घर फर्किएको हो । अन्तिम खेल मात्रै जित हात पारेर पनि पेरु पनि घर फर्किएको छ । अष्टेलियाविरुद्ध सान्तवना जित दिलाउन आन्द्र क्यारिलो र पाउलो गुएइरोले गोल गरे । जितपछि ३ अंक बटुलेपनि पेरु अष्टेलियासँग घर फर्किएको हो । यसअघि फ्रान्स र डेनमार्कसँग हार्नु नै पेरु रुस विश्वकपबाट बाहिरिएको पक्का थियो । थप पढ्नुहोस्

आठ परियोजना निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ‘तस्विर’

काठमार्डौ ।  देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माणसम्बन्धी समझदारी एवं सम्झौतापत्रमा बुधबार बेइजिङमा आयाजित हस्ताक्षर भएको छ । थप पढ्नुहोस्
1 2 3 5