प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान ‘तस्विर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । प्रधानमन्त्री ओलीलाई बिदाई गर्नका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, तथा नेकपाका नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम लगायत पुगेका थिए । थप पढ्नुहोस्

गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण सम्पन्न ‘तस्विर’

काठमाडौं । राष्ट्रियसभाका ५९ सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण सम्पन्न भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ ।राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रियामा गोला प्रथा सञ्चालन गरिएको थियो । गोला प्रथा कार्यक्रमका तस्विरहर [caption id="attachment_13595" align="aligncenter" width="825"] संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया अन्तर्गत गोला प्रथामा सहभागी हुँदै अर्थमन्त्री डा युवराज खतिवडा । थप पढ्नुहोस्

प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन ‘तस्विर’

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले शुक्रबारदेखि काठमाडौँमा आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ सुरु गरेको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । थप पढ्नुहोस्

बिकास योजनाहरुको स्थलगत निरिक्षण ‘तस्विर’

वीरगन्ज । चालु आर्थिक बर्षको अन्तिम महिना असाढ आउन लाग्दा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले सेवाप्रदायक कर्मचारीहरुको काम कारवाही चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन् । उनीले महानगरपालिकाको कार्यभार सम्हालेयता करिब २ हप्तामा भएको प्रशासकीय कार्यसम्पादनमा सुधारको अनुभुति वडास्तरसम्म गराउन महानगरपालिका कार्यालयका चार वटा वडामा छड्के अनुगमन गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भुषालले वडा नम्बर २८, ३०, ३१ र ३२ मा उनले अनुगमन गरेका हुन् । थप पढ्नुहोस्

मेयर सरावगीद्वारा २० दलित छात्राको अभिभावकत्व ग्रहण

वीरगंज । वीरगन्ज महानगपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले प्रर्सौनी बिर्ताका २० दलित छात्राहरुको सम्पुर्ण अध्यन अध्यापन खर्च आफुले बेहोर्ने बताए । सनराईज सामुदायिक अध्यन केन्द्र प्रसौनी बिर्ताले सोमबार श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालय वीरगंज २३ प्रसौनीमा आयोजना गरेको स्कुल व्याग बितरण कार्यक्रममा २० जना दलित छात्राहरुको अभिभावकत्व ग्रहण उनले बताए । थप पढ्नुहोस्

हिलाम्मे सडकका कारण सर्वसाधारणलाई आवतजावतमा सास्ती

कुसुम विश्वकर्मा काठमाडौं । काठमाडौंमा हल्ला बर्षा होस या अविरल पानी पर्ने बित्तिकै हिलाम्मे हुने सडकका कारण दैनिक जसो आवतजावत गर्ने आम सर्वसाधारणलाई सास्ती भएको छ । पानी पर्ने बित्रिकै दैनिक जसो हिलाम्मे हुने अवस्थाका सडकमा सरकार मातहतका सडक डिभिजनको त आँखा जान सकेको छैन भने जिल्ला सदरमुकाम स्थित नगर र गाउपालिकाका सडकको हालत अझै कस्तो होला कल्पना सम्म नि गर्न सकिदैन । थप पढ्नुहोस्

विश्व वातावरण दिवसमा प्रधानमन्त्री ओली रोपे लिच्ची ‘तस्विर’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारको बगैँचामा लिचि र एवोगार्डोको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ गरेको बताइएको छ । विरुवा रोपी सकेपछि प्रधानमन्त्री ओली विश्व वातावरण दिवसको अवसर मा पारेर सिंहदरबारमा ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियान समारोहलाई सम्बोधन गर्दै ‘एक नेपाली एक फलफूलको बिरुवा’ रोपौँ अभियानका रुपमा पालना गर्न ग्राहक गरेका छन् । प्रधानमन्त्री ओली द्धारा विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारमा ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ गरिएको छ । थप पढ्नुहोस्

वातावरण दिवसको अवसर संरक्षणसम्बन्धी र्‍याली ‘तस्विर’

काठमाडौं । नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ मंगलबारबाट शुभारम्भ भएको छ । प्रकृति र मानव सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण कायम राख्न विश्व वातावरण दिवसको अवसर पारेर महाभियानको शुभारम्भ भएको हो । अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियान सफल पार्न सबै नेपालीलाई आह्वान गरेका छन् ।। यसैबीच, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा मंगलबार बिहान ललितपुरको जाउलाखेलबाट वातावरण संरक्षणसम्बन्धी र्‍याली निकालिएको छ । थप पढ्नुहोस्
1 2 3 4 5