सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

कम्पला । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साझसम्म ४८ पुगेको छ ।अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ । यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । थप पढ्नुहोस्

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गरेका थिए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको बताए । थप पढ्नुहोस्

पाकिस्तानको आम निर्वाचन जुलाई २५ मा

काठमाडौं । पाकिस्तानमा आगामी २५ जुलाईमा आम निर्वाचन हुने भएको छ । राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गरेका छन् । राष्ट्रपतिका प्रवक्ताका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन हुने छ । पाकिस्तानमा वर्तमान सरकारको कार्यकाल सकिँदैछ । हाल पाकिस्तानको प्रधानमन्त्री शाहिद खकान अब्बासी छन् । गत वर्ष जुलाईमा तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै पदमुक्त गरेको थियो । त्यसपछि शरिफकै पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले खकानलाई प्रधानमन्त्री बनाएको थियो । थप पढ्नुहोस्

कङ्गोमा इबोला सङ्क्रमण : करिब ३० जनाको मृत्यु

किन्सासा । अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । कंगोमाको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको स्वास्थ्यमन्त्रीले बताएका छन् ।कंगोको झण्डै १० लाख जनसंख्याको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले नियन्त्रणका पहल प्रभावकारी रुपमा अघि बढाउन आग्रह गरेको थियो । कंगोमा देखिएको यस सङ्क्रमणमा परी करिब ३० जनाले ज्यान गुमाएका थिए ।परीक्षणको लागि चार हजार इबोलाको खोप त्यहाँ पु¥याइएको छ । थप पढ्नुहोस्

विमान दुर्घटनामा १०० जनाको मृत्यु

क्युबामा विमान दुर्घटनामा हुँदा करीब १०० जनाको मृत्यु भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याम आएका खबर अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो १२ः०८ बजे बोइङ ७३७–२०० विमान दुर्घटनामा परेको हो । खबरमा जनाइए अनुसार विमान राजधानी हवानाको जोस मार्टी एयरपोर्टबाट क्युबाकै अर्को शहर होलगुइनका लागि उडेको थियो । विमान उडेको केही क्षणमै दुर्घटनामा पर्‍यो । विमानमा १०४ जना यात्रु र ६ जना मेक्सिकन चालकदलका सदस्य सवार थिए । दुर्घटनामा परी करीब १०० जनाको मृत्यु भएको छ । घाइते अन्यको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । थप पढ्नुहोस्

पूर्वप्रधानमन्त्री रजाकको घरमा छापा, ३२७ करोड रुपैयाँ बरामद

काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री नजीब रजाकविरुद्ध भ्रष्टाचारको आरोपमा प्रहरी कारवाही जारी रहेको छ । मलेसियाली प्रहरीका अनुसार, रजाकको एक विलासी अपार्टमेन्टमा छापा मारेर लगभग ३२७ करोड रुपैयाँ बरामद गरिएको बताएको छ । त्यहाँबाट २८४ वटा बाक्साहरू पनि बरामद गरिएको थियो । ती बाक्साहरूमा डिजाइनर झोलाहरू, ती झोलामा नगद अनि महंगा घडीहरू प्रहरीले भेटाएको छ । मे महिनाको शुरुआतमा मलेसियाको आमनिर्वाचनको परिणाम घोषणा भएको थियो । त्यसमा रजाकको पार्टीले हार बेहोरेको थियो । थप पढ्नुहोस्

बम्बे भेल रेस्टुराँमा विस्फोट, १५ घाइते

काठमाडौं । क्यानाडाको टोरन्टोस्थित मिसीसागामा रहेको बम्बे भेल रेस्टुराँमा बिहीवार बम विस्फोट हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पु–याइएको छ । पील रिजनल प्यारामेडिक सर्भिसले ट्वीटमा बताएअनुसार, तीनजनाको स्थिति गम्भीर छ ।यो विस्फोट स्थानीय समयअनुसार, राति साढे बजे भएको थियो । यो आईईडी ब्लास्ट भएको मानिएको छ । पील रिजनल प्यारामेडिक सर्भिसको ट्वीट स्थानीय प्रहरीले विस्फोटमा दुईजनाको संलग्नताको आशंका गरेको छ । क्यानाडामा आकल आतंकवादी आक्रमणको शृंखला चलिरहेको छ । एक महिनाअघि टोरन्टोमै एक ड्राइभरले भीडमा भ्यान जोतेका थिए । थप पढ्नुहोस्

भारतको तामिल नाडुमा जारी प्रदर्शन मृत्यु हुनेको संख्या १३ पुग्यो

 भारत । भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ ।वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । तमिल नाडु राज्यको टुटिकोरिन सिटीमा प्रदर्शन चर्किदै गएपछि स्थानीय प्रशासनले कफर््यु आदेश पनि जारी गरेको थियो । घटनाका बारेमा छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । थप पढ्नुहोस्

प्रमुख कमाण्डर सहित छ आतङ्ककारीको मृत्यु

कुन्दुज ।अफगानिस्तानको उत्तरी प्रान्त कु्न्दुजमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी छ जना आतङ्ककारी मारिएका छन् । तालिबान आतङ्ककारी समूहलाई लक्ष्यगरी गरिएको कारबाहीमा उक्त संगठनका एक जना प्रमुख कमाण्डर मुल्लाह करिम मुख्लिस सहित छ आतङ्ककारी मारिएका छन् । कुन्दुज प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले अफगानिस्तानमा आतङ्ककारीको बढी प्रभाव रहेको भएकाले इलाकालक्षित हवाई कारबाहीमा अफगान सेनालाई नेटो र अमेरिकी सेनाको सहयोग रहँदै आएको छ । थप पढ्नुहोस्

निपाको छानविनका लागि ६ विशेषज्ञ टोली, मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

केरला (भारत) दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । केरलाका स्वास्थ्य मन्त्री के के सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, सङ्क्रमित १२ मध्येमा १० जनाको मृत्यु भएको छ भने दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।” मङगलबार बिहान प्राणघातक निपा भाइरसको सङ्क्रमण भै कोझिकोडे मेडिकल कलेज अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको थियो । मन्त्री सैलाजाले सोमबार दिएको जानकारी अनुसार निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताइएको छ । थप पढ्नुहोस्
1 2 3 15