भारत र चिनियाँ सेनाबीच झडप

३२ साउन, काठमाडौं । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ । उक्त उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको खुल्न आएको एकजना भारतीय रक्षा अधिकारीले जनाएका छन् । तर सो झडप सामान्य भएको र छोटो समयमा नै नियन्त्रणमा आएको पनि ती अधिकारीले जानकारी गराए । ती अधिरकारीका अनुसार चिनियाँ सेनाले उक्त उच्च हिमाली क्षेत्रमा गस्तीमा रहेका भारतीय सीमा क्षेत्रतर्फका भारतीय सेनामाथि ढुङ्गा प्रहार गरेका थिए । थप पढ्नुहोस्

नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता

३० साउन, काठमाडौं । भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सोमबार भारतीय राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् । उनीहरुका अनुसार भारतको भोलि मनाइने स्वतन्त्रता दिवसको अघिल्लो दिन हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखी यो सतर्कता अपनाइएको बताइएको छ । नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको प्राप्त समाचरमा उल्लेख छ । थप पढ्नुहोस्

चीनको भूकम्पमा १९ को मृत्यु, उद्दारकार्य जारी

२६ साउन, काठमाडौं । दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा मङ्गलबार राति गएको भूकम्पमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । उद्दारकार्य जारी रहेको र बिहीबार सम्ममा १९ को मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी सो भूकम्पमा परी ३४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । यसैबीच सिचुवान क्षेत्र पर्यटकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । थप पढ्नुहोस्

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४६ लडाकू मारिए

२२ साउन, काठमाडौं । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ३४ जना तालिवान लडाकूको मृत्यु भएको छ । अफगान प्रहरीले चलाएको विषेश सुरक्षा कारबाहीको अभियानमा उनीहरु मारिएको र थप २९ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जनाएको छ । बाघ्लान प्रान्तको मर्काजी जिल्लामा प्रहरीले विषेश सुरक्षा इकाइको रुपमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताएको छ । तालिवान विरुद्धको सुरक्षा कारबाही शृङ्खलाबद्ध तरिकाले भइरहेको छ । थप पढ्नुहोस्

चीनमा ७ लाखभन्दा बढी सामाजिक संस्था सक्रिय

१९ साउन, काठमाडौं । चीनमा सन् २०१६ को अन्त्य सम्ममा झण्डै सात लाख दुई हजार सामाजिक सङ्घसस्थाहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । चीनको नागरिक मामिला हेर्ने मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन लाख ३६ हजार सामाजिक समुह र सङ्घ तथा समितिहरु रहेका छन् । त्यसैगरी पाँच हजार पाँच सय ५९ प्रतिष्ठान र तीन लाख ६१ हजार ओटा गैर व्यापारिक निजी संस्थाहरु रहेको मन्त्रालयले जनाएको छ । गत बर्षको अन्त्यसम्ममा सामाजिक सङ्घ संस्थाहरुबाट ७० लाख ६३ हजार जनाले रोजगारी पाएका थिए । यस बर्ष त्यसमा ३.९ प्रतिशत बृद्धि भएको छ । थप पढ्नुहोस्

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका पनि प्रतिरोधी प्रणाली परीक्षण गर्दै

१६ साउन, एजेन्सी । अमेरिकाले आफ्नो विवादित क्षेप्यास्त्र विरोधी प्रणालीको सफलतापूर्वक परीक्षण गरेको छ । उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसको प्रतिरोधी क्षमता विकासमा अमेरिकाले पनि परीक्षण थालेको हो । अमेरिकाका अनुसार कोरिया प्रायद्वीपमा बम खसाल्न प्रयोग गर्ने आफ्ना लडाकु विमान ‘बी–१’ लाई पनि अभ्यासका क्रममा उडाइएको छ । अमेरिकाको यो कदमलाई उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जवाफका रुपमा हेरिएको छ । थप पढ्नुहोस्

पाकिस्तानको प्रधानमन्त्रीमा साहिद खकान अब्बासी चयन

१५ साउन, काठमाडौं। पाकिस्तानी सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा साहिद खकान अब्बासीलाई चयन गरेको छ ।पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । नवाज सरिफको सरकारमा पेट्रोलियम मन्त्रीसमेत रहेका अब्बासीले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हुनेछन् । थप पढ्नुहोस्

पाकिस्तान : ७ दशक लामो इतिहासमा कुनै प्रधानमन्त्री पुरा कार्यकाल टिकेनन्

१४ साउन, इस्लामावाद, । भारतसँग छुट्टिएर स्वतन्त्र देशको अस्तित्वमा आएको पाकिस्तानको ७ दशक लामो इतिहासमा कुनै पनि प्रधानमन्त्रीले पुरा कार्यकाल सरकारको नेतृत्व गर्न सकेका छैनन् । शुक्रबार पाकिस्तानका प्रधानमन्त्री नवाश शरीफलाई त्यहाँको अदालतले भ्रष्टाचारसम्बन्धी एक मुद्दामा फैसला गर्दै उनी पदमा रहन अयोग्य ठहर्‍याएको थियो । अदालतको सो फैसलालगत्तै शरीफले राजीनामा दिए । शरीफले तेस्रो पटक पाकिस्तान सरकारको नेतृत्व गरे पनि तीनै पटक पुरा कार्यकाल टिक्स असफल रहे । थप पढ्नुहोस्

भारतीय नीति कै बलमा कश्मिरमा चिनियाँ सेनाले हस्तक्षेप गर्न सक्ने चीनको चेतावनी

१३ साउन, बेइजिङ । दुई देशबीचको सीमा विवादमा तेस्रो मुलुकले हस्तक्षेप गर्ने भारतीय नीति भारतकै लागि घातक हुने चेतावनी चीनले दिएको छ । भारतको सोही नीतिको बलमा चीनले कश्मिरमा आफ्नो सेना पठाउन सक्ने चेतावनी पनि चीनले भारतलाई दिएको छ । कश्मिरमा भारत र पाकिस्तानबीच लामो समयदेखि विवाद चल्दै आएको छ । चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ का अनुसार चीन र भुटानबीचको सीमा क्षेत्रमा भारतले चासो राख्दै आएको छ । ‘यदि यस्तो भइरहने हो भने पाकिस्तानको अपीलका आधारमा जम्मू–कश्मिर मुद्दामा चिनिषँ सेनाले दखल दिन सक्छ,’ सो अखबारमा भनिएको छ । थप पढ्नुहोस्

बलात्कारको बदला बलात्कार , परिवारकै सामू बलात्कार

१२ साउन, लाहोर । पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना प्रकाशमा आएको छ ।समाचार एजेन्सीहरुका अनुसार मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको हो । पीडित किशोरीका दाजुले केही अघि छिमेकी एक किशोरीलाई बलात्कार गरेको बताइएको छ । सोही अपराधको बदलामा पञ्चायतले बदलास्वरुप बलात्कारीको बहिनीलाई बलात्कार गर्न आदेश दिएको संचारमाध्यमहरुले जनाएका छन् । थप पढ्नुहोस्
1 8 9 10 11 12 14