सीआईएमा महिला निर्देशक

अमेरिकी । अमेरिकी गुप्तर निकाय सीआईएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेल नियुक्त हुने पक्का भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सिफारिस अमेरिकी सिनेटले अनुमोदन गरेको छ । राष्ट्रपति बुसको कार्यकालमा सीआईएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो । बिहीवार ६ जना डिमोक्रयाट सांसदहरूले पार्टीको नीति विपरित उनको पक्षमा मतदान गरे । थप पढ्नुहोस्

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

नयाँदिल्ली भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ । “केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,” केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीटमा लेख्नुभएको छ । उहाँले यस निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास लिइएको बताउनुभएको छ । थप पढ्नुहोस्

निर्माणाधीन आकासे पुल भत्किँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली । उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल भत्किँदा १२ जनाको मृत्यु भएको छ । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किदा केही व्यक्ति भग्नाबशेषमा फसेको प्रहरीले जनाएको छ । घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो । भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुन पुगेको छ । थप पढ्नुहोस्

भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता, फ्लाइओभर खस्दा १८ को मृत्यु

काठमाडौं । भारतको आन्द्र प्रदेशस्थित गोदावरीमा डुंगा दुर्घटना हुँदा करिब ३० जना वेपत्ता भएका छन् । तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएको हो । २ महिला र बालबालिकासहित १२ जनालाई उद्धार गरिएको छ । उनीहरुका अनुसार डुंगामा करिब ५५ जना सवार थिए । हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ । गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् । केहि दिन अघि पनि यात्रुहरुले भरिएको डुंगामा विद्युत सर्ट भएर आगलागी भएको थियो । तर, सबै ८० यात्रुहरुलाई उद्धार गरिएको थियो । थप पढ्नुहोस्

पश्चिमी एक सहरमा झडप ६ अफगान सुरक्षाकर्मी र आठ आतंककारीको मृत्यु

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको एक सहरमा भएको झडपमा परी छ जना अफगान सुरक्षा अधिकारीको मृत्यु भएको छ । सुरक्षा स्रोतले मङ्गलबार सो जानकारी दिएको छ । फराह सहरलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय समयाअनुसार मङ्गलबार मध्यराति २ बजे तालिबान आतंककारी समूहले आक्रमण गरेका सुरक्षा जानकारी दिएको छ । प्रारम्भिक समाचारअनुसार छ सुरक्षा अधिकारी मारिएका गृहमन्त्रालयका प्रवक्ताले स्थानीय समाचार संस्था टोलो समाचार समितिलाई जानकारी दिएको छ । थप पढ्नुहोस्

बाढीबाट दक्षिणी श्रीलंकामा आठ हजार स्थानीय प्रभावित

कोलम्बो । श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका छन् । प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको बताए । शनिबारदेखि निरन्तर भएको वर्षा सोमबार बिहान रोकिएको छ । तर पनि सोमबार बेलुका पनि थप वर्षा हुने आशंका गरिएको छ । यसका कारण स्थानीयवासीलाई सतर्क रहन पनि भनिएको छ । श्रीलंकामा सन् २०१७ मा कैयौँ जिल्लामा आएको बाढी र पहिरोमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । थप पढ्नुहोस्

आँधीका कारण ४१ को मृत्यु, भारतीय राष्ट्रपति र प्रधानमन्त्रीद्धारा दुःख प्रकट

नयाँदिल्ली । भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि आँधी र वर्षा हुदा सोमबार बिहानसम्ममा करिव ४१ जनाको मृत्यु भएको छ । आइतबार राती बाट सुरु भएको आँधी बेहरी र वर्षामा परी उत्तर प्रदेशमा १८, पश्चिम बंगालमा १२ आन्ध्र प्रदेशमा नौजना र नयाँ दिल्लीमा दुईजना व्यक्तिको ज्यान गएको अधिकारीले बताए । राजधानी नयाँ दिल्लीमा धुलोसहितको आँधीबेहरीप्रति घण्टा १०९ किलोमिटरको दरले आएको मौसम विभागका विज्ञहरुले बताए । थप पढ्नुहोस्

यमनमा भ्यागुते रोग ९१ को मृत्यु, एक हजार ७२५ बिरामी

यमन । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । मुलुकका २३ ओटा प्रान्तमध्ये २० प्रान्तमा भ्यागुते रोगको प्रकोप फैलिएको छ । प्रकोपमा परी एक हजार ७२५ जना बिरामी भएका छन् । भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ । प्रभावित व्यक्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटा टासिने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखापर्छ । यमनमा यो रोग विषेश गरेर बालबालिकामा देखिएको छ । थप पढ्नुहोस्

मोदी नेपालमा, भारतको उत्तर प्रदेशमा वर्षा र आँधी ! १८ को मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण  दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो । इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु भएको बताइएको छ । अल इन्डिया रेडियोका अनुसार वर्षा र आँधीबाट प्रभावित आग्रा, फिरोजबाद र मथुरामा ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् । यसैगरी, दक्षिण भारतको आन्ध्रप्रदेशमा एक डुङ्गामा शुक्रबार आगलागी भएको समाचार प्राप्त भएको छ । थप पढ्नुहोस्

दोहोरो नागरिकता प्रकरण १५ सांसदको पद गुम्यो

अस्ट्रेलिया । दोहोरो नागरिकता विषयमा अस्ट्रेलियाका १५ सांसदको पद गुमेको छ । बुधबार सर्वोच्च अदालतले सिनेटर केटी गालाघरलाई पदमा बस्न अयोग्य बताएसँगै थप चार सांसदले समेत पदबाट राजीनामा दिएका छन् । पछिल्लो एक वर्षयता अस्ट्रेलियाली राजीनीतिमा दोहोरो नागरिकताको विषयले ठूलो हलचल ल्याइदिएको छ । अस्ट्रेलियाली राजनीतिमा पेचिलो बनिरहेको दोहोरो नागरिकता प्रकरणमा बुधबार मात्र सांसदहरु सुसन ल्याम्ब, रेबेका सार्कि, जोन विल्सन र जस्टिन कि ले राजीनामा दिएका हुन् । थप पढ्नुहोस्
1 2 3 4 14