७० प्रतिशत कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

२० वैशाख, काठमाठौं । प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उक्त सर्वेक्षणमा सहभागीमध्ये दश जनामा सातले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक अस्त्र बिहीन बनाउन सम्भव भएको बताएका थिए । रियलमिटर नाम दिइएको उक्त सर्वेक्षणमा सहभागीमध्येका ७१.४ प्रतिशतले यस्तो बताएका जनाइएको छ । दक्षिण कोरियाका ५०१ जना नागरिकलाई सो सर्वेक्षणमा संलग्न गराइएको उक्त सर्वेक्षण संस्थाले जनाएको छ । थप पढ्नुहोस्

भारतमा सामुद्रिक छाल आउने चेतावनी

७ वैशाख, काठमाडौं । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ । छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको जनाइएको छ । सामुद्रिक किनारा भएका देशभरका सवै ठाउँका स्थानीय वासिन्दाले सतर्कता अपनाउनु पर्ने अधिकारीको भनाइ छ । प्राधिकरणका अधिकारीका अनुसार भारतको पश्चिमी सामुद्रिक किनारामा शनिबार बिहान र बंगालको खाडी क्षेत्रमा आइतबार सामुद्रिक छाल आउने चेतावनी दिइएको हो । थप पढ्नुहोस्

सिरिया आक्रमणबारे अनुसन्धानमा अवरोध भएको छैन :– क्रेमलिन

४ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीहरूलाई सिरियामा केही दिन पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी आएको खबरहरू आधारहीन भएको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले जनाएको छ । “हामीले रूसमाथि लागेका यस्ता आरोपमा कुनै सत्यता नभएको बताउन चाहन्छौँ,” रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । उनले भने, “मस्को सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको पूर्वाग्रहविना अनुसन्धानको पक्षमा रहेको छ । थप पढ्नुहोस्

अमेरिकाले दियो रूसलाई चेतावनी

२९ चैत, काठमाडौं । सिरियामा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरूप ‘क्षेप्यास्त्र प्रहार गरिन सक्ने’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुधबार बताएका छन् । ट्रम्पको उक्त चेतावनी सिरियाको रसायनिक हतियार आक्रमणमा रूसको सहयोग रहेको आशंकामा रूसलाई लक्षित गरेर आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । मस्कोसँगको जारी बढ्दो विवादमा उर्जा थप्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा सिरियामा अहिलेसम्मकै कडा सैन्य कारबाही गरिने तयारी रहेको बताए । थप पढ्नुहोस्

पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदासम्म सिमा क्षेत्रमा सेना : ट्रम्प

२२ चैत, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अमेरिकी सैनिक पठाउने घोषणामा बुधबार हस्ताक्षर गरेको अन्तराष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । चर्को आलोचनाकाबीच सिमाक्षेत्रमा राष्ट्रिय सुरक्षा घेरा राख्ने आदेशमा राष्ट्रपतिले हस्ताक्षर गरेको अमेरिकाका रक्षा तथा गृह प्रशासनसम्बन्धी मन्त्रीहरुले जानकारी दिएका छन् । “देशको भूमी रक्षाका लागि राष्ट्रपति ट्रम्पले रक्षा र गृह प्रशासनसम्बन्धी मन्त्रालयलाई निर्देशन दिनुभएको छ,” उनीहरुले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने । थप पढ्नुहोस्

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

२१ चैत, काठमाडौं । उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर राति गोली चलेको अन्तर्राष्टिय समाचारमाध्यामले जनाएका छन् । एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् । युट्युबको सो मुख्यालयमा एकजना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको थियो । तर ती महिलाले प्रहरी आउनुभन्दा अगावै गोली हान्न थालेको बताइएको छ । थप पढ्नुहोस्

राष्ट्रसंघसँगको सम्झौता रद्द गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

२१ चैत, काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले संयुक्त राष्टसंघको शरणार्थी मामिला हेर्ने निकायसँग हजारौँ अफ्रिकी आप्रवासीको पुनस्थापनाका लागि गरिएको सम्झौतालाई रद्द गर्न लागिएको बताएका छन् । इजरायली दक्षिणपन्थी समूहको बढ्दो दवावका कारण नेतन्याहुले उक्त कदम चालेको अन्तराष्ट्रिय समाचारमाध्यामहरुले जनाएका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार एक टेलिभिजन सम्बोधनका क्रममा सम्झौतालाई फिर्ता हुने घोषणा गरेका थिए । समाचारलाई स्थानीय प्रशारण तथा छापाका सञ्चारमाध्यमले विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन् । थप पढ्नुहोस्

पूर्व राष्ट्रपतिको मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने

२० चैत, काठमाडौं । दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाइ विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने भएको जानकारी एक अदालतले दिएको छ । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले सो जानकारी दिएको बताइएको छ । उनलाई निकै लामो समयसम्म जेल सजाय दिनसक्ने अनुमान गरिएको छ । उनलाई दिइने उक्त जेल सजायको बारेमा त्यहाँको रष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने तयारी भएको अदालतको भनाई छ । पूर्व राष्ट्रपति हाई हाल थुनामै रहेका छन् । थप पढ्नुहोस्

चीन भ्रमण सकारात्मक : राष्ट्रपति ट्रम्प, अमेरिका र दक्षिण कोरियासँग भेटवार्ता गर्ने तयारीमा किम

१६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भनेका छन् । उनले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका हुन् । उनले आफ्नो ट्वीट अकाउन्टमा भनेका छन्– ‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि ठीक हुन्छ भन्ने बारेमा बुझ्नुहुने छ र त्यही गर्नुहुने छ । थप पढ्नुहोस्

चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता, कुराकानी के विषयमा भयो भन्ने बारेमा विश्वव्यापी चासो

१५ चैत, काठमाडौं । मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उनको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उनी र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ । बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहेको र उनको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले उनलाई बेइजिङस्थित ग्रेट हल अफ चिनियाँ पिपुल्स काँग्रेसमा विशेष सम्मान र स्वागत गरेको बताएको छ । गएको आइतबारदेखि नै किम चीनको भ्रमणमा रहहेको पनि खुलेको छ । थप पढ्नुहोस्
1 2 3 4 5 14