स्पेनको मैड्रिडमा नेपाली दुताबासको सेवा,नेपालीबासीलाई सहज

कृष्ण पौडेल पोर्चुगल । मैड्रिड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ । पेरिसको नेपाली दुतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिदै आएको थियो । तर स्पेन र पोर्चुगलका नेपालीबासीले पेरिस धाउन पर्ने छैन् । थप पढ्नुहोस्

आज डिभीको नतिजा सार्वजनिक हुने

काठमाडौं । डाइभर्सिटी भिसा (डिभी चिठ्ठा ) को नतिजा आज सार्वजनिक हुने भएको छ । अमेरिकाले प्रदान गर्दै आएको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक हुन लागेको हो । सो कुरा अमेरिकी सरकारको आधिकारीक वेवसाइट ‘डिभीलोटरी डट स्टेट डट’ मा उल्लेख छ । मध्यान्न १२ बजे नतिजा सार्वजनिक हुनेछ । नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ। डिभी चिठ्ठाको आधिकारिक वेबसाइट https://www.dvlottery.state.gov मा गएर डिभी परे नपरेको हेर्न सकिनेछ । थप पढ्नुहोस्

बेल्जियममा नेपाली पाठशाला, ३५ बालबालिकाले सिक्दैछन् क, ख, ग…..

२० चैत, काठमाडौं । युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो । थप पढ्नुहोस्

सडक नै बन्द गरेर मनाए नेपालीले अमेरिकामा ल्होसार

८ फागुन, काठमाडौं । अमेरिकामा रहेका नेपाली संघसंस्था पछिल्ला वर्षमा लाखौं अमेरिकी डलरको सम्पत्ति जोड्न सफल भएका छन् । अहिले नेपाली अमेरिकीहरुले आफ्नो उपस्थिति बाक्लो भएको टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, न्यूयोर्क जस्ता राज्यहरुमा सामुदायिक भवन बनाउने क्रमलाई तीव्रता दिँदै आएका छन् । सम्पत्ति जोड्न सकिएबाट यी संस्थाले नेपाली कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ । थप पढ्नुहोस्

थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो, अब छिट्टै जेलमुक्त हुँदै

१९ पुस, काठमाडौं । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ । मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनले आएर ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । सो घटनामा साउदी अदालतले एक लाख ५० हजार रियाल अर्थात् करिब रु ४५ लाख बढी रकम तिर्नुपर्ने अन्यथा आजीवन काराबासको सजाय भोग्नुपर्ने फैसला गरेको थियो । थप पढ्नुहोस्

जापानमा मिस एण्ड मिसेस नेपाल २०१८ हुने

१९ पुस, काठमाडौं । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो । आयोजकका अनुसार कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । थप पढ्नुहोस्

क्यान्सर रोगी गुरुङको उपचारार्थ इजरायलबाट सहयोग

१७ पुस, काठमाडौं । चितवनको भरतपुरका क्यान्सर रोगी आशबहादुर गुरुङको उपचारार्थ इजरालयबाट आर्थिक सहयोग उपलब्ध भएको छ । चितवन समाज इजरायलद्वारा संकलित रु १ लाख ४५ हजार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा क्यान्सर रोगी गुरुङलाई उपलब्ध गराइएको हो । चितवन यूवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको जानकारी पाएपछि चितवन समाज इजरायलले संकलन गरेर पठाएको रकम घरमै पुगेर गुरुङलाई हस्तान्तरण गरिएको बताए । थप पढ्नुहोस्

साउदीमा एक रुकुमेलीको मृत्यु

६ मंसिर, काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए । खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताएका छन् । मृतक परियारका श्रीमती र चार छोरा छन् । थप पढ्नुहोस्

सात वर्ष साउदी बसेकी सुनिताको कमाइ : मानसिक रोग

२६ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा । यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी (४०) मानसिक रोगी भएर फर्किएकी छन् । सात वर्षअघि घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् । घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् । थप पढ्नुहोस्

गैरआवासीय नेपाली संघ अध्यक्षमा कार्की र भट्टको उम्मेदवारी

११ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्(एनआरएन)को आगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्षमा टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को छैटौँ विश्व सम्मेलनबाट उपाध्यक्षको जिम्मेवारी पूरा गरिसक्नुभएको कार्कीले सातौँ अधिवेशनमा अध्यक्षको प्रत्याशी रहने घोषणा गरेका छन् । एनआरएनएको अभियानमा निरन्तर सक्रिय कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिति सदस्य हुँदै २००७ देखि २००९ मा आइसिसी सदस्य र पाँचौँ विश्व सम्मेलन (२०११–२०१३)बाट सचिव पदमा रही रहनुभएको थियो । थप पढ्नुहोस्
1 2