राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार, भोली नेपाल आउदै

नयाँ दिल्ली । नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा दश दिनदेखि उपचाररत राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । दिल्लीमा इन्डोस्कोपीपछि उनको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएको पत्ता लागेको थियो। ती घाउलाई लेजर प्रबिधिबाट डामिएको थियो। उक्त उपचारपछि रक्तस्राव रोकिएसँगै घिमिरेको स्वास्थ्यमा सुधार हुँदै आएको छ। घिमिरेशनिबार बिहान अस्पतालबाट डिस्चार्ज भएर सोझै एअरपोर्ट जाने र साढे दश बजे नेपाल एयरलाइन्सको बिमानबाट नेपाल फर्कने छोरा इन्दिवरले बताए । थप पढ्नुहोस्

भिसा तस्करी गर्ने नेपालीलाई कतारमा एक वर्ष जेल,४० जना माथि मुद्दा दायर

काठमाडौँ । कतारको अदालतले अवैध ढंगले भिसा तस्करी गर्ने नेपालीलाई एक वर्ष जेल र २० हजार रियाल ९६ लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले भिसाको अवैध तस्करी गरेको अभियोगमा तवरेज आलामलाई सजाय तोकेको नेपाली दूतावासले जनाएको छ । अदालतले आलाम आउँदो फेब्रुअरी १४ सम्म जेल बस्नुपर्ने समय तोकेको छ । कतार सरकारले कामदारसँग भिसाको शुल्क लिने र कामदारलाई झुक्याएर ल्याउने कार्यलाई गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ । पछिल्लो समय दललालहरु कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर ‘आजाद भिसा’ को नाममा नेपाली कामदारमाथि चरम शोषण गरिरहेका छन् । थप पढ्नुहोस्

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले मागिन् माफी

काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। भारतीय जनता पार्टी सरकारमा सामेल भएको चार बर्ष पुगेको अवसर पारेर स्वराजले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्।उनले नेपालको जनकपुरमा भारतीय प्रधानमन्त्ररु नरेन्द्र मोदीले भारतीय प्रवासीलाइ सम्बोधन गरेको बताएकी थिइन्। गत बैशाख २८ गते नेपाल आएका मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो। मोदीले त्यहाँ उपस्थित नेपाली र भारतीयहरुका अगाडि सम्बोधन गरेका थिए । थप पढ्नुहोस्

स्पेनको मैड्रिडमा नेपाली दुताबासको सेवा,नेपालीबासीलाई सहज

कृष्ण पौडेल पोर्चुगल । मैड्रिड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ । पेरिसको नेपाली दुतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिदै आएको थियो । तर स्पेन र पोर्चुगलका नेपालीबासीले पेरिस धाउन पर्ने छैन् । थप पढ्नुहोस्

आज डिभीको नतिजा सार्वजनिक हुने

काठमाडौं । डाइभर्सिटी भिसा (डिभी चिठ्ठा ) को नतिजा आज सार्वजनिक हुने भएको छ । अमेरिकाले प्रदान गर्दै आएको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक हुन लागेको हो । सो कुरा अमेरिकी सरकारको आधिकारीक वेवसाइट ‘डिभीलोटरी डट स्टेट डट’ मा उल्लेख छ । मध्यान्न १२ बजे नतिजा सार्वजनिक हुनेछ । नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ। डिभी चिठ्ठाको आधिकारिक वेबसाइट https://www.dvlottery.state.gov मा गएर डिभी परे नपरेको हेर्न सकिनेछ । थप पढ्नुहोस्

बेल्जियममा नेपाली पाठशाला, ३५ बालबालिकाले सिक्दैछन् क, ख, ग…..

२० चैत, काठमाडौं । युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो । थप पढ्नुहोस्

सडक नै बन्द गरेर मनाए नेपालीले अमेरिकामा ल्होसार

८ फागुन, काठमाडौं । अमेरिकामा रहेका नेपाली संघसंस्था पछिल्ला वर्षमा लाखौं अमेरिकी डलरको सम्पत्ति जोड्न सफल भएका छन् । अहिले नेपाली अमेरिकीहरुले आफ्नो उपस्थिति बाक्लो भएको टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, न्यूयोर्क जस्ता राज्यहरुमा सामुदायिक भवन बनाउने क्रमलाई तीव्रता दिँदै आएका छन् । सम्पत्ति जोड्न सकिएबाट यी संस्थाले नेपाली कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ । थप पढ्नुहोस्

थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो, अब छिट्टै जेलमुक्त हुँदै

१९ पुस, काठमाडौं । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ । मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनले आएर ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । सो घटनामा साउदी अदालतले एक लाख ५० हजार रियाल अर्थात् करिब रु ४५ लाख बढी रकम तिर्नुपर्ने अन्यथा आजीवन काराबासको सजाय भोग्नुपर्ने फैसला गरेको थियो । थप पढ्नुहोस्

जापानमा मिस एण्ड मिसेस नेपाल २०१८ हुने

१९ पुस, काठमाडौं । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो । आयोजकका अनुसार कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । थप पढ्नुहोस्

क्यान्सर रोगी गुरुङको उपचारार्थ इजरायलबाट सहयोग

१७ पुस, काठमाडौं । चितवनको भरतपुरका क्यान्सर रोगी आशबहादुर गुरुङको उपचारार्थ इजरालयबाट आर्थिक सहयोग उपलब्ध भएको छ । चितवन समाज इजरायलद्वारा संकलित रु १ लाख ४५ हजार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा क्यान्सर रोगी गुरुङलाई उपलब्ध गराइएको हो । चितवन यूवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको जानकारी पाएपछि चितवन समाज इजरायलले संकलन गरेर पठाएको रकम घरमै पुगेर गुरुङलाई हस्तान्तरण गरिएको बताए । थप पढ्नुहोस्
1 2 3 4