८३ हजार निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

२८ पुस, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो । थप पढ्नुहोस्

मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान, फागुनमा पहिलो मौसमी बेलुन उड्दै

२८ पुस, काडमाडौं । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए । सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । थप पढ्नुहोस्

होटल, बैंक, कार्यालयदे्खि पर्यटकीय स्थलसम्म अपाङ्गतामैत्री भौतिक संरचना बन्दै, अपाङ्गता भएकालाई चन्द्रागिरि केबुलकारमा ५० प्रतिशत छुट

२८ पुुुस, काठमाडौं । शारीरिक रूपमा अपाङ्गता भएपनि यामी झाँक्री मगरलाई आजभोलि आफूमा अपाङ्गता नभएकोे अनुभूति हुन्छ । बागबजारस्थित होटल हार्दिकमा कार्यरत ह्विलचेयर प्रयोगकर्ताका लागि पूर्ण रूपमा अपाङ्तामैत्री भौतिक संरचना रहेका कारण यामीलाई आफू साङ्गभन्दा कमजोर नभएको महसुस हुन्छ । विगत दुई वर्षदेखि सो होटलमा लेखापाल रहेका यामीले भने – “सो¥ह वर्षको हुँदा मेरूदण्डको शल्यक्रिया असफल भएपछि अपाङ्गताको अवस्थामा रहनुुप¥यो । अहिले ह्विलचेयर प्रयोग गर्दै आएपनि त्यहाँको भौतिक संरचनाका कारण मलाई अपाङ्गता छु भन्ने फिलिङ् नै हुँदैन । थप पढ्नुहोस्

दुई कोरियाबीचको बार्ताको भारत र चीनद्वारा स्वागत

२८ पुस, काठमाडौं । दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन् । कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन् । भारतले कोरिया प्रायद्वीपको स्थिरता, शान्ति, संवृद्धि र मेलमिलापका लागि सहयोग गर्न तयार रहेको बिहीबार जनाएको छ । थप पढ्नुहोस्

नुवाकोटमा २८ हल गोरु जुध्नका लागि तयार

२८ पुस, काठमाडौं । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् । तारुकेश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले गोरु जुधाइ मेला सञ्चालनको तयारी पूरा भएको बताउनुभयो । थप पढ्नुहोस्

यी ठूला घरानीयालाई कसले तह लगाउने ?

२८ पुस, काठमाडौं । निजी तथा सरकारी निकायले नै स्थानीय तहलाई तिर्नुपर्ने करोडौं रुपैयाँ नतिर्दा मुलुकका कतिपय स्थानीय तहको वार्षिक राजस्व लक्ष्य नै असफल बन्ने देखिएको छ । एकातिर बहाल करमाथि अर्थ मन्त्रालयको हस्तक्षेप र अर्कोतिर घरबहाल करदाताले समेत कर तिर्न आनाकानी गर्दा स्थानीय सरकारको ठूलो आम्दानीको हिस्सा त्यसै गुम्दैआएको छ । अहिले स्थानीय तहमा जनप्रतिनिधि आएको नौ महिना बित्नै लाग्दा महानगर क्षेत्रमा करोडौं रुपैयाँ बक्यौता पनि उठ्न सकिरहेको छैन । थप पढ्नुहोस्

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै

२८ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेलगत्तै सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख सिफारिस गरी प्रदेशको अस्थायी राजधानी तोक्ने भएको छ । दलहरूबीच प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा सहमतिका लागि भएको प्रयास विफल भएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय लिन लागेको हो । आज बिहान बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको सिफारिस र अस्थायी राजधानी तोक्ने तयारी गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख तोक्ने संवैधानिक व्यवस्था छ । थप पढ्नुहोस्

बहानाबाजी देखाउँदै चाइना थ्री गर्जेज

२८ पुस, काठमाडौं । विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ। ‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको कुनै तुक नरहेको भन्दै सीटीजीआईले पश्चिम सेती समन्वय गरिरहेको लगानी बोर्डलाई अघिल्लो साता पत्राचार गरेपछि दुई दशकभन्दा बढी प्रतीक्षित आयोजना विघटनको संघारमा पुगेको छ । थप पढ्नुहोस्

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

२७ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् । थप पढ्नुहोस्

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

२७ पुस, काठमाडौं । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पु¥याइएको छ । थप पढ्नुहोस्
1 113 114 115 116 117 198