पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

१९ चैत, काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए । उक्त समयमा फेसबुक नचल्ने बताइएको छ । थप पढ्नुहोस्

इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान महासंघको प्रशिक्षण

१९ चैत, काठमाडौं । नेपाल इँटा उद्योग महासंघले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ । देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए । प्रशिक्षणको आइतबार एक कार्यक्रमबीच उद्घाटन गर्दै घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडासैनीले इँटा अभावले भूकम्पपछिको पुनः निर्माण प्रभावित भएको बताउँदै नयाँ नयाँ प्रविधि प्रयोग गरी इँटा उत्पादन क्षमता बढाउनुपर्ने सुझाव दिए । थप पढ्नुहोस्

यौन र प्रजनन स्वास्थ्यका खुलदुली मेट्दै किशोर–किशोरी

विष्णु नेपाल १९ चैत, तीनपाटा बेलघारी, सिन्धुली, । “रवितालाई महिनावारी भएको रहेछ । पहिलोपटक महिनावारी हुँदा तल्लो पेट त दुख्छ नै । कसैलाई बढी दुख्छ । कसैलाई कम । नआत्तिनु भनेर सम्झाई दिएको छु । निरन्तर दुखिरह्यो भने आउनु भनेको छु । यस्तो बेलामा सुरक्षित रुपमा कसरी प्याडको प्रयोग गर्ने भन्ने सिकाइदिएँ”, अनमि सुदीच्छा कोइराला जवाफ दिँदै थिइन् । “बाबु ः किशोरावस्थामा अण्डकोष तथा लिङ्गको आकारमा वृद्धि हुन्छ । पिसाब पोल्छ । जनेन्द्रीय वरिपरि चिलाउँछ । तर अस्वभाविक रुपमा यस्ता लक्षण बढ्दै गयो भने आउनु । थप पढ्नुहोस्

सामुदायिक अस्पताललाई एक परिवारले गरे २ करोड सहयोग

१९ चैत, काठमाडौं । म्याग्दी, बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन हुन लागेको सामुदायिक अस्पताललाई एक परिवारले करीब रु दुई करोड बराबरको जग्गा र भौतिक पूर्वाधार सहयोग गरेका छन् । प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि पात्लेखेतका राधाकृष्ण शर्माको परिवारले रु सत्तरी लाख मूल्य पर्ने पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो । शर्माले यसअघि उक्त अस्पतालको भवन निर्माणका लागि रु एक करोड सहयोग गरेका थिए । स्थानीयवासीको रु ३० लाखको लागतमा भवन निर्माण भइसकेको अस्पताल भवन निर्माण समितिका सदस्य भरत रकालले जानकारी दिए । थप पढ्नुहोस्

रकम अभावमा योजनामा परेका २२ योजना अलपत्र

१९ चैत, काठमाडौं । शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् । धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ । मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम रु आठ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने स्टिमेट तयारी गरी सञ्चालित योजना तीन वर्ष नपुग्दै बन्द भएपछि योजना अलपत्र अवस्थामा रहेका जिल्ला प्राविधिक कार्यालयका प्रमुख प्रकाश चौधरीले बताए । थप पढ्नुहोस्

कपिलवस्तुमा दुई वटा सिँचाइ आयोजनाको निर्माण शुरु

१९ चैत, काठमाडौं । कपिलवस्तु नगरपालिकामा एकै पटक दुई सिँचाइ आयोजनाको निर्माण शुरु भएको छ । कपिलवस्तु नगरपालिका–२ मा लम्तीय सिँचाइ आयोजना र नगरपालिका–८ मा दोहनी सिँचाइ आयोजनाको निर्माण शुरु भएको हो । सिँचाइ विकास डिभिजनअनुसार लम्तीयामा रु आठ करोड ७४ लाख र दोहनीमा रु नौ करोड ९१ लाखको आयोजना निर्माण हुँदैछ । दुवै सिँचाइ आयोजनाको शिलान्यास गर्दै पूर्वसिँचाइ राज्यमन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले आयोजनाले कृषकलाई ठुलो फाइदा पुग्ने विश्वास व्यक्त गरे । थप पढ्नुहोस्

नेपालका गिद्ध जोडिको खोज्दै पाकिस्तानमा

१९ चैत, काठमाडौं । नेपालका गिद्ध उडेर अरू देश पुग्छन् कि पुग्दैनन् ? गत वर्षसम्म जवाफ कसैसँग थिएन । अहिले थाहा भयो– नेपालका गिद्ध उडेर भारत र पाकिस्तानसम्म पुग्दारहेछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ (बीसीएन) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा गिद्धको ढाडमा ‘स्याटेलाइट टेलिमेट्री ट्याग’ जोडेपछि नेपाली गिद्ध आहार र जोडीको खोजीमा भारतको हिमाञ्चल प्रदेशका विभिन्न स्थान हुँदै पाकिस्तानसम्मै पुगेको खुलासा भएको हो  । थप पढ्नुहोस्

यातायात संचालनलाई व्यवस्थित बनाउन कार्यविधि संशोधन र लागू भएसँगै सिन्डिकेट जमाएका व्यवसायीले गरे यातायात बन्द

१९ चैत, काठमाडौं । यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको छ । संशोधित र नयाँ जारी भएका निर्देशिका लागू भएसँगै यातायात क्षेत्रमा सिन्डिकेट जमाएका व्यवसायीले भने आज यातायात बन्द गराएका छन् । यातायात बन्दका कारण भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका यात्रीहरु मारमा परेका छन् । यस जिल्लाहरुमा यातायात संचालन गर्दै आएको अरनिको यातायात सेवा विरोधमा उत्रिएको छ । थप पढ्नुहोस्

राष्ट्रसंघका उपमहासचिव नेपाल भ्रमणमा

१९ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणमा काठमाडौँ आएकी छिन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय क्षेत्रीय केन्द्रलाई नेपालले आतिथेय उपलब्ध गराएको छ । थप पढ्नुहोस्

निर्माण सम्पन्न भएका घरको अनुदान नरोक्न प्रधानमन्त्रीले दिए कडा निर्देशन

१९ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको परामर्श परिषद्को बैठकमा भूकम्पपछिको पुनःनिर्माणमा हालसम्म भएको प्रगतिको समीक्षा भएको प्रवक्ता यामलाल भुसालले जानकारी दिएका थिए । थप पढ्नुहोस्
1 128 129 130 131 132 249