प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पायो

बुटवल । प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उहाँले आइतबार प्रदेशसभा सदस्यको शपथ लिनुभएको छ । प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आइतबार प्रदेशसभा सचिवालयमा पाण्डेलाई शपथ गराउनुभएको हो । प्रदेश नं ५ मा ८७ जना सदस्यको व्यवस्था भए पनि राष्ट्रिय जनता पार्टीका एक सदस्यको पद खाली थियो । थप पढ्नुहोस्

देशको पश्चिमी क्षेत्रमा मध्यम वर्षाको संभावना

काठमाडौं । सक्रिय मौसमका कारण आज देशको विषेशगरी पश्चिमी क्षेत्रमा बदली भई महाकाली,कर्णाली,पश्चिमराप्ति,बबई जलाधारमा मध्यमसम्म वर्षाको संभावना बाढीपूर्वानुमान शाखाले जनाएको छ । महाकाली,कर्णाली,पश्चिमराप्ति तथा बबई नदीमा तुलनात्मक रुपमा बहाब बढ्ने र यि मध्ये महाकाली नदीमा आज राती तिर बहाब सतर्कता तह सम्म पुग्न सक्ने हुनाले नदीको छेउछाउमा बसोबास गर्ने स्थानियहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । थप पढ्नुहोस्

दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

काठमाडौं । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ। भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो। टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ । थप पढ्नुहोस्

चन्द्रागिरिमा प्रधानमन्त्री ओलीको कविता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहेका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका हुन् । थप पढ्नुहोस्

पाकिस्तानमा चुनावी हिंसा जारी, सभामा बम हमला

इस्लामावाद । पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ । इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको छ । आइतबार पनि राजधानी इस्लामावादकै एक सभामा बम आक्रमण भएको छ । यस आक्रमणमा भएको हताहतको भने समाचार आएको छैन । शनिबारमात्र पनि यस्तै हिंसाका घटनामा परी कम्तीमा १०५ जनाको मृत्यु भएको थियो । आइतबार बिहान इस्लामावादमा निर्वाचन प्रचारको लागि आयोजना गरिएको निर्वाचन सभामा बम हमला भएको समाचार प्राप्त भएको छ । थप पढ्नुहोस्

इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

रोम । माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहँुदा लिवियाबाट यूरोप हिडेका कम्तीमा ४५० जना आप्रवासी शरणार्थीहरू शनिबार समूद्रमा अलपत्र परेका छन् । शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि यूरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने निकाय ९फ्रन्टेक्स०ले दुईवटा डुङ्गा उपलब्ध गराएको र डुङ्गा डुब्ने खतरालाई टारेको थियो । थप पढ्नुहोस्

हमास लडाकूहरुका विरुद्धमा गाजामा ठूलो हमला

जेरुसेलम । हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले यो आक्रमणको पुष्टि गरेका छन् । गाजातर्फबाट इजरायलमा रकेट हानिएको र ती रकेटकहरुको जवाफी आक्रमणका रुपमा यताबाट हमला गरिएको उनले बताए । यसका साथै उनले आवश्यक परेमा थप कारबाही पनि गरिने जानकारी समेत दिएका छन् । तर उता प्यालेस्टिनीहरूले भने युद्धविराममा सहमति भएको र आक्रमण स्थगित भएको जनाएका छन् । थप पढ्नुहोस्

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

पेरिस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो । थप पढ्नुहोस्

काठमाडौंंको फोहर उठ्न अझै केही दिन लाग्ने

काठमाडौं । करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ । नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हुँदा नियमित फोहर उठ्न नसकेको हो । व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको छ । त्यसका लागि अझै करीब एक हप्ता लाग्ने कामपाले जानकारी दिएको छ । थप पढ्नुहोस्

चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसकिने शिक्षामन्त्री पोखरेलको अडान

 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसकिने अडान लिएका छन् । आइतबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले विधेयक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री पोखरेलले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल ‘स्पिरिट’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पारे । थप पढ्नुहोस्
1 2 3 4 245