राती मध्य, पश्चिम र पूर्वका पहाडी भागमा मध्यम बर्षा

काठमाडौं । देशमा आगामी ३ दिन ठुलो बाढी विपदको संभावना नभएको अनुमान बाढी पूर्वानुमाने बताएको छ । एक सुचना प्रकाशित गरी आज , भोली र पर्सि सम्म विशेष गरी पहाडी क्षेत्रमा वर्षा हुने पूर्वानुमान रहेको र नदीहरूमा बहाब उच्च हुने भएकाले नदी तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाईराख्न आग्रह गरिएको छ । आज राति मौसम बदलिएर मध्य, पश्चिम र पूर्वका केही ठाउँमा मध्यम खालको बर्षा हुने बताइएको छ । अन्य थप जानकारीका लागि तलको सुचना हेर्न सक्नु हुनेछ । थप पढ्नुहोस्

देशभरिका शान्ति समिती असार मसान्तमा खारेज हुदै

काठमाडौं । द्वन्द्व व्यवस्थापनका लागि भन्दै देशैभरि स्थापना भएका शान्ति समितिका कर्मचारीहरुको म्याद असार मसान्तमा सकिँदैछ । उनीहरुको म्याद थपका लागि सिफारिस गर्नुपर्ने सत्यनिरुपण तथा मेलमिलाप आयोगमा दलीय झगडा चर्किएका कारण समितिका कर्मचारीहरु घर फर्कने स्थितिमा पुगेका छन् । विभिन्न जिल्लाका शान्ति समितिका सचिवहरुले सत्यनिरुपण मेलमिलाप आयोगको कार्यालयमा फोन गरेर सोध्न थालेका छन् ‘हाम्रो म्याद थपिन्छ कि कागजात र कार्यालयका सामान सिडियो कार्यालयमा बुझाएर घरतिर लागौं ? ’ आयोगका पदाधिकारीहरु शान्ति समितिका कर्मचारीलाई जवाफ दिन सक्ने पक्षमा छैनन् । थप पढ्नुहोस्

डा.केसीको समर्थनमा जुम्लामा नेविसंघद्वारा प्रदर्शन

जुम्ला । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै १६ दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा नेपाल विद्यार्थी संघले जुम्लाको खलंगामा विरोध प्रदर्शन गरेको छ । माथेमा प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस लगायतका स्नातक तहका कक्षाहरु सुरु गर्नुपर्ने डा.केसीमा मागमा ऐक्यवद्धता जनाउँदै नेविसंघका केन्द्रिय उपसभापति रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले लगायत जुम्ला नेविसंघका टोलीले विरोध प्रदर्शन गरेको हो । थप पढ्नुहोस्

शोक प्रस्ताव पारित : संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको आइतबारको बैठक पूर्व संविधानसभाका सदस्य तथा नेकपाका नेता मोहम्मद मुस्ताक आलमको निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै भोलि सोमबारसम्मका लागि स्थगित भएको छ । पूर्व संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका नेकपा नेता आलमको शुक्रबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा निधन भएको थियो। उनको निधनमा शोक प्रस्ताव पारित गरेसँगै सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरिएको जानकारी बैठकलाई दिएका हुन् । थप पढ्नुहोस्

जबर्जस्ती शिक्षा विधेयक पारित गरे, प्रतिकारमा उत्रन्छौं : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जबर्जस्ती रूपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएको छ। नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आफूहरूले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर सो विधेयक संख्याका आडमा पारित गराउन खोजे प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी पनि दिए। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यकतालाई सम्बोधन हुने गरी नआएको दाबी पनि गरे । थप पढ्नुहोस्

बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर

मदनकृष्ण सिलवाल भक्तपुर । असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिर हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । थप पढ्नुहोस्

नवगाँवा अब टापु रह्दैन बिकासमा नमुना बन्छ : प्रमुखगुप्ता

भिुषुवा । छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नव गाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदा ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन् । गाउँपालिकाले शनिवार वडानम्बर २ टिहुकीस्थितविद्यालय परिसरमाआयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रमुख गुप्ताले यस्तो बताए । ‘तपाईले अहिले हेर्नु भएको ९ किलोमिटर ग्राभेल बाटो, २६ सय मिटर ढलान सडक, ३६ सय मिटर पक्कीनाला, एम्बुलेन्स, डोजर अनिएक्जाभेटर, सबै बिद्यालयमापर्खा, शौचालय र पंखाजस्ता कुरा यो बर्ष सुरुवातहो,’ गुप्ताले भने, ‘यो ट्रेलर मात्रहो, फिल्मअझै बाकी छ । थप पढ्नुहोस्

साउनमा मेहंदी र हरियो चुरा ‘फोटो फिचर’

काठमाडौं । अबको एक दुई दिन पछि श्रावण महिना लाग्दै छ । साउन महिना सुरु भएसंगै काठमाडौंका निकै व्यस्त बजारमा सडक छेउमै हरियो चुरा र मेहंदी लगाउन सुरु गरिएको छ । अन्य समयमा यस्ता सामाग्रीहरु लगाउन खासै महत्व नदिनेहरु पनि श्रावण महिनामा भने विषेश महत्वका साथ हरियो चुरा, मेहन्दी तथा पहिरन लगाउन चासो देखाउने गरेको देखिएको छ । श्रावण महिनामा भगवान् शिवलाई जल चढाउने संस्कृतीसंगै नेपाली नारीहरुले हरियो चुरा, पोते, हरियै बस्त्र, हातमा मेहन्दी लगाउने चलन पनि पछिल्ला वर्र्षहरुमा बढ्दै जान थालेको छ । थप पढ्नुहोस्

आन्दोलनमा उत्रने चिकित्सकलाई कार्वाही गर्ने सरकारको चेतावनी !

काठमाडौं । सरकारले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिका समयमा सेवा अवरुद्ध नगर्न चिकित्सकहरुलाई आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा प्रवाह रोकिएमा अत्यावश्यक सेवा सम्बन्धी कानुन र चिकित्सक आचारसंहिता बमोजिम कारबाही गर्ने समेत मन्त्रालयले चेतावनी दिएको छ । सरकारले चिकित्सा शिक्षा सुधारका सरकारी कदममा सहयोग गर्न पनि आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सरकार अनशनतरत डा। गोविन्द केसीले उठाएको मुद्दामा गम्भिर रहको भन्दै सरकारलाई सहयोग गर्न समेत केसीलाई आग्रह गरिएको छ । थप पढ्नुहोस्

चिया बेच्दै चलेको रञ्जिताको जिवन ‘फोटो फिचर’

काठमाडौं । दोलका घर भएकी ४१ वर्षीया रञ्जिता खड्का हरेक दिन दिउँसो ठीक ३ बजे बसन्तपुर दरबार आइपुग्छिन् । काठमाडौंको पशुपतिमा बस्दै आएकी रन्जिता बसन्तपुर दरबारमा घुम्न होइन उनी हरेक दिन ४० लिटरको भाँडामा चिया बोकेर बेच्न उनी दिउँसो ३ बजे त्यहा आइपुग्छिन् । असारको अन्तिम साता शनिबारको दिन आफन्तहरुको घुमघाममा असारे पानीसंगै रुज्दै भिज्दै घुम्न आएका हजारौ मानिसको हुल,समुहमा गएर रन्जिता चिया बेच्दै आफ्नौ दैनिकी चलाउदै आएकी छिन् । थप पढ्नुहोस्
1 2 3 4 5 245