विपद् जोखिम न्यूनीकरणको लागि रेडक्रस र सामसुङको सहकार्य

धरान । विपद् पूर्व तयारी र समुदाय उत्थान शिलता वढाउन नेपाल रेडक्रस सोसाईटी (नेरेसो), रेडक्रसको अन्तराष्ट्रिय महासंघ (फेडरेशन) र कोरियन रेडक्रसको हातेमालोमा नेपालका पूर्वी तराईका लक्षित समुदायमा आधारित विपद् जोखिमन्यूनिकरण (सिविडिआरआर)कोशी वेशिनपरियोजना सुरु गरिएको छ । रेडक्रसको सुनसरी शाखा, धरानको आयोजनामा सञ्चालित कार्यक्रममा उदयपुर, सुनसरी र सप्तरी जिल्लाका चार गाउँ तथा नगरपालिकामा छ करोड नेपाली रुपैँयाको लागतमा सो परियोजना सञ्चालन हुने भउको छ । कोरियन रेडक्रसले कम्युनिटी चेष्ट अफ कोरिया मार्फत कोरियन कम्पनी सामसुङ सँग आर्थिक साझेदारी गरेको छ । थप पढ्नुहोस्

विश्वकप फुटबलको उचित गन्तव्य दरबारमार्ग ‘फोटो फिचर’

काठमाडौँ । संगीतमा अधिक रुची छ, अनि भित्ता भरीको एचडी स्क्रीनमा मस्त भएर खेल हेर्दै विभिन्न परिकारका खानाको स्वाद चाख्ने चाहना छ भने दरबारमार्गको एक मात्र गन्तव्यमा तपाईको त्यो चाहना पुरा हुने भएको छ । खेलप्रेमी, संगीतप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किंङस लाउञ्ज’ले तपाईको यस्तो चाहना पुरा गराउने भएको हो । अनौपचारिक रुपमा सेवा सुरु गरेको छोटो समयमा नै लाउञ्जको लोकप्रियता बढेको छ । अहिले लाउञ्जमा के दिन, के साँझ, कलाकार, व्यवसायी तथा आम मानिसको बाक्लो भिड लाग्न थालेको छ । थप पढ्नुहोस्

महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा

दाङ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका– ३ र ४ का विभिन्न गाउँमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । शनिबार र आइतबार गरी ती दुई वडाका पातेटाकुरा, एकलीलगायतका गाउँमा झाडापखालबाट ८८७ घरका एक हजार २०२ जना बिरामी परेको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष कमानसिंह डाँगीले बताए । बिरामीमध्ये एक जनाको नेपालगञ्ज, १४ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुर र १० जनाको सिटी अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । अन्य सबै बिरामी उपचारपछि घर फर्किसकेका छन् । थप पढ्नुहोस्

फोरमसँग नेकपाको दुई वुँदे सहमति, सरकार तयार संविधान संशोधन गर्न

काठमाडौं । केपी ओली नेतृत्वको सरकार संविधान संशोधन गर्न सहमत भएको छ । सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय समाजवादी फोरमसँग दुई बुँदे सहमति गर्दै सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरमबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । संघीय समाजवादी फोर नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्वन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु आपसी सहमतिका आधारमा संशोधन गर्ने सहमति छ । थप पढ्नुहोस्

निजामति कर्मचारीलाई केही मात्रामा राहत : तलव बढ्ने

काठमाडौं । नेपाल निजामती कर्मचारीहरूले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर कर्मचारीहरूले तलव वृद्धिको दवाव दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई तलव वृद्धि गर्नुपर्ने भनेर दवाव दिइरहेका बेला अर्थमन्त्रीले सो विषयमा सकारात्मक संकेत दिएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । प्रमुख राजनीतिक सल्लाहकार रिमालका अनुसार कर्मचारीको तलव वृद्धि हुने तर कति मात्रामा वृद्धि हुने एकिन नभएको बताएका छन् । अर्थमन्त्री खतिवडाले जेठ १५ गते मंगलबार १६ खर्बको बजेट संसदमा पेश गर्दै छन् । थप पढ्नुहोस्

ओली सँग नयाँ बजेटका विषयमा छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीको भावी योजना र नयाँ बजेटका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास वालुवाटारमा जारी छलफलमा समग्र राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ । ओली र दाहालबीच संघीय फोरमलाई सरकारमा ल्याउने बारेमा पनि कुराकानी हुनेछ । भेटमा मंगलबार प्रस्तुत हुने बजेटका विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ को बजेटलाई अर्थमन्त्रीले मंगलबार सदनमा पेश गर्दै छन् । बैठकमा ओली र दाहालबीच प्रदेश २ को सरकारका बारेमा समेत छलफल हुन सक्ने बताइएको छ । थप पढ्नुहोस्

आज ढुंगेललाई आममाफी दिने विरुद्ध परेको रिटको सुनुवाइ

काठमाडौँ । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार आज सुनुवाइ हुने भएको छ । न्यायाधीश चोलेन्द्र शम्शेर राणा र हरिकृष्ण कार्कीको संंयुक्त इजलासमा आइतबार सुनुवाइ तय भएपनि न्यायाधीश कार्कीले पीडितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले सो मुद्दामा फैसला गर्न नमिल्ने उल्लेख गरेपछि मुद्दामाथि सुनुवाइ सोमबारका लागि पेशी तोकिएको छ । थप पढ्नुहोस्

आममाफी दिने विरुद्धको मुद्दाको सुनुवाइ सोमबार

काठमाडौँ । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश चोलेन्द्र शम्शेर राणा र हरिकृष्ण कार्कीको संंयुक्त इजलासमा आज सुनुवाइ तय भएपनि न्यायाधीश कार्कीले पीडितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले सो मुद्दामा फैसला गर्न नमिल्ने उल्लेख गरेपछि मुद्दामाथि सुनुवाइ सोमबारका लागि पेशी तोकिएको छ । थप पढ्नुहोस्

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

चितवन । भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले बताए । यति एयरलाइन्सको ढल् ब्क्ष्क् कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराउनुभएको थियो । थप पढ्नुहोस्

जनअपेक्षित परिघटना भए पनि चुनौती उस्तै :अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता असाधारण र बहुआयामिक भएको बताएका छन् । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले कृष्ण सेन ‘इच्छुक’को स्मरणमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकता मुलुक निर्माणका लागि जनअपेक्षित परिघटना भए पनि चुनौती उस्तै रहेको बताए । देश र जनताका सामु गरेको प्रतिबद्धतालाई पूरा गर्नका लागि आफूहरुले एउटै कम्युनिष्ट पार्टी बनाएको भन्दै उनले एकताबाट देशभित्र र बाहिर पनि नयाँ आशा र विश्वासको सञ्चार पैदा भएको बताए । थप पढ्नुहोस्
1 33 34 35 36 37 199