काठमाडौं । कतार एयरवेजले मुस्लिम धर्मालम्बीहरुको ठूलो पर्व रमजानको अवसरमा नेपालमा रात्रि भोज अयोजना गरेको छ ।कतार एयरवेज कर्पोरेट प्रमुख बहुराष्ट्रिय कम्पनी, दुतावासले इफ्तार मनाएको हो । रमजान महिनाको अवसरमा कतार एयरवेज नेपाल सरकारका प्रतिनिधि, नेपाल हज समिति, विभिन्न धर्मका प्रतिनिधि र नेपालस्थित विभिन्न दुतावासका प्रतिनिधिलाई भब्य रात्रि भोज आयोजना गरेको छ । इफ्तार मुस्लिम धर्मालम्बीहरुले रमजानको ब्रत तोडेपछि दैनिक सुर्यास्तपछिको खाना हो । थप पढ्नुहोस्

जेठ १५ गते बजेट ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले जेठ १५ गते आर्थिक बर्ष २०७५ ०७६ बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदका दुवै सदनमा पेश गरेको सरकारका नीति तथा कार्यक्रम प्रतिनिधि सभाको सर्वसम्मतिबाट पारित भएपछि सरकारले बजेट ल्याउने तयारी गरेको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकले सरकारका नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेपछि सरकार अव जेठ १५ गते मंगलबार ४ बजे आर्थिक बर्ष २०७५ ०७६ बजेट ल्याउने तयारीमा जुटेको छ । थप पढ्नुहोस्

प्रदेश २ सरकारलाई दिएको नेकपाको समर्थन फिर्ता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ ।एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । आइतबार मुख्यमन्त्री लालबाबु राउतले बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले उठेर विरोध गरे । लगत्तै तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले समय पाए । थप पढ्नुहोस्

आर्थिक वर्ष २०७५ र ०७६ को नीति तथा कार्यक्रम पारित

काठमाडौँ  । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७५ र ०७६ को नीति तथा कार्यक्रम पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममा चार दिनसम्म सांसदहरुले धारणा राखेका थिए । नीति तथा कार्यक्रममा कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाबाहेकका संशोधनकर्ताले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए । थप पढ्नुहोस्

‘आलोचना सरकारको हुनुपर्छ, राष्ट्रपतिको होइन’ :प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई लिएर भएको राष्ट्रपति विद्यादेवी भण्डारीप्रतिको अपमानजनक टिप्पणीलाई लिएर असन्तुष्टि जनाएका छन् ।सरकारको नीति तथा कार्यक्रमबारे आइतवार संसद बैठकमा जबाफ दिने क्रममा आलोचना राष्ट्रपतिको नभइ सरकारको हुनुपर्ने बताए । ‘आलोचना सरकारको हुनुपर्छ, राष्ट्रपतिको होइन’, ओलीले भने, ‘सरकारले जे लेखेको छ, त्यसलाई अक्षरशः संसदमा बाचन गर्ने जिम्मेवारी पुरा गर्दा राष्ट्रपतिमाथिको अपमानजनक टिप्पणी गलत छ, यस्तो टिप्पणी स्वीकार्न सकिन्न । थप पढ्नुहोस्

एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको आग्रह

काठमाडौं । साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ । त्यसैले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव साउदीले गरेको छ । रियादस्थित नेपाली दूतावासका ‘डेपुटी हेड’ आनन्द शर्माले साउदीले एक लाख घरेलु कामदार पठाउने प्रस्ताव गरेको बताए । उनले केही समयभित्रै सरकारले यस विषयमामा निर्णय लिने जानकारी दिए । साउदी अरबका श्रम र सामाजिक विकास मन्त्री डाक्टर अली अल घाफिससँग अघिल्लो साता भएको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । थप पढ्नुहोस्

सरकारलाई राम्ररी बुझ्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा हालेको संशोधन फिर्ता लिन दलहरुलाई आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले यो टग अफ वारका लागि नभई देश विकासका लागि ल्याएको भन्दै उनले भने, यो सरकारलाई राम्ररी बुझ्न अलिकति समय लाग्ला जस्तो छ । ठीकै छ ।’ भएपछि विरोध नै गर्नुपर्ने, संशोधन हाल्नुपर्ने विपक्षीको धर्म भएको भन्दै उनले भने, अब नयाँ अध्यास गरौं । जे पर्ला पर्ला, राम्रोलाई राम्रो भनौं, नराम्रोलाई नराम्रो भनौं । थप पढ्नुहोस्

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलमा कार्यविभाजन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलमा कार्यविभाजन गरिएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका हुन् । नेकपाको प्रतिनिधिसभामा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति ओली–प्रचण्डले गरेका छन् । नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली अघिल्लो हप्ता चयन भइसकेका छन् । यसैगरी, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरीलाई बनाउने सहमती भएको छ । थप पढ्नुहोस्

सरकारका नीति तथा कार्यक्रमका आकाक्षा ठीक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रम आकाक्षाहीन र कर्मकाण्डी नभएको बताएका छन् । असम्भव महत्वकाक्षा नभइ सम्भव र सकिने खालका महत्वकाक्षा नीति तथा कार्यक्रममा समेटिएको उनको दाबी छ । प्रतिनिधि सभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नको आइतवार जवाफदिने क्रममा प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रमका आकाक्षा ठीक रहेको र यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । नीति तथा कार्यक्रमले सही दिशा लिएको समेत उनले दावी गरे । थप पढ्नुहोस्

चेपाङ बस्तीको सिंगो गाउँमै अनिकाल !

नारायण अधिकारी चितवन । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताए  । जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उहाँले भन्नुभयो, “कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पाइँदैन परिवारलाई के खुवाउने ।” काउलेकी कोपिला चेपाङले पनि दुई छाक खान कठिन भएको बताउनुभयो । थप पढ्नुहोस्
1 83 84 85 86 87 248