प्रदेश सरकारले कमैयालाई व्यवस्थीत गर्ने : मुख्य मन्त्री पोखरेल

काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कमैयालाई व्यवस्थित तरीकाले मुक्त गराउने काम अव प्रदेश सरकारले गर्ने बताएका छन् । १९ औ मुक्ति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्य मन्त्री पोखरेलले पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा सरकारका पालामा घोषणा भएका कमैयाहरु पुर्व तयारी बिना भएकाले अव प्रदेश सरकारले केन्द्र सरकार संग मिलेर कमैया र मुक्त कमैया दुवैलाई व्यवस्थित गर्ने बताएका छन् । थप पढ्नुहोस्

बाबुरामको ट्वीट : अनसनरत डा. केसीको जीवन जोगाऔं !

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले जुम्लामा १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको खस्कदो स्वास्थ्य स्थितिलेबारे चिन्ता बढाएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. केसीको जीवन जोगाऔं, स्वास्थ्य क्षेत्र सुधारको दिगो समाधान खोजौँ भनेका छन् । सत्ता पक्षले आफ्नो सानो स्वार्थ समुहको स्वार्थको साटो करोडौँ नेपालीको हितमा हुने माथेमा प्रतिवेदन अनुसार कार्य गर्नु नै न्यायोचित हुने बताउदै भट्टराईले डा .केसीको स्वास्थ्य स्थितिलेबारे चिन्ता बढेको बताएका छन् । थप पढ्नुहोस्

जीवन मरणको दोसाधमा डा.केसी, सरकार वार्ताबाटै पन्छियो !

काठमाडौं, २ साउन । जुम्लामा १९ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ । डा.केसी पटक पटक अचेत भइरहेपनि सरकारले वार्तालाई नै रोकिदिएको छ । सरकारले डा.केसीलाई काठमाडौँ ल्याउनुपर्ने अडान राख्दा केसी पक्षले भने पहिला चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता गर्नुपर्ने माग राखेका छन् । डा.केसी स्वयंमले आफु जतिसुकै अप्mठ्यारोमा परेपनि माग सम्बोधन नभएसम्म काठमाडौँ नआउने बताएपछि समस्या थप जटिल बनेको छ । सोमबार गठन भएको सरकारी वार्ता टोलीले सोमबार साँझ र मंगलबार वार्ता गरेपनि कुनै सहमति हुन सकेको छैन । थप पढ्नुहोस्

अर्को विश्वकपको सुरक्षाको जिम्मा नेपालीलाई

काठमाडौं । कतार सरकारले सन् २०२२ मा आयोजना गर्ने २२ औं विश्वकपमा नेपालबाट ठूलो मात्रामा सुरक्षा गार्ड लैजाने आशय व्यक्त गरेको हो । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले मंगलवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएको शिष्टाचार भेटवार्तामा आगामी विश्वकपमा सुरक्षा प्रदान गर्न नेपालबाट सुरक्षा गार्ड लैजाने प्रस्ताव गरेका हुन् । गृहमन्त्री बादलसँगको भेटमा राजदूत महोम्मदले नेपालबाट ठूलो संख्यामा सुरक्षा गार्ड लैजान तयार भएकाले त्यसका लागि छुट्टै सम्झौता गर्नु परेपनि आफूहरु तयार रहेको समेत बताए । थप पढ्नुहोस्

अनसनरत डा.केसीलाई राजपाको सर्मथन

काठमाडौं । राष्ट्रिय जनता पार्टी 'राजपा' पनि अनसनरत डाक्टर गोविन्द केसीको सर्मथनमा लागेको छ । अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला राजपाले केसीको जीवन रक्षाका माग गर्दै सरकारलाई लचकताका साथ प्रस्तुत हुन सुझाव दिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको हो । गोविन्द केसीको आमरण अनसन तोडाउन वार्तामा जोड दिन पनि सरकारसँग आग्रह गरिएको नेता राजकिशोर यादवले बताए । थप पढ्नुहोस्

साउन ३ गतेदेखि कांग्रेस पनि आन्दोलनमा

काठमाडौं । नेपाली कांग्रेसले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध यही साउन ३ गतेदेखि आन्दोलन गर्ने भएको छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको जनविरोधी क्रियाकलापको निन्दा र भत्र्सना गर्दै त्यसविरुद्ध विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो । थप पढ्नुहोस्

निधिसहित कांग्रेस नेताहरु युरोप भ्रमणमा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि सहितको टोली बुधबार युरोप जादै छ । नेपाली जनसम्पर्क समन्वय समिति युरोपको विस्तारित बैठक र पोर्चुगलको अधिवेशनमा प्रमुख अतिथिकारुपमा सहभागी हुन निधि युरोप जान लागेको बताइएको छ । बुधबार बिहान ९ बजेर ५५ मिनेटमा कतार एयरलाइन्सको उडानबाट युरोप जान लागेको कांग्रेसमा आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेलले बताए । थप पढ्नुहोस्

नेविसंघद्धारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकार कम्युनिस्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । नेविसंघले जुम्लामा आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ । प्रदर्शन गरिरहदा नेविसंघलाई प्रहरी दरकपट गरेको छ । थप पढ्नुहोस्

नेकपाको सचिवालय बैठक : पार्टी विधान अनुमोदन

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'को बैठक सकिएको छ। मंगलबार बिहान बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले बताए , महासचिव पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा अनसनरत डा। गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति गठन गरेको बताएका छन् । सरकारी वार्ता टोली र आन्दोलनरत डा। केसी पक्षधरहरुबीच अहिले शिक्षा मन्त्रालयमा वार्ता चलिरहेको छ । थप पढ्नुहोस्

राष्ट्रियसभा बैठक : आलमको निधनमा शोक प्रस्ताव, अर्को बैठकसाउन ८ गते

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल 'लोकतान्त्रिक'का तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित थिए । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । थप पढ्नुहोस्
1 2 3 81