प्रदेशसभा कास्की ३ (क) मा बराल र (ख) मा पहारी निर्वाचित

२४ मंसिर, काठमाडौं । प्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित भएका छन् । उनले १५ हजार ८२३ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाएका छन् । क्षेत्र नं ३ (क) मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आपूm सधैँ यस क्षेत्रको विकासमा क्रियाशील रहने बताए । यस्तै क्षेत्र नं ३ (ख) मा नेकपा (एमाले)का उम्मेदवार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारी निर्वाचित भएका छन् । उनले १६ हजार १६७ मत पाएका छन् । थप पढ्नुहोस्

झापा क्षेत्र नं ४ मा वाम गठबन्धन विजयी

२४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको सम्पन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ । प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा(एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) ४३ हजार ४१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गरे । थप पढ्नुहोस्

धनुषा ३ बाट निधिलाई पछि पार्दै महतोले मारे बाजी

२४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनीे ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका छन् । यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शैलेन्द्रकुमार यादव विजयी भएका छन् । उनी १६ हजार ५२१ मत प्राप्त गरी विजयी भए । थप पढ्नुहोस्

काठमाडौँ–१ मा काँग्रेस नेता सिंह र २ मा नेपाल विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी भएकाछ । आज बिहान २ बजे घोषणा भएको मतपरिणामअनुसार नेता सिंह आफ्ना निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पछाडि पार्दै विजयी भएका हुन् । काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले काँग्रेस नेता सिंहले १० हजार ९३६, विवेकशील साझाका मिश्रले १० हजार ११८ र वाम गठबन्धनका अनिल शर्माले पाँच हजार ३३६ मत प्राप्त गर्नुभएको जानकारी दिए । थप पढ्नुहोस्

वाम गठवन्धनका सुवेदीलाई पछि पार्दै काठमाडौँ–६ मा काँग्रेसका प्रधान विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधान १६ हजार ७८५ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले विजयी भएका हुन् । सुवेदीले १५ हजार ४८५ मत प्राप्त गरे । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले चार हजार २२५ मत पाएका छन् । थप पढ्नुहोस्

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा, ५ ठाउँबाट मतगणना गरिने व्यवस्था गर्दै आयोग

२० मंसिर, काठमाडौं । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाडौँमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौँको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।” पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पु¥याउने काम भइरहको छ । थप पढ्नुहोस्

निर्वाचन व्यवस्थापनका सबै सामग्री केन्द्रमा पुग्यो : आयोग

१९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि व्यवस्थापनका सबै सामग्री मतदान केन्द्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंसिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । “निर्वाचन सम्पन्न गराउन आवश्यक ६७ प्रकारका सामग्री सम्बन्धित केन्द्रमा पुगेको छ, दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन्, सबै कर्मचारी केन्द्रमा पुगी आजैदेखि परिचयपत्र वितरण पनि शुरु भएको छ”– उनले भने । थप पढ्नुहोस्

नेता लेखक र भट्टको चुनाव क्षेत्रमा बम विष्फोट

१९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन भएको छ । बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । बम बिष्फोटन गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य शुरु गरिएको उनले बताए । नेपाली काँग्रेसका पूर्व कञ्चनपुर जिल्ला कार्यसमिति सचिव भोजराज बोहराले नेता लेखकको घर नजिकै बम बिष्फोटनको घटनाको भत्र्सना गरेका छन् । थप पढ्नुहोस्

इलामको एक मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्र

१९ मंसिर, काठमाडौं । यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए । थप पढ्नुहोस्

तीन दलको अन्तिम चुनावी सभा

भक्तपुर लोकतान्त्रिक किल्ला बन्छ – केसी १८ मंसिर, काठमाडौं । मध्यपुरथिमिको बालकुमारीमा लोकतान्त्रिक गठबन्धनको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले भक्तपुर अब लोकतान्त्रिक किल्लामा परिणत हुने बताएका छन् । नेमकिपाको दबदबा रहेको भक्तपुरमा पछिल्लो समयमा वाम गठबन्धनको टाउको उठाउन खोजिरहेको भन्दै उनले काँग्रेसको एकता र शक्तिलाई अब कसैलै परास्त गर्न नसक्ने बताए । थप पढ्नुहोस्
1 22 23 24 25 26 41