रचनात्मक तथा सिर्जनात्मक प्रतिपक्षको भूमिका खेल्ने :प्रवक्ता शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् ।नेपाल प्रेस युनियन, बाँकेले आज बिहान अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, “रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो । थप पढ्नुहोस्

हिन्दु राष्ट्रलगायत वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित हुनुपर्छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ, पार्टीको अवस्था र युवाहरुको भूमिका’ विषयक विचारगोष्ठीमा मुलुकलाई समृद्ध बनाउनका लागि युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै राष्ट्रिय चरित्र भएको परम्परागत मूल्य र मान्यतालाई आत्मसात गरी देश विकास र समृद्धि कायम गर्न सकिने बताउनुभयो । थप पढ्नुहोस्

एकीकरणको खुशियालीमा दिपावली, के छन् त पहिलो बैठकका ८ निर्णय ?

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरणको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएका समाचार प्राप्त भएका छन् । रामपुर, पाल्पा— दुवै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकले रामपुरको बेझाँडबजारमा बिहीबार साँझ दीपावली मनाए । २५ औँ मदन—आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीको एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको घोषणापछि रामपुरमा पार्टी एकीकरणको खुशियालीमा बेझाँड बजार चोक र बेझाँडमा रहेको एमाले तथा माओवादी केन्द्रको पाटी कार्यालय र मदन—आश्रित प्रतिष्ठान स्मृति भवनमा सामूहिक दीपावली गरिएको थियो । थप पढ्नुहोस्

एमाले–माओवादी नेकपामा विलिन भए भएसँगै बालुवाटारमा रात्री भोज

काठमाडौं । एकता प्रक्रिया शुरु गरेको करिब ७ महिनापछि नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए । फरकफरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी रहेका दुई ठूला कम्युनिस्ट पार्टीको एकताले नेपाली समाजमा सकारात्मक चेतनाको सञ्चार गरिदिएको छ । थप पढ्नुहोस्

मुल्यवृद्धिको विरोधमा नेविसंघको बृहत प्रदर्शन

काठमाडौं  । नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको  विरोध गर्दै राजधानीको आरआर कलेजअगाडि मुल्यवृद्धिको विरोधमा नेविसंघको बृहत प्रदर्शन गरेको छ। विरोध कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसि‌ंह महरले कल्याणकारी राज्य बनाउँछु भन्ने कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थमा चारपटक मृल्यवृद्धि गरी विद्यार्थी र जनताको ढाँड सेक्ने काम गरेको बताए । उनले भने, केपी ओली प्रधानमन्त्री भएपछि चारपटक मुल्यवृद्धि भयो । थप पढ्नुहोस्

अनेरास्ववियुको भोलिको लागि बोलाएको कार्यसमिति बैठक स्थगित

काठमाडौँ । शुक्रबार र शनिबार हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका हुन लागेकाले कार्यसमिति स्थगित गरिएको अध्यक्ष नविना लामाले बताइन्। अनेरस्ववियुले एक विज्ञप्ति जारी गर्दै एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकतालाई स्वागतसमेत गरेको छ । थप पढ्नुहोस्

बालुवाटारमा नेकपाका नेताहरुले लिए सामुहिक सपथ

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैको सामुहिक सपथ पछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए । बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने निर्णय भएको छ । थप पढ्नुहोस्

दुवै दलको एकता पछि बालुवाटारमा रात्रीभोज : तयारी हुदै

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि गठन हुने नेपाल कम्युनिष्ट पार्टीका चार सय ४१ केन्द्रीय सदस्यका लागि बालुवाटारमा रात्री भोजको त्रिव तयारी भइरहेको छ । स्रोतका अनुसार रात्रीभोजका लागि नेपाली सेनाले टेन्ट गाडेको छ । अरु बबरमहलस्थित कार्की ब्याङ्केटलाई त्यसको जिम्मा दिइएको बताइएको छ । थप पढ्नुहोस्

नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । थप पढ्नुहोस्

एमाले र माओवादी दल खारेज, दुबै दलको विस्तारित बैठक जारी

काठमाडौँ  । एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र को दल खारेज भएको छ । दुई दल मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता तयारीमा जुटेका छन् । एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक अहिले बसिरहेको छ । एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो । अब केही बेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीको बैठक बस्दै छ । दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिनेछन् । थप पढ्नुहोस्
1 2 3 4 5 41