दिनमा ट्रिपर चलाउन प्रतिबन्ध लगाएको विरोधमा धादिङमा चालकको प्रदर्शन

काठमाडौं । धादिङका ट्रिपर व्यवसायीले दिउँसोको समयमा काठमाडौं प्रवेश गर्न ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा राजमार्गमा प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियम विरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा प्रदर्शन गरेका हुन् । धादिङका ८३ वटा ट्रिपर राजमार्ग छेउमा राखेर चालकहरुले प्रदर्शन गरेका हुन् । थप पढ्नुहोस्

विराटनगरमा एक्कासी गर्मी बढ्यो

विराटनगर । विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ । गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुखको छहारीमा बसेर समय बिताउने गरेका छन् । गर्मीबाट बच्न सर्वसाधारण काँक्रा र चिसो पेय पदार्थ सेवन गर्ने गरेका छन् । सर्वसाधारण घरबाट बाहिर कमैमात्रामा निस्कने गरेका छन् । बजारमा दिउँसो चहलपहल अत्यन्त कम देखिन्छ । थप पढ्नुहोस्

मूल्य घटाएकोमा पूर्वपश्चिम राजमार्गमा दूध पोखेर विरोध

चितवन । दुधको मूल्य घटाएकोमा चितवनका कृषकहरुले सडकमा दुध पोखेर विरोध गरेका छन् । चितवन राप्ती नगरपालिकाका अगुवा कृषकहरुले दूधको मूल्य घटाएको विरोधमा शुक्रबार भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन् । सरकारी स्वामित्वमा रहेको डीडीसीले असार १५ गतेबाट दूधको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएसँगै अरु निजी डेरीहरुले पनि दूधको मूल्य घटाउने क्रम सुरु गरेपछि त्यहाँका कृषकहरु आक्रोशित भएका हुन् । थप पढ्नुहोस्

भरतपुर आंँखा अस्पताललाई पांँचसय थान चस्मा

चितवन । क्यानडाको टोरण्टो शहरस्थित लिसाइड सेन्टिनियल लायन्स क्लबले भरतपुर आंँखा अस्पताललाई ५०० थान चस्मा सहयोग स्वरूप उपलब्ध गराएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा तुलसी धरेलले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति कृष्णराज धरेल, आंँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्के र मेडिकल डाइरेक्टर प्राडा रघुनन्दन बेञ्जुलाई ती चस्मा हस्तान्तरण गरेका छन् । क्यानडाबाट हालै नेपाल आउनु भएका धरेलले करीब रु चार लाख बराबरको ती चस्मा हस्तान्तरण गरिएको र आउँदा दिनमा पनि आंँखा अस्पताललाई सक्दो सहयोग गर्ने बताए । थप पढ्नुहोस्

काठमाडौंमा फोहर व्यवस्थापन नहुँदा रोगको संक्रमण बढदै

काठमाडौ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ । चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नु भएको छ । थप पढ्नुहोस्

ब्याजीलाल र बैंकको ११ करोड भन्दा बढी रकम लिएर धनुषाका हार्डवेयर व्यापारी गायब

जनकपुरधाम । असार मसान्तका दिनसम्म उनको तामझाम र चुरिफुरि हेर्दा जो कोहीले पनि यिनी रातारात फरार हुन्छन् भन्ने कल्पनासम्म गरेका थिएनन् । दैनिक लाखौको कारोबार हेर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका हार्डवेयर व्यापारी रामलखन ठाकुर,ईन्दल ठाकुर र श्याम ठाकुर करोडौं रकम बजारबाट उठाएर साउन १ गते रातिबाट फरार भएका छन् । महेन्द्रनगरका ठूलै व्यापारीका रुपमा गणना हुने यी बावु छोराहरु यतिबेला मोबाइल स्वीच अफ गरेर धनुषाबाटै स -परिवार भुमिगत भएका हुन् ।अझ रोचक कुरा त के छ भने उनीहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुक नै डियाक्टिभ समेत गरेको देखिएको छ । थप पढ्नुहोस्

शुक्रबार अधिकांश स्थानमा मध्यम बर्षा हुने अनुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा शुक्रबार दिउँसोपख र रातीको समयमा हल्लादेखि मध्यम खालको बर्षा हुने अनुमान गरेको छ । शुक्रबार र शनिबार २ दिन मुख्य नदीहरूमा बहाब बढ्दो क्रममा रहने तर सतर्कता तह भन्दा तलै हुने अनुमान गरिएको छ। शुक्रबार बिहान महाशाखाले प्रकाशित गरेको सुचना प्रकाशित गरेर शनिबार र आइतबार बागमती, पुर्वि राप्ती, नारायणी, बाणगंगा, तिनाउ, बबई, पच्चिम राप्ती, कर्णाली, मोहना मछेली,महाकाली लगायत मध्य र पच्चिम भागको चुरेबाट प्राय सबै नदीहरूमा बहाव बढ्ने भएकाले आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ । थप पढ्नुहोस्

हेलो सरकारमा ३ महिनामा ३ हजार बढी उजुरी

काठमाडौं । बैशाखदेखि असार मसान्तसम्म हेलो सरकारमा ३ सय ७२ वटा गुनासा तथा उजुरी परेका छन् । वैशाख, जेष्ठ र असार महिनामा गरी हेलो सरकारमा विभिन्न माध्यमबाट गुनासाहरु आएको बताइएको छ । ३ महिनामा हेलो सरकारमा परेका गुनासाहरुमा इमेलबाट २ सय १७, टेलिफोनबाट प्राप्त ५ सय १९, ट्वीटरबाट १ हजार ८ सय ९४ गुनासाहरु दर्ता भएका छन् । यस्तै फेसबुकको माध्यमबाट २ सय ७३ र अन्य माध्यमबाट १ सय ६९ गरी गएको ३ महिनामा जम्मा ३ सय ७२ वटा उजुरी तथा गुनासा परेका छन् । थप पढ्नुहोस्

अनशनरत डा. केसी र सरकारबीचको वार्ता अनिश्चित

काठमाडौं । २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि राखिएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरद्धारा काठमाडौँ ल्याइए डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित देदिएको छ । [caption id="attachment_19696" align="alignnone" width="825"] अनशनरत चिकित्सक डा.केसीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि राखिएको छ । थप पढ्नुहोस्

वडाले गर्यो स्वास्थ्यलाई मध्यनजर, ५ सय घरलाई ग्यास चुलो वितरण

दाङ । दाङको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५ सय घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५ सय घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको हो । चंगुवा, नयाँ बस्ती, सिमलखुट्टी, जंग्रहवा, सालभौरी, खैरभट्टी, नौसहरालगायतका टोलका बासिन्दाले ग्यास चुलो पाएका हुन् । धुवाँमुक्त समाज बनाउने उद्देश्यले ग्यास सिलिण्डिरसहित चुलो वितरण गरिएको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले बताए । वडावासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । थप पढ्नुहोस्
1 2 3 43