बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई तीनदिने तालीम

रोल्पा। जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालीम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालीम असार ३ गते सम्पन्न भएको हो । तालीममा अभिभावकले बडो रुचीका साथ सहभागिता जनाएका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), रोल्पाको आर्थिक सहयोग रहेको थियो । थप पढ्नुहोस्

बाँफीकोट कर्णालीको पहिलो छुवाछूत मुक्त गाउँपालिका

रुकुम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच बाँफिकोटलाई घोषणा गरिएको हो । बाँफीकोट गाउँपालिकामा ७० प्रतिशतभन्दा बढी छुवाछूतको अन्त्य भएपछि घोषणा गरिएको आयोजकले बताएका छन् । यहाँका सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्य चौकीलगायतका सार्वजनिक स्थानमा कुनै पनि छुवाछूत नरहेको गाउँ कार्यपालिका सदस्य एवं दलित अगुवा मनबहादुर बादीले बताए । थप पढ्नुहोस्

डा देवकोटाको राजकिय सम्मान साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ पशुपति आर्यघाट अन्त्येष्टि गरिएको छ । सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले बताए। ुउनलार्इ राजकिय सम्मान दिने निर्णय भएको छ,ु मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो। डा उपेन्द्र देवकोटाको दाहसंस्कार विद्युतीय मेसिनबाट भएको पारीवारिक स्रोतले जानकारी दिएको छ । थप पढ्नुहोस्

बेलायती राजदूत मोरिस र प्रमुख पराजुलीबीच भेटघाट

विराटनगर । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताएका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग आज भएको भेटघाटमा उनले बताए ।राजदूत मोरिसले नेपालमा नयाँ संरचनाअनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख पराजुलीले समाजमा उन्नति एवं प्रगति गर्न सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने खाँचो औल्याए । थप पढ्नुहोस्

वडा स्तरीय मेहेँदी प्रशिक्षण कार्यक्रम सम्पन्न

विरगंज ।  विरगंज महानगरपालिका को योजना अन्तरगत वडा स्तरीय मेहेँदी प्रशिक्षण कार्यक्रम लायन्स क्लब सेन्टर सिटीको संयुक्त पहलमा प्रशिक्षण भईरहेको छ । १ साता भित्र मेहेँदी प्रशिक्षण दिई सम्पन्न गरिने योजना अन्तर्गत बिहिवार ७ गते सम्पन्न हुने भएको छ । मेहेँदी प्रशिक्षण तालिम वडा नं.६ मा दैनिकी ३ घण्टा प्रशिक्षण भईरहेको र यस मा सहभागी सम्पूर्ण परिक्षार्थीहरु समयमा आई प्रशिक्षण लि रहेका लायनस क्लब सेन्टर सिटी श्रोत ले जनाएका छन् । थप पढ्नुहोस्

उपहारका लागि ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाउने तयारी

चितवन । नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ । यही असार १३ देखि १५ गतेभित्र चीनमा रहेको साइटिस टोली नेपाल आउँदैछ । थप पढ्नुहोस्

तराईमा गर्मी बढेसंगै पानी पर्न थालेपछि सर्पको बिगबिगी, ४२ को उपचार

बर्दिवास । तराईमा गर्मी बढेसंगै पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो । जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकोमा अन्यत्र उपचारमा जान सिफारिस गरिएकी बर्दिवास–१ की एक चार वर्षीया बालिकाको भने मृत्यु भएको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष कृष्ण देवकोटाले बताए । थप पढ्नुहोस्

मुस्लिमहरुको महान् पर्व इदुल फित्र भोलि, विशेष नमाज पढेर मनाइँदै

विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले जेठ ३ गतेदेखि रोजा ९व्रत० शुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ । पर्व धुमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरुले सम्पूर्ण तयारी गरिसकेका छन् । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ । पर्वको मुख्य दिन भोलि मुसलमानहरुले इदगाहमा गएर सामूहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एकापसमा शुभकामना एवं सटासाट गर्दछन् । थप पढ्नुहोस्

दक्ष इन्टरनेश्नल अवार्ड २०१८ बाट संचारकर्मी चन्द सम्मानित

काठमाडौं । संचारकर्मी तथा समाजसेवी सुर्य चन्द सम्मानित भएका छन् । दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको मिस ग्यालेक्सी नेपाल २०१८ को ग्राण्ड फिनालेमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्गी श्रेष्ठको हात बाट दक्ष इन्टरनेश्नल पत्रकारिता अवार्ड २०१८ बाट संचारकर्मी सुर्य चन्द सम्मानित भएका हुन् । थप पढ्नुहोस्

विभिन्न प्रजातिका दुई हजार विरुवा बृक्षरोपण

वीरगंज । नेपाल युवा परिषद् पर्साको आयोजनामा बिन्दवासिनी गाउँपालिकाको विभिन्न टोलहरुमा बृक्षारोपण गरिएको छ । बिन्दवासिनी गाउँपालिकाको सहयोगमा आयोजित बिन्दवासिनी गाउँपालिकाको वडा नं. ४ को इटियाहि देखि मधवल जाने बाटोको दुबै तर्फ विभिन्न प्रजातिका दुई हजार भन्दा बढि विरुवाहरु रोपिएको छ । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाकी उपप्रमुख किरण देवी, कार्यकारी अधिकृत राज कुशवाहाले संयुक्त रुपमा मसला, सिसौ, टिक, बकाईनो, कदम, अमला, सिमल लगायतका प्रजातिका विरुवाहरु रोपी कार्यक्रमको उद्घाटन गरेका छन् । थप पढ्नुहोस्
1 2 3 4 26