होटल सञ्चालक र मजदूरबीच १९ बुदे सम्झौता

काठमाडौं । डेढ वर्षदेखि विवादित सेवा शुल्क वितरण सम्बन्धमा होटल रेष्टुराँ सञ्चालक र मजदूरबीच शुक्रबार १९ बुँदे सम्झौता भएको छ । होटल सञ्चालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धमा भएको उक्त विवाद दुबै पक्षबीचको सम्झौतापछि टुङ्गिएको हो । नयाँ सम्झौता अनुसार कूल सेवा शुल्कको ७२ प्रतिशत हिस्सा मजदूरलाई उपलब्ध गराइने छ । सन् २००६ डिसेम्बरदेखि होटल तथा रेष्टुराँमा मजदूरलाई उपलब्ध गराउने गरी सेवा शुल्क लगाएको थियो । उक्त व्यवस्था अनुसार मजदूरले कूल सेवा शुल्कको ७० प्रतिशत र २६ प्रतिशत होटल सञ्चालकले लिँदै आएका थिए । थप पढ्नुहोस्

भूकम्पले भत्किएका चार लाख ८१ हजार घरको पुनः निर्माण शुरु

पूर्णप्रसाद मिश्र काठमाडौं । तीन वर्षअघिको भूकम्पले भत्किएका चार लाख ८१ हजार चार घरको पुनःनिर्माण शुरु भएको छ । घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । बिहीबारसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेका सात लाख १८ हजार ९०३ लाभग्राहीमध्ये चार लाख दुई हजार ६१३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यो अनुदान सम्झौता गरेका लाभग्राही संख्याको ५६ प्रतिशत हो । दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख ३५ हजार ३४० पुगिसकेको छ । थप पढ्नुहोस्

बारेकोटको खाराखोलामा भेटियो नून खानी

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले बताए । खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए । थप पढ्नुहोस्

पाल्पाका तीन गाउँपालिकामा मुख्यमन्त्री कार्यक्रम

पाल्पा । प्रदेश नम्बर ५ को सरकारले पाल्पाका तीन गाउँपालिकासहित प्रदेशका ३५ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशका सबैभन्दा कमजोर गाउँपालिकामा सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । तीमध्ये पाल्पाका माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकामा मानव विकास सूचकांकमा सुधार गरी मूल प्रवाहमा ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले जानकारी दिएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । त्यस्तै, सरकारले पाल्पासहितका ३५ गाउँपालिकालाई तीन वर्गमा छुट्याएको छ । थप पढ्नुहोस्

विश्व रक्तदाता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु

काठमाडौं । विश्व रक्तदाता दिवसका अवसरमा रक्तदानसम्बन्धी जनचेतनामूलक जानकारी दिने उद्देश्यले शुक्रबार देखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । ब्लड डोनर्स एशोसिएशन, नेपालको मुख्य आयोजनामा विभिन्न संघसंस्थाको संमन्वयमा शुक्रबार देखि यही जेठ ३१ गतेसम्म रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम हुँदैछ । प्रत्येक वर्ष जुन १४ मा पर्ने उक्त दिवसका सन्दर्भमा रक्तदानसम्बन्धी महिला अन्तक्र्रिया हुँदैछ भने शनिबार बृहत् रक्तदान तथा नेगेटिभ रक्तसमूह अन्तक्र्रिया हुनेछ । थप पढ्नुहोस्

जंगली च्याउ खाँदा वृद्ध दम्पती बिरामी

विराटनगर । मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् । मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उहाँकी पत्नी ६० वर्षीया देवीमाया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुवै जनाको मंगलबारे अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । थप पढ्नुहोस्

बैशाखमा मात्र सम्बन्ध विच्छेदका ४२ मुद्दा दर्ता

 बाँके । बाँके जिल्लामा वैशाख महिनामा मात्रै ४२ वटा मुद्दा दर्ता भएका छन् । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा ४७ थान सम्बन्धविच्छेदका मुद्दा दायर भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए। उनका अनुसार सानोतिनो कुरामा पनि मनमुटाव हुने, उमेर नपुग्दै विवाह गर्ने, विवाहलाई घरपरिवारले स्वीकार नगर्ने, छोटो समयकै चिनजानले प्रेम विवाह गर्नेहरुले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गरेका छन् । लागुऔषधमा फसेको कुरा विवाहपछि थाहा पाएकाहरुले पनि छिट्टै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने गरेको अदालतले जनाएको छ । थप पढ्नुहोस्

छिट्टै घर आउँछु भने तर बाकसमा आए : गायक अमर

प्रेम सुनार गुल्मी । श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० बर्षीय गायक समेत रहेका अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित सिंगो गाउँ शोकमग्न बन्यो । धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो । ‘मृत्यु हुनु दुई साताअघि मात्रै उनले स्वास्थ्य ठीक हुँदै गएकाले छिट्टै फर्कने बताएका थिए’, श्रीमती सरस्वता घर्तीले भक्कानिदै बताइन् । थप पढ्नुहोस्

यौनिक तथा अल्पसंख्यकको अधिकार सुनिश्चित : थममाया थापा

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने बताए । यौनिक तथा अल्पसंख्यकको वर्तमान अवस्था, समस्या तथा चुनौतीका सम्बन्धमा आज मन्त्रालयले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानमा उल्लेखित मौलिक हक तथा अधिकारबारे स्पष्ट पार्न र छलफल गरेर कानूनी अप्ठ्यारहरु फुकाउन सरकार गम्भीर हुने प्रतिबद्धता व्यक्त गरे । थप पढ्नुहोस्

मध्य तथा पूर्वी तराईमा अत्यधिक गर्मी, चिसोसँगै फलफूलको व्यापार बढ्यो

महेन्द्रनगर । धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । थप पढ्नुहोस्
1 2 3 4 5 24