व्यवस्थित शहरीकरणमा जोड : नेता विजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताए । भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विजुक्छेले जथाभावी हुने बसाइँ सराइले समस्यानै समस्या निम्त्याएको बताए । बसाइँसराइको उचित व्यवस्थापन हुन नसक्दा राज्यको करोडौँ बजेट खर्च भएको बताउँदै उनले वाग्मती सफाइ अभियान यसको उदाहरण भएको औँल्याए । थप पढ्नुहोस्

काठमाडौँ – भोजपुर १५ दिनका लागि हवाई उडान बन्द, सर्वसाधारण मारमा

भोजपुर । मंगलबारदेखि भोजपुर- काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले बताए । हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छन् । निगमले भोजपुर—काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार उडान भर्दै आएको थियो । थप पढ्नुहोस्

प्रदेशसभा सदस्य डा.अन्जु कुमारीद्वारा व्हिलचेयर सहयोग

वीरगंज । राष्ट्रिय जनता पार्टी (राजपा)को प्रदेशसभा सदस्य डा.अन्जु कुमारी यादवले व्हिलचेयर सहयोग गरेकी छिन् । पोखरिया नगरपालिका वडा नं- २ डमरापुर घर भएका अपाङ्ग भिखारी शाह तेलिलाई डा.यादवले एक थान व्हिलचेयर सहयोग गरेकी छिन् । विगत दुई वर्ष देखि असक्त जीवन विताई रहेका शाहको घर पुगेर उनको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै डा.अन्जु कुमारी यादवले एक कार्यक्रम विच व्हिलचेयर हस्तान्तरण गरेकी हुन्। दुई वर्ष पहिला डकर्मीको काम गर्दा एक दुर्घटनामा अपाङ्ग भएका शाहलाई निरन्तर सहयोग गर्ने डा. यादवले प्रतिबद्धता व्यक्त गरेकी छन् । थप पढ्नुहोस्

काठमाडौं उपत्यकामा भन्दा लुम्बिनीमा बढी प्रदूषण

ललितपुर । काठमाडौं उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ । वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो । उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठले बताइन्। विभागले काठमाडौं उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा–एउटा स्टेशन छन्। गत वर्ष जडान भएको ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो । थप पढ्नुहोस्

त्रिभुवन विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी सञ्चालनमा ल्याइएको हो । दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘हिजोसम्म साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल सोमबारबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ । अब विगतको जस्ता समस्या रहँदैन । थप पढ्नुहोस्

कम लगानीमा मनग्य आम्दानी, पाखोबारीमा अफिम खेती

जाजरकोट । नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ । कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन् । चाररपाँच वर्षदेखि नलगाडका स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेतीमा जोड दिएका छन् । सरकारी निकायले नष्ट गर्न बेवास्ता गरेपछि यस वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक रुपमा अफिम खेती गरिएको छ । थप पढ्नुहोस्

भारतीय कस्टमका कारण आईसीपीमा समस्या

पर्सा । भारतीय कस्टमका अधिकारी साँझ ५ बजेपछि मात्रै रक्सौल आईसीपीमा ढिलो गरी आउँदा समस्या भएको छ । आईसीपीमा भारतीय कस्टम अधिकारी ढिलो बस्ने गर्दा हाल दैनिक ९० को हाराहारीमा सवारी साधन भारतीय कस्टमले छोड्ने गरेका छन् । त्यसमा पनि इन्धनका टयांकर र बुलेट मात्र बढी हुने गरेको इन्टरमोडल यातायात विकास समितिको आईसीपी हेर्ने अधिकृत हेमेन्द्रमोहन शाहीले बताए । भारतीय राजदूत मन्जिभसिंह पुरीले आईसीपीको निरीक्षण गरेका छन् । शाहीका अनुसार राजदूत पुरीले हाल आईसीपी सञ्चालनका विधि तथा यहाँ रहेका समस्याबारे जानकारी लिएको बताए  । थप पढ्नुहोस्

माइग्राम्स र बायोमेट्रिक बन्द तत्कालका रोजगारीमा जाने प्रक्रियासमेत बन्द

काठमाडौँ । बिहिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीभित्रको सिन्डकेट खारेज गरेको निर्णय गरेसँगै माइग्राम्स र बायोमेट्रिक बन्द भएका छन् । बिहिबार मनत्री विष्टले वैदेशिक रोजगारभित्रको सिन्डिकेट खारेज गरेको र नेपाल सरकारले मान्यता दिएका सबै स्वास्थ्य संस्थाले मेडिकल गराउन पाउने निर्णय गरेका थिए । श्रममन्त्री विष्टले नेपालमा नेपाल सरकारको स्वीकृति नलिई सञ्चालनमा रहेका माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलन र ओएससीको सबै काम कारवाही तत्काल बन्द गर्न निर्देशन दिएका थिए । थप पढ्नुहोस्

काफल आम्दानीको स्रोत, बालबालिकालाई पढाइखर्चको जोहो

डडेल्धुरा । सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिला र बालबालिकाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिला तथा बालबालिकाले अहिले काफलबाट आम्दानी गरिरहेका छन् । भिमदत्त राजमार्ग छेउछाउ मौसम अनुसारका फलफूल तथा जगंली फल काफल, कोइराल र अमला बेच्नेको ताति नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइखर्चको समेत जोहो गर्ने गरेका छन् । थप पढ्नुहोस्

जेठ १६ गते तेस्रो अन्तर्राष्ट्रिय स्काउट भेला

काठमाडौँ । किशोर–किशोरीलाई देश र समाजप्रति अनुशासित एवं आज्ञाकारी बनाउने उद्देश्यले यही जेठ १६ देखि २१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय स्काउट भेला (ज्याम्बोरी) आयोजना हुने भएको छ । नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्रमा आयोजना हुने सो ज्याम्बोरीमा नेपालसहित दक्षिण एशिया क्षेत्रका १० देशका करीब पाँच हजार स्काउटकर्मीले भाग लिनेछन् । अन्तर्राष्ट्रिय स्काउटको मूल्य मान्यताअनुसार हरेक चार–चार वर्षको अन्तरालमा हुनुपर्ने ज्याम्बोरी नेपाल स्काउटले पाँचवर्षको अन्तरालपछि आयोजना गर्न लागेको हो । थप पढ्नुहोस्
1 7 8 9 10 11 24