कर्णाली र सुदूरपश्चिम विकास आयोग खारेज

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रधानमन्त्री कार्यालय अन्तर्गतका कर्णाली र सुदूरपश्चिम विकास आयोग खारेज भएका छन् ।ती क्षेत्रको उत्थानमा काम गर्न भन्दै २०६९ भदौ २५ मा बनेका ती आयोगको काम अब प्रदेश सरकारमार्फतै हुने भएपछि खारेज गरिएको हो । साउन १ देखि नै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका क्षेत्रीय प्रशासन कार्यालयसमेत खारेज भएका छन् ।पाँचवटै क्षेत्रीय प्रशासन कार्यालयमा सचिवसहित सहसचिव, उपसचिव र अधिकृत रहन्थे  । थप पढ्नुहोस्

खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना घोषणामै सीमित

२० लाख टन खाद्यान्न अपुग काठमाडौं । कृषिप्रधान मुलुक भनिए पनि परनिर्भरता बर्सेनि बढ्दै गएको तथ्यांकले देखाएको छ । कृषि मन्त्रालयका अनुसार करिब २० लाख टन खाद्य तथा फलफूल विदेशबाट आयात गरी पूर्ति गरिएको छ । मन्त्रालयका अनुसार धान, मकै, गहुँ, आलुको माग करिब १ करोड ३९ लाख १२ हजार ३ सय ३५ टन माग छ । उत्पादन भने १ करोड २१ लाख १४ हजार २ सय ३० टन भएको छ । यी खाद्यान्नमा मात्रै १७ लाख ९८ हजार १ सय ५ टन अपुग भएको मन्त्रालयले जनाएको छ । प्याजमा ७१ हजार ६ सय ९१, स्याउमा ८२ हजार ९ सय ७२ टन अपुग रहेको मन्त्रालयले जनाएको छ  । थप पढ्नुहोस्

अझै बनेन मौलिक हक कानुन

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार ट्वीटमा लेखे, ‘संविधानप्रदत्त मौलिक अधिकार 'शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता, आवास, रोजगारी' र महिला, दलितलगायतका अधिकार कार्यान्वयन गर्ने कानुन ३ वर्षभित्र बनाउन दुई महिना मात्र बाँकी छ । संसद् बिजनेस नपाएर हाटा 'हाजिर गरेर टाप' गर्दै छ । दुई तिहाइ बहुमतको सरकार किन कुम्भकर्ण निद्रामा ? पछिल्लो समय संसद् भट्टराईले भनेजस्तै भएको छ । संघीय संसद्बाट बजेट पारित भइसक्यो । संसद् सुरु भएको साढे चार महिना भए पनि मौलिक हक कार्यान्वयन गर्ने कुनै पनि कानुनको मस्यौदा संसद्मा दर्ता भएको छैन  । थप पढ्नुहोस्

नेपालमा ९ लाख तेस्रो लिङ्गी, १६७ को मात्रै नागरिकता !

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्विलिङ्गी महिला, द्विलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् । २०६४ यता १ सय ७० जनाले मात्रै ‘अन्य’ समूह अन्तर्गत नागरिकता पाएको निलहीरा समाजको तथ्यांकमा उल्लेख छ । गत संघीय निर्वाचनमा १ सय ६७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकको मतदाता नामावलीमा नाम सूचीकृत गरिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । थप पढ्नुहोस्

डिप्रेसनमा सुन तस्कर ‘गोरे’ ! प्रहरीसँग असुरक्षित महशुस, मागे सेनाको सुरक्षा‘

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका ‘मास्टरमाइन्ड’ भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् ।प्रहरीसँग असुरक्षित महशुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ । ‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ, कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ, केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग गर्‍यो, उसले किन यस्तो भनिरहेको छ– थाहा भएन’– कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने । थप पढ्नुहोस्

विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै, नेपालमा बढ्दै

काठमाडौं । विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ता भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन् । अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेका बेला नेपाल सरकारले भने यसलाई राजस्वको महत्त्वपूर्ण स्रोतका रुपमा हेरेको देखिन्छ । सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी गरेका छन् । थप पढ्नुहोस्

स्थानीय तहमा ५ सय इन्जिनियर र ओभरसियर खटाइने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ५ सय इन्जिनियर र ओभरसियर 'प्राविधिक' खटाउने तयारी गरेको छ । हरेक जिल्लामा रहने प्राविधिक कार्यालय खारेजीमा परेपछि सिनियर डिभिजनल इन्जिनियर, इन्जिनियर र सब–इन्जिनियर ९ओभरसियर० लाई स्थानीय तहमा खटाउन लागिएको हो । मन्त्रालयले पहिलो चरणमा करिब ५ सय प्राविधिकलाई खटाउने तयारी गरेको छ । ‘साउन पहिलो साताभित्र प्राविधिक कर्मचारी खटाउने गरी काम गरिरहेका छौं,’ मन्त्रालयको स्थानीय तहका कर्मचारी प्रशासन शाखा स्रोतले भन्यो, ‘अहिले सूची बनाउने काम भइरहेको छ  । थप पढ्नुहोस्

साउनदेखि सशस्त्र प्रहरी नयाँ संरचनामा

काठमाडौं । सशस्त्र प्रहरी बलले साउनदेखि आफ्नो संगठनलाई संघीय संरचनामा लैजाने भएको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले १ साउनदेखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हो। यो संरचनाअन्र्तगत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ । थप पढ्नुहोस्

स्वास्थ्य संस्था बन्द गर्ने अवस्था नआओस् : चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले डा।गोविन्द केसीको जीवनरक्षाका लागि स्वास्थ्य निकायहरू बन्द गर्ने बाध्यकारी स्थिति आउन नदिन सरकारसमक्ष आग्रह गरेको छ । संघका पदाधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी यस्तो अवस्था आउन नदिन पहल गर्न आग्रह गरेका हुन् । जुम्लामा आमरण अनशन बसिरहेका डा। केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि संघका पदाधिकारीहरूले सोमबार मन्त्री यादवलाई भेटेका हुन् । उनीहरूले यादवसमक्ष स्वास्थ्य शिक्षा तथा नागरिक स्वतन्त्रतासँग सम्बन्धित ७ बुँदे माग पनि प्रस्तुत गरेका छन्  । थप पढ्नुहोस्

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी

हेटौंडा कपडा उद्योग सञ्चालन गर्न फेरि अर्को कार्यदल गठन गर्ने निर्णय काठमाडौं । सरकारले करिब १९ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्न पुनस् कार्यदल गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाबीच सोमबार भएको छलफलमा कार्यदल गठन गर्ने निर्णय भएको हो  । थप पढ्नुहोस्
1 2 3 22