गाडेको ५ दिनपछि पार्वतीको शव उत्खनन्

खम्म खत्री अछाम । अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढाको शवलाई प्रहरीले ५ दिनपछि उत्खनन गरेको छ। छाउपडी गोठमा सर्पले टोकेर मृत्यु घटना भएको ४ दिनपछि मंगलबार अछाम प्रहरी घटनास्थलमा पुगेको थियो। गाउँले तथा जनप्रतिनिधिहरुको मिलोमतोमा यो विषय बाहिर ल्याउँदा गाउँको बेइज्जत हुने भन्दै पार्वतीको शवलाई पोष्टमार्टम नगरेरै गाडेपछि प्रहरीले बुधवार दिउँसो पोष्टमार्टमको लागि उत्खन्न गरेको हो। छाउगोठमा सुतिरहेका बेला जेठ २६ गते शनिबार राती सर्पको डसाईबाट १८ वर्षिया पार्वतीको मृत्यु भएको थियो । थप पढ्नुहोस्

मूल्य वृद्धिदर साढे ६ प्रतिशतभित्रै राख्नु चुनौतीपूर्ण

काठमाडौं । आगामी वर्ष बजार भाउ (मूल्य वृद्धि) नियन्त्रण चुनौतीपूर्ण देखिएको विज्ञहरूले बताएका छन् । सरकारले करका दरहरू बढाउनुका साथै सरकारी खर्च पनि तीव्र रूपमा बढ्ने भएकाले मूल्य वृद्धिदर साढे ६ प्रतिशतभित्रै राख्नु चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । यसकारण आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले मूल्य नियन्त्रणका लागि विशेष नीति ल्याउनुपर्ने उनीहरूको सुझाव छ । आईबीएन मिडिया एन्ड रिसर्चले बुधबार आयोजना गरेको ‘मौद्रिक नीति २०७५र७६’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्  । थप पढ्नुहोस्

सांसदलाई तालिम दिन ६० करोड

मकर श्रेष्ठ काठमाडौं । संघीय र प्रदेश सांसदलाई तालिम दिन राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ५ वर्षमा ६० करोड रुपैयाँ खर्च गर्ने भएको छ । यूएनडीपीले ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’ अन्तर्गत सन् २०२२ डिसेम्बरसम्म खर्चने गरी संघीय संसद् सचिवालयसँग वैशाख १० मा सम्झौता गरेको हो । प्रदेश संसद् सचिवालयलाई सबल बनाउने, कर्मचारीको क्षमता विकास गर्ने, प्रदेश सदस्यलाई कानुन बनाउने र कार्यान्वयन गर्नेलगायत अन्य प्रक्रिया सिकाउनेजस्ता कार्यक्रम गर्नका लागि सचिवालयले सम्झौता गरेको हो  । थप पढ्नुहोस्

अदालत जान थाले बहुविवाहका मुद्दा

लक्ष्मी साह बारा । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा बहुविवाहका पीडितको घुइँचो लाग्थ्यो । बहुविवाह गर्नेलाई कानुनी दायरामा ल्याइँदैनथ्यो । तर केही वर्षयता यस्ता घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउन थालेको छ । सामाजिक र कानुनी अपराधका रूपमा रहेको बहुविवाहका घटना यसअघि जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा प्रायस् मिलापत्र हुने गरेका थिए  । थप पढ्नुहोस्

छाउगोठमा मृत्यु भएकी पार्वतीको शव उत्खनन् गर्दै प्रहरी, शव पोष्टमार्टम गर्ने तयारी

मेनुका ढुंगाना अछाम । महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्ने भएको छ । पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले बताए । अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा । प्राकृतिक मृत्यु बाहेकका घटनामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव उत्खनन् गर्न लागिएको उनले जानकरी दिए । थप पढ्नुहोस्

चौबीस वर्ष उमेरका वैदेशिक रोजगारीमा जाने तीन हजार पुगे

रमेश लम्साल काठमाडौ । स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०/0५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा उल्लेख्य परिवर्तन भएको छ । आर्थिक वर्ष २०५० र ५१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन हजार ६०५ रहेकामा सो संख्या चालु आवमा आइपुग्दा यस वर्ष मात्रै तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । थप पढ्नुहोस्

सुनकाण्डमा संलग्न प्रहरी अधिकृतमाथि अख्तियारको छानबिन

काठमाडौं । साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपीद्वय दिवेश लोहनी र श्याम खत्री, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन सुरु भएको बताए । आजको नयाँ पत्रिकामा यसबारे विस्तृत खबर छापिएको छ । थप पढ्नुहोस्

दूधमा युरिया र नुन मिसावट, मानव स्वास्थ्य नै खतरामा !

सुरज कुँवर काठमाडौं । खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो । काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो  । थप पढ्नुहोस्

अब चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै

सुदिप कैनी काठमाडौं । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले अब एउटा मात्रै प्रवेश परीक्षामा सहभागी भए पुग्ने भएको छ । यसअघि विद्यार्थी हरेक विश्वविद्यालय र प्रतिष्ठानले लिने प्रवेश परीक्षामा सहभागी हुनुपर्थ्यो  । थप पढ्नुहोस्

०८५ सालसम्म प्रधानन्यायाधीश ‘प्याक’

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश पदमा नियुक्त हुने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। न्याय परिषद् सचिवालयका अनुसार सर्वोच्चमा अहिले १९ जना न्यायाधीश कार्यरत हुनुहुन्छ भने एक प्रधानन्यायाधीश र एक न्यायाधीश पद रिक्त छ। १९ मध्ये कार्यक्षमता र वरिष्ठताका आधारमा २०८५ सालसम्मका लागि प्रधानन्यायाधीशमा नियुक्त हुन योग्य देखिएका छन् । थप पढ्नुहोस्
1 2 3 4 5 18