४५ दिनमा ३ सचिव, १३ सहसचिव सहित ३,७४८ कर्मचारीले दिए राजीनामा

१४ फागुन, काठमाडौं । सरकारले करिब दुई महिनाअघि स्वैच्छिक अवकाश नीति ल्याएपछि ३ हजार ७४८ कर्मचारीले राजीनामा बुझाएका हुन् । सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्ममा स्वैच्छिक अवकाशका लागि ३ हजार ७४८ कर्मचारीले राजीनामा दिएको बताएको छ । सरकारले ४५ दिनअघि कम्तीमा २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पुगेका कर्मचारीका लागि स्वैच्छिक अवकाश नीति ल्याएको हो । मन्त्रालयले काठमाडौं उपत्यकाबाहिरका कर्मचारीको निवेदन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत ल्याउने व्यवस्था गरेको थियो । थप पढ्नुहोस्

सभापति देउवालाई विश्राम लिन दबाव, एउटै टेबलमा बसेर रामचन्द्रले लगाए यस्तो आरोप

१४ फागुन, काठमाडौं । नृपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा राख्दै पौडेलले सभापति देउवामाथि पार्टीका सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याएको समेत आरोप लगाएका छन्। पार्टीको १३ औं महाधिवेशनलगत्तै आफूले देउवालाई भेटेर समूहको संरक्षक नभई सिंगो कांग्रेसको नेता बन्न आग्रह गरेको स्मरण गर्दै पौडेलेले भनेका छन्, ‘कांग्रेसको नेता हुन देउवाजी तपाईं तयार हुनु भएन । थप पढ्नुहोस्

सभापति तथा स‌ंसदीय दलका नेता देउवालाई सिंह र कोइरालाको चुनौती

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलको बैठक भोली (फागुन १३ गते) बस्ने तयारीमा छ । तीनवटै निर्वाचन गराउन सफल भए पनि कांग्रेस नराम्ररी पराजित भएपछि पार्टी सभापति समेत रहेका स‌ंसदीय दलका नेता शेरबहादुर देउवामाथि दबाब बढेका बेला यो बैठक बस्न लागेको हो । संसद् सचिवालयले फागुन २१ गतेका लागि संघीय संसद बैठक डाकेकाले आइतबार हुने बैठकले कांग्रेसको संसदीय दलको नेता चयन गर्ने सम्भावना छ । कोइराला र सिंहको चुनौती संसदीय दलको नेताका सभापति शेरबहादुर देउवालाई महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिइरहेका छन् । थप पढ्नुहोस्

व्यक्ति हत्याको योजनाकार पुन र आले प्रहरी ‘इन्काउन्टर’ मा मारिए

९ फागुन, काठमाडौं । विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फायरिङ गरेका थिए । थप पढ्नुहोस्

युरोपेली संघसहित खाडी मुलुकले लगाए भारतीय तरकारीमा प्रतिबन्ध, नेपालमा भने खुलेआम भित्रिन्छ तरकारी

६ फागुन, काठमाडौं । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको हो। अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी–फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गौला खराबी, आँखाको ज्योति कमजोर, विकलांग बच्चाको जन्म, हृदयाघात, प्यारालाइसिसलगायत गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने प्रवल सम्भावना हुन्छ । थप पढ्नुहोस्

पहुँचवाला नेपालीको २२ अर्व विदेशीलाई, मेडिकल शिक्षा अध्ययनका नाममा पूँजी पलायनको विकराल अवस्था

३ फागुन, काठमाडौं । मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ । स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो। सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन् । शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार बिदेसिएका एक विद्यार्थीले ५० लाख रुपैयाँ खर्च गर्छन् । थप पढ्नुहोस्

२०१५ पछि पहिलो भेट, कप्तान पारस भन्छन् :– जित्नुको विकल्प छैन

२ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ को निर्णायक खेलमा आज क्यानडाको सामना गर्दै छ । विन्डरर्स क्रिकेट ग्राउन्ड, पवनहोकमा दिउँसो १ः१५ मा खेल सुरु हुने छ । एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनका लागि क्यानडालाई पराजित गर्नैपर्ने दबाबमा नेपाल मैदानमा उत्रँदै छ । मंगलबार घरेलु टोली नामिबियाले केन्यालाई ८ विकेटले पराजित गरेपछि नेपाल तेस्रो स्थानमा धकेलियो । नामिबिया नेपालभन्दा राम्रो रनरेटमा रहेकाले नेपाललाई क्यानडाविरुद्ध जितको विकल्प हुनेछैन । बुधबार नामिबियाले युएईको सामना गर्नेछ । युएईको पनि ४ अंक छ । थप पढ्नुहोस्

निगमलाई नयाँ जहाज तर पाइलट खै ?

२ फागुन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् । निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई ‘कमान्ड’ गर्न एकजनामात्र क्याप्टेन भएपछि निगम ‘थाल खाऊँ न भात खाऊँ’ को अवस्थामा पुगेको छ । चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई १२–ई’ सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२–ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईमात्र छन् । उनलाई साथ दिने को–पाइलट चारजना छन् । थप पढ्नुहोस्

पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्ड महालेखाको ताकेतामा

२ फागुन, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी गरेपछि महालेखा परीक्षकको कार्यालयले यी दुवै निकायलाई उच्च निगरानीमा राखेको हो । थप पढ्नुहोस्

सन्तोषजनक देखिएन अर्थतन्त्र परिसूचक

१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनाका अर्थतन्त्रका परिसूचकहरुले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएको देखाएको छ । मुलुकको अर्थतन्त्रका लागि मेरुदण्ड मानिएको रेमिटेन्स आय गत वर्षको तुलनामा पहिलोपटक घटेको छ । सरकारको चालू खाता घाटा पुससम्ममा ७५ अर्ब ७१ करोड पुगेको छ । अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा छ । राष्ट्र बैंकका अनुसार अर्कोतिर व्यापार घाटा नराम्रोसँग चुलिने क्रम बढिरहेको छ भने निर्यात वृद्धिदर सन्तोषजनक देखिँदैन । थप पढ्नुहोस्
1 6 7 8 9 10 17