Oppo Find X मोबाइल सार्वजनिक

काठमाडौं । ओप्पो को नयाँ मोबाइल फोन ओप्पो फाइंड एक्स आज भारतमा लन्च भएको छ । फोनको लन्च नयाँ दिल्लीमा आयोजित एक इवेंटमा दिउँसो साढे १२ बजे भएको हो । यस फोन को सबै भन्दा ठूलो विशेषता को कुरा गर्नुपर्दा स्लाइडडर फ्रंट र रियर दुवै क्यामेरा छ । ओप्पो फाइंड एक्स को कम्पनी ले पछिल्लो महिना पेरिस मा पहिलो पल्ट लन्च गरेको थियो । यस फोनमा घडी फेशियल रिकगोग्निशन पनि दिइएको छ। ओप्पो फाइन्ड एक्समा पप अप क्यामेरा दिइएको छ जुन फोन भित्र भित्र छ।उदाहरण को रूप मा यदि तपाईं फोटो क्लिक गर्नु छ भने तपाइको फोन को भित्र देखि क्यामरा माथि तिर निसकिने छ र तपाईंको फोटो क्लिक खिच्ने छ । थप पढ्नुहोस्

१ सय २८ जिबी र्‍यामको ल्यापटप विश्वकै तीव्रगतिमा

काठमाडौं । विश्वमा ८ जिबी र्‍यामसहितको स्मार्टफोन पनि आउला भन्ने सायदै कसैले सोँचेका थिए, जुन अहिले यथार्थ बनेको छ ।यस्तै कुनै ल्यापटप १ सय २८ जिबी र्‍यामको हुनसक्ला भन्ने कुरा पनि धेरैलाई पत्यार नलाग्न सक्दछ । तर चिनिया कम्पनी लेनोभोले १ सय २८ गिगाबाइट र्‍याम भएको दुनियाँकै सबैभन्दा फास्ट ल्यापटपको निर्माण गरेको छ । बेलायतमा भएको नेक्स्ट बिल्ड कन्फ्रेन्समा लेनोभोले त्जष्लपएबम एछद्द ल्यापटप सार्वजनिक गरेको हो । भर्चुअल रियालिटी फिचरयुक्त यो ल्यापटपमा ६ टेराबाइटको इन्टर्नल स्टोरेज रहेको छ । यो ल्यापटपमा १५ । थप पढ्नुहोस्

हाम्रो पात्रोले ल्यायो फुटबल दर्शकका लागि नयाँ एप

काठमाडौं । हाम्रो पात्रो प्रयोगकर्ताहरुले विश्वकप फुटबल हेर्ने दर्शकहरुका लागि नयाँ एप ‘फुटबल वर्ल्ड २०१८ (Football World 2018) सार्वजनिक गरेको छ। हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नारासाथ राष्ट्रिय, अन्तराष्ट्रिय हरेक ठूला, साना जनमनमा प्रभाव पार्नसक्ने गतिविधिलार्इ समय सापेक्ष रुपमा पस्किँदै आएकाले फुटबलका दर्शकका लागि एप स्टोरमा नयाँ एप सार्वजनिक गरेकोसमेत संस्थाका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले जानकारी दिएका छन्। यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिने देवकोटाले बताए । थप पढ्नुहोस्

फाल्गुणानन्द विमानस्थलमा तारा एयरलाइन्सको सफल परिक्षण

काठमाडौं । इलामको फाल्गुनानन्द विमानस्थलमा तारा एयरलाइन्सले विमानको परीक्षण उडान सफलतापूर्वक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले ट्वीट गर्दै परीक्षण उडान सफल भएको सार्वजनिक गरेका छन् । इलाममा नयाँ विमानस्थल निर्माण सम्पन्न भएपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री हुँदा विमानस्थलको सिलान्यास गरेका थिए । खनालकै निर्देशनमा नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाएको थियो । थप पढ्नुहोस्

विज्ञानमा महिला पुरस्कारका लागि दुई विजेता घोषणा

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले स्थापना गरेको विज्ञानमा महिला पुरस्कारका लागि यस वर्षका विजेता घोषणा गरिएको छ । नासो विज्ञानमा महिला पुरस्कार–२०१८ को व्यावसायिक विधातर्फ नेपाल विद्युत् प्राधिकरणमा कम्प्युटर इन्जिनियर पदमा कार्यरत प्रोमिशा मिश्रलाई दिइनेछ । यसैगरी विद्यार्थीतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययनरत सुश्री श्रीति श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सुरेश भट्टराईले बताए । थप पढ्नुहोस्

जाजरकोटमा नुन खानी ! ९० प्रतिशत नुनको मात्रा भेटीयो

जाजरकोट ।   जाजरकोटमा नुन खानीको सम्भावना देखिएको छ। जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँस्थित खारा खोलामा नुन खानीको सम्भावना देखिएको हो। खारा गोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको हो। जाजरकोट प्रदेश सभा सांसद गणेशप्रसाद सिंहले खारा खोलाको पानी परीक्षण गर्दा ९० प्रतिशत नुनको मात्र भेटिएको हो। सांसद सिंहले वाटर ईन्जिनियरिङ एण्ड टेनिङ सेन्टर काठमाडौंमा पानी परीक्षणका लागि पुर्याएका थिए । थप पढ्नुहोस्

सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जतिको रिचार्ज त्यति नै क्यास ब्याक

काठमाडौँ । ग्लोबल कीटेक्नोलोजी प्रालिले समय र पैसाको बचत संगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यसहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा आएको छ । ‘नेपाली एप्स हामी नेपालीहरुकैलागि’भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो । रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन२३ वर्षीय साहसी युवक नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका थिए । मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन् । थप पढ्नुहोस्

एप्पलको २०१८ मा तिनवटा आइफोन सार्वजनिक हुदै

काठमाडौँ । एप्पलले यो वर्ष सन् २०१८ मा सार्वजनिक गर्ने आइफोनका लागि तयारी संगसंगै नया चार्जर पनि सार्वजनिक गर्ने तयारी गरेको छ । एजेन्सिका अनुसार एप्पलले नयाँ आइफोन सँगै नयाँ खाले चार्जर पनि ल्याउने छ जसले आइफोनलाई तिव्र गतिमा चार्ज गर्नेछ । साथै यो चार्जरले म्याकबुकलाई पनि चार्ज गर्ने मिल्ने भएको छ । यतिमात्र होइन यो चार्जिङ केवलले तिव्र गतिमा डाटा ट्रान्सफर समेत गर्न सक्नेछ । चार्जर ल्याब नामक वेबसाइटको रिपोर्ट अनुसार आगामी आइफोनसँगै १८–वाट युएसबी टाइप सी लाइटनिङ फास्ट चार्जर उपलब्ध हुनेछ । थप पढ्नुहोस्