आयो सामसङको ग्यालेक्सी जे फोर नेपाली बजारमा

काठमाडौं । सामसङले जे सिरीज अन्तर्गतको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ । यो स्मार्टफोन युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् । साथै यस सुविधाले सोसल मिडिया मेसेन्जरमा प्राप्त भएको डुप्लिकेट तस्बिरहरुको पहिचन गरी हटाउन सकिने सुविधा प्रदान गरेको छ । थप पढ्नुहोस्

आई टी सम्बन्धी शैक्षिक मेला भोलीदेखि सुरु

काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ भोली बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ। पाठशाला एजुकेशन फाउण्डेशनले साउन २ र ३ मा काठमाडौंको होटल अन्नपूर्णमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने एक कार्यक्रमबीच बताइएको हो । थप पढ्नुहोस्

भारतमा विश्वकै ठूलो सामसुङ मोबाइल कारखाना स्थापना

काठमाडौं । विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ । उत्तर प्रदेशको नोएडामा सामसुङले मोबाइल प्लान्ट स्थापना गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनसँगै सामसुङको उक्त कारखाना उद्घाटन गर्नेछन् । सामसुङले ८० अर्ब रुपैयाँ बराबरको लागतमा उक्त उद्योग स्थापना गरेको हो । यस उद्योगबाट वर्षेनी १२ करोड गोटा मोबाइल फोन उत्पादन गर्ने लक्ष्य रहेको छ । अहिले नोएडा र तमिल नाडुमा रहेका कारखानाबाट ६ करोड ७० लाख गोटा फोन उत्पादन हुने गरेका छन् । थप पढ्नुहोस्

सूचना प्रविधि शिक्षाको ४९ विद्यार्थीलाई छात्रवृत्ति दिइने

  सुर्खेत । कम्प्यूटर एशोसियशन नेपाल महासंघ 'क्यान' ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने सार्वजनिक गरेको हो । सम्मलेनमा महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सूचना, सञ्चार र प्रविधिमा सक्षमता देखाउन सक्ने सबै प्रदेशका महिलालाई पहिलो प्राथमिकता दिएको बताए । थप पढ्नुहोस्

नगरपालिकाको योजना : दिक्तेलको अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु

पार्क निर्माणका लागि यस वर्ष  दुई लाख ५० हजार खर्च ! खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ । नगरपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त वाइफाइ पार्क निर्माण शुरु गरिएको हो । पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाले नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन पहल गर्ने, विभिन्न ठाउँमा टावर निर्माण गर्नेलगायत योजना बनाएको छ । खार्मीको बाँझोबारी, जालपा र बुवालुङको खावाडाँडामा टेलिफोन टावर राख्ने योजना छ । थप पढ्नुहोस्

सुर्खेत उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

१३ फागुन, काठमाडौं । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न त्यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताए । थप पढ्नुहोस्

नेपालको आईटी क्षेत्रमा थप आयाम

१५ साउन, काठमाडौं । कम्प्युटर र इन्टरनेटको प्रयोग अत्याधिक रुपमा बढदै गइरहेको बेला IT Federation Nepal (ITFN) ले यसलाई ध्यान दिदै ह्याकिङ र सेक्युरिटी बारे प्रशिक्षण कार्यक्रम संचालन गर्न थालेको छ । ITFN ले ‘Be aware, Be secure’ अभियानका रुपमा काठमाडौंका कलेजहरुबाट शुरु गरी उपत्यका बाहिर बिरगंज, जनकपुर, धनगढी लगायतका ठाँउहरुमा निःशुल्क रुपमा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ, भन्ने छिटै नै पोखरा, बिराटनगरमा गर्ने कार्यक्रम रहेको बताएको छ । यस कार्यक्रममा हजारौको संख्यामा विधार्थीहरु संगै प्रशिक्षकले पनि लाभाविन्त हुने भएका छन् । थप पढ्नुहोस्