गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

भद्रपुर । झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले बताए । थप पढ्नुहोस्

सञ्चारमन्त्री बाँस्कोटा र जापानी राजदूत साइगोबीच भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज सिंहदरबारमा भेट वार्ता भएको छ । सो अवसरमा मन्त्री बाँस्कोटाले दुई देशको आपसी र सुमधुर सम्बन्ध सन्तोषजनक रहेको बताउँदै संघीय नेपालको केन्द्र, प्रदेश र स्थानीय तहमा सूचना र सञ्चार प्रविधिको व्यवस्थापनका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरेका छन् । उनले रेडियो नेपालको केन्द्रीय स्टुडियो बने जस्तै अन्य सञ्चार कार्यालयमा भूकम्प प्रतिरोधी भवन बनाउन सहयोग गर्न आग्रह गरेका छन् । थप पढ्नुहोस्

नेपाल टेलिकमले फोन र इन्टरनेटको मूल्य नबढाउने

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा मूल्य नबढाउने भएको छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुनेछ । नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ । थप पढ्नुहोस्

विदेशी नम्बरबाट आएको अज्ञात फोनमा कलब्याक नगर्नु : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो। ‘जुन देशमा टेलिफोन शुल्क महंगो हुन्छ ति देशहरुमा पैसा कमाउनका लागि अन्धाधुन्ध नम्बर मिलाएर फोन गर्छन’, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्– ‘त्यस्तो नम्बरमा कलब्याक गर्दा कल ट्रयाक हुने र सो हुँदा पैसा उनीहरुको खातामा ट्रान्सफर हुन्छ । थप पढ्नुहोस्

साउन १ गतेदेखि इन्टरनेट सेवा शुल्क १३ प्रतिशत, मारमा विद्यार्थी

काठमाडौं । साउन १ गतेदेखि सरकारले बढाएको इन्टरनेट करको मारमा आम विद्यार्थीहरु परेका छन् । साउन १ गते मंगलबारदेखि इन्टरनेट सेवा प्रदायकले १३ प्रतिशत कर सेवा शुल्क बाफत तिर्नुपर्ने भएपछि शिक्षाको सुचना लिन गुगल प्रयोग गर्ने आम विद्यार्थी लगाएत सर्वसाधारण नागरिक मारमा परेका छन् । सरकारको यो निर्णय बारे आलोचना भएपनि सेवा प्रदायक निकायले आफ्ना ग्राहकलाई शुल्क वृद्धि भएको बताएका छन् । सरकारले २०७१ सालमा सन २०१९ सम्म घरघरमा इन्टरनेट सेवा पुराउछु भन्दै गरेको निति र निर्णय प्रति आलोचना गर्दै सरकारले यो निर्णय फिर्ता लिनुपर्ने सेवा प्रदायकले बताएका छन् । थप पढ्नुहोस्

डिसहोमको प्रबन्ध निर्देशकमा आचार्य, अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । टेलिभिजन प्रसारक संस्था डिसहोमका अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । डिसहोम सञ्चालक बोर्ड बैठकले अध्यक्षमा ढकाल र प्रबन्ध निर्देशकमा सुदीप आचार्यलाई नियुक्त गरेको हो । अध्यक्ष ढकाल यसअघि सञ्चालक सदस्य तथा प्रबन्ध निर्देशक आचार्य यसअघि डिसहोमका प्रमुख कार्यकारी अधिकृत थिए । संयुक्त राज्य अमेरिकाको आरकान्सा विश्वविद्यालयबाट इण्डष्ट्रियल इञ्जिनीयरिङ अध्ययन गरेका आचार्यसँग अमेरिकाकै विभिन्न कम्पनीमा काम गरेको अनुभव छ । थप पढ्नुहोस्

साउन १ गतेबाट टेलिफोन र इन्टरनेट सेवा महंगिने

काठमाडौं । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले बताए । उनकाअनुसार बढेको शुल्कअनुसार नै सेवाहरुमा शुलक वृद्धि गरिनेछ । इन्टरनेट सेवामा प्रदायक आईएसपी' हरुले पनि साउन १ गतेबाट इन्टरनेट सेवाका शुल्कमा वृद्धि गर्ने तयारी गरेका छन् । थप पढ्नुहोस्

भूकम्प प्रभावित चार जिल्लामा नेपाल टेलिकमको इन्टरनेट सेवा सुरु

काठमाडौं। नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका २१३, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका २०५ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । समग्रमा ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको टेलिकमले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । थप पढ्नुहोस्

मन्त्री बाँस्कोटाद्वारा सदस्य दुवाडीलाई शपथ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाएका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रमपछि मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको बताउँदै डिजिटल र समृद्ध नेपाल निर्माणमा यसको सक्रियता महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए । प्राधिकरणका अध्यक्ष र सदस्यलाई तदारुकताका साथ संस्थाको उद्देश्यअनुसारको काम गर्न निर्देशन दिएका छन् । थप पढ्नुहोस्

कर्णाली प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरेका छन् । हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारवाहीको माग राख्नुभएको थियो भने बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा गुनासो राखेकी थिइन् । थप पढ्नुहोस्
1 2 3