वैशाखदेखि रारामा फ्रि वाइफाई

२२ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । थप पढ्नुहोस्

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

२१ चैत, काठमाडौं । उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर राति गोली चलेको अन्तर्राष्टिय समाचारमाध्यामले जनाएका छन् । एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् । युट्युबको सो मुख्यालयमा एकजना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको थियो । तर ती महिलाले प्रहरी आउनुभन्दा अगावै गोली हान्न थालेको बताइएको छ । थप पढ्नुहोस्

टेलिकमको ‘नमस्ते क्रेडिट’ शुरु, एनसेल टावरमा आगजनी

१६ चैत, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरे । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन । थप पढ्नुहोस्

सुर्खेत उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

१३ फागुन, काठमाडौं । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न त्यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताए । थप पढ्नुहोस्

‘फ्रिडम प्याक’ खरिद गर्नुस्, १ घण्टा निःशुल्क कुरा गर्नुस्

७ फागुन, काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक रु २५ मा खरिद गर्न सकिनेछ । आजदेखि शुरु भएको फ्रिडम प्याक आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । थप पढ्नुहोस्

२ घण्टाको प्रयासपछि एनसेल टावर भेटिएको बम डिस्पोज

२ फागुन, काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित एउटा ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरिएको छ । एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि आएको नेपाली सेनाको बम डिस्फोजल टोलीले दुई घण्टाको प्रयासपछि बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । टावरमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो । बोराभित्र राखेको अवस्थामा सेनाको टोलीले प्रेसरकुकर बम भेटेको हो । थप पढ्नुहोस्

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन, जीव विज्ञान सम्मेलन धुलिखेलमा

२६ माघ, काठमाडौं । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो । सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

टेलिफोनमार्फत नक्कली कामगर्ने ८५ जनालाई जेल सजाय

१९ माघ, काठमाडौं । उत्तरी चीनमा पर्ने होहट क्षेत्रमा टेलिफोनका माध्यमबाट नक्कली कामगर्ने ८५ जना व्यक्तिलाई जेल सजाय दिइएको स्थानीय अदालतले शुक्रबार जानकारी दिएको छ । यी ८५ व्यक्तिलाई अपराधको प्रकृति हेरर एक वर्षदेखि १३ वर्षसम्मको जेल सजाय भएको अदालतले जानकारी दिएको छ । सन् २०१६ को जुलाइमा नै यस विषयमा अनुसन्धान सु्रु भएको र संदिग्ध अपराधीको आरोपमा हुबेई प्रान्तबाट ८५ व्यक्तिलाई पक्राउ गरिएको सिन्ह्वा समाचारले बताएको छ । सन् २०१६ को नोभेम्बरमा टेलिफोनका माध्यमबाट नक्कली कामगर्ने आठ हजार ९०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । थप पढ्नुहोस्

विकासका लागि प्रविधि आवश्यक–मन्त्री बस्नेत

१९ माघ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याएका छन् । इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)द्वारा आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै उनले भने – “मुलुकमा प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । थप पढ्नुहोस्

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन, टेलिकमले उठायो २२ लाख बक्यौता

१२ माघ, काठमाडौं । आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले सबैभन्दा बढी आय करतर्फ रु ३५ करोड ३२ लाख ४३ हजार राजश्व संकलन गरेको छ । थप पढ्नुहोस्
1 2 3 4 5