टेलिकमको ‘नमस्ते क्रेडिट’ शुरु, एनसेल टावरमा आगजनी

१६ चैत, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरे । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन । थप पढ्नुहोस्

सुर्खेत उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

१३ फागुन, काठमाडौं । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न त्यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताए । थप पढ्नुहोस्

‘फ्रिडम प्याक’ खरिद गर्नुस्, १ घण्टा निःशुल्क कुरा गर्नुस्

७ फागुन, काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक रु २५ मा खरिद गर्न सकिनेछ । आजदेखि शुरु भएको फ्रिडम प्याक आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । थप पढ्नुहोस्

२ घण्टाको प्रयासपछि एनसेल टावर भेटिएको बम डिस्पोज

२ फागुन, काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित एउटा ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरिएको छ । एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि आएको नेपाली सेनाको बम डिस्फोजल टोलीले दुई घण्टाको प्रयासपछि बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । टावरमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो । बोराभित्र राखेको अवस्थामा सेनाको टोलीले प्रेसरकुकर बम भेटेको हो । थप पढ्नुहोस्

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन, जीव विज्ञान सम्मेलन धुलिखेलमा

२६ माघ, काठमाडौं । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो । सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

टेलिफोनमार्फत नक्कली कामगर्ने ८५ जनालाई जेल सजाय

१९ माघ, काठमाडौं । उत्तरी चीनमा पर्ने होहट क्षेत्रमा टेलिफोनका माध्यमबाट नक्कली कामगर्ने ८५ जना व्यक्तिलाई जेल सजाय दिइएको स्थानीय अदालतले शुक्रबार जानकारी दिएको छ । यी ८५ व्यक्तिलाई अपराधको प्रकृति हेरर एक वर्षदेखि १३ वर्षसम्मको जेल सजाय भएको अदालतले जानकारी दिएको छ । सन् २०१६ को जुलाइमा नै यस विषयमा अनुसन्धान सु्रु भएको र संदिग्ध अपराधीको आरोपमा हुबेई प्रान्तबाट ८५ व्यक्तिलाई पक्राउ गरिएको सिन्ह्वा समाचारले बताएको छ । सन् २०१६ को नोभेम्बरमा टेलिफोनका माध्यमबाट नक्कली कामगर्ने आठ हजार ९०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । थप पढ्नुहोस्

विकासका लागि प्रविधि आवश्यक–मन्त्री बस्नेत

१९ माघ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याएका छन् । इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)द्वारा आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै उनले भने – “मुलुकमा प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । थप पढ्नुहोस्

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन, टेलिकमले उठायो २२ लाख बक्यौता

१२ माघ, काठमाडौं । आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले सबैभन्दा बढी आय करतर्फ रु ३५ करोड ३२ लाख ४३ हजार राजश्व संकलन गरेको छ । थप पढ्नुहोस्

माघ ११ देखि क्यान इन्फोटेक मेला

७ माघ, काठमाडौं । विश्वका अन्य मुलुकसँग सूचना तथा सञ्चार प्रविधिको अनुभव साटासाट गरी नेपालमा पनि प्रविधि तथा पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिइएको छ । यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान इन्फोटेक–२०१८ को प्रविधि मेलाको तयारीका बारेमा जानकारी दिन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । थप पढ्नुहोस्

तपाइँको फेसबुक एकाउंट कहिले र कहां भयो प्रयोग, यस ट्रिक बाट लगाउनुहोस पत्ता

facebook security tips
कहां-कहां लग इन गर्नु भयो हजुरको आफ्नो फेसबुक अकाउंट, यसरि थाहा पाउनुहोस् माघ ३ काठमाडौँ  सोशल मीडिया को प्रयोग समय संगसंगै बढ्दै गईरहेको छ। प्रयोगकर्ताहरु आफ्नो जीवन संग जोडिएका साना-ठूला हरेक कुराहरु अनलाइन शेयर गर्न मनपराउछन । आफ्नो सोशल मीडिया अकाउंट हामीहरु अनेक डिवाइसेजमा प्रयोग गर्ने गरेका छौ । यसरी यो पत्ता लगाउन मुश्किल हुन्छ कि हामीले कुन डिवाइसेजमा लगअन गरेका थियौं र कुन डिवाइसेजमा लगआउट गर्न बिर्स्यौं । थप पढ्नुहोस्
1 2 3 4 5 6