नारायणगढ–मुग्लिन सडक : १७ किलोमा सडक भासिने क्रम जारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । चालीस मिटर लामो भागमा सडक भासिएको हो । सो ठाउँमा विसं २०६० मा सडक भासिएपछि ‘रक स्वायल एङ्करिङ’ गरिएको थियो । सडक छेउबाट त्रिशूली नदी बगेको छ । विज्ञले भासिएको ठाउँको निरीक्षण गरी वर्षात्को समयमा नचलाउन सुझाव दिएका छन् । थप पढ्नुहोस्

मोबाइल एप्समा रेडियो नेपाल

काठमाडौं । रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरे । सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी सावित हुने विश्वास पनि उनले व्यक्त गरे । थप पढ्नुहोस्

पहिलो पटक नुवाकोटमा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ

नुवाकोट । नुवाकोटको विदुर नपा–१ त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अब सिभिल इञ्जिनीयरिङको अध्ययनअध्यापन हुने भएको छ । पहिलो पटक जिल्लामा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ हुन लागेको हो । विसं २००७ मा स्थापित तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीनवर्षे सिभिल इञ्जिनीयरिङको स्नातक तहको पठनपाठन शुरु हुने भएको छ । थप पढ्नुहोस्

फ्रिक्वेन्सी अनुगमनका लागि पाँच केन्द्र स्थापना हुने

काठमाडौं । देशभर विभिन्न सञ्चार माध्यमले उपयोग गरेका फ्रिक्वेन्सीहरुको अनुगमन गर्न पाँच वटा फ्रिक्वेन्सी अनुगमन केन्द्र स्थापना हुने भएको छ । विश्व बैंककको ऋण सहायतामा सञ्चालित दूर सञ्चार क्षेत्र सुधार आयोजनाअन्तर्गत स्थापना हुन लागेका अनुगमन केन्द्रहरुले सरकारसँग इजाजत लिएर वा विना इजाजत सञ्चालित विभिन्न सञ्चार क्षेत्रको फ्रिक्वेन्सीको अनुगमन गर्नेछन् । काठमाडौंमा सूचना तथा सञ्चार मन्त्रालयको भवन, ललितपुरको लुभु र काठमाडौं–चोभारस्थित हिमाल सिमेन्ट कारखानाको जमिनमा टावरसहितका अनुगमन केन्द्र स्थापना गरिने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । थप पढ्नुहोस्

बाख्रापालन व्यवसायबाट पाँच वर्षमा सवा करोड आम्दानी

नुवाकोट । नुवाकोटका एक बाख्रापालक कृषकले केहीबर्ष अघि करिब ९ लाख रूपैयाँ लगानी गरेर सुरू गरेको बाख्रापालन व्यवसायबाट १ करोड ३० लाख रूपैयाँ जतिको भएको बताएका छन् । पाँचबर्ष अघि १८ वर्षको उमेरमा बेल्कोटगडी नगरपालिका(११ अमारेखोलाका अमृत तिवारीले १९ वटा बाख्रा र १२ बङ्गुरसहित व्यवसाय सुरू गरेका थिए। हाल १ सय ७० वटा बोका र बाख्रा उनको कृषि फार्ममा छन्। आफ्नो फार्ममा जन्मिएका उन्न्तत जातका बाख्राहरू ६० जिल्लामा बेचिसकेको उनी बताउँछन् । थप पढ्नुहोस्

वल्र्डलिंकको ‘अफर जम्बो खर्च कम भो’ नामक अफरको सुरुवात

काठमाडौं । वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि नयाँ नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअपबक्स पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्र्तगत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुनेछ । यो अफर भाद्र मसान्तसम्मको लागि मात्र लागू गरिएको वल्र्डलिंकले जानकारी दिएको छ । थप पढ्नुहोस्

शनिबारदेखि के एल मोबाइल मेला, एक्सचेञ्जसँगै किस्ताबन्दीमा नयां फोन

काठमाडौं । चाबहिल स्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ । मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो । केएल मोबाइल हबले साउन १९ गते शनिबारदेखि २ साता चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन आयोजना गरेको बताएको छ । मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । थप पढ्नुहोस्

दुर्गन्धित काठमाडौं, एक महिनादेखि थुप्रिएको फोहोर उठ्न थाल्यो !

काठमाडौँ, ७ साउन । झण्डै एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ । यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन । सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो । अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाइएको छ भने बाटो पनि मर्मत गरिएकाले फोहर उठ्न थालेको हो । फोहरका कारण नागरिकको जनजीवन प्रभावित भएको थियो । थप पढ्नुहोस्

टर्कीका राष्ट्रपतिसँगको फोटोका कारण ओजिलले फुटबलबाट सन्यास लिए !

काठमाडौ, ७ साउन । सन् २०१४ मा जर्मनीलाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर ओजिल अहिले पनि विश्वकै एत्कृष्ट मिडफिल्डर मध्येका एक हुन । तर हालै रुसमा सकिएको विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै तिब्र आलोचना भएपछि ओजिलले जर्मनीका लागि अब नखेल्ने भन्दै सन्यासको घोषणा गरेका हुन । टर्कीका राष्ट्रपति रिसेप तयोप एर्दोगानसँगको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना खेपेपछि त्यसलाई सहन नसकेर ओजिलले सन्यास लिएको पुष्टि गरेका छन । थप पढ्नुहोस्

गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

भद्रपुर । झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले बताए । थप पढ्नुहोस्
1 2 3 4