साउन ५ गतेदेखि तीनपाङ्ग्रे चलाउन नपाइने

चितवन । भरतपुर महानगरपालिकामा जेठ अन्तिम साता बसेको सर्वदलीय बैठकको निर्णय अनुसार सवारी दुर्घटना कम गर्न मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । थप पढ्नुहोस्

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४६४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको चौधरी सवार ना ९ प ८९८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । थप पढ्नुहोस्

पानीमा डुबेर ४ जनाको मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको प्रहरी जानकारी दिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बस्ने ११ वर्षीय ईसान भुषालको आइतबार बेलुका डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । यसैगरी रुपन्देही रोहणी गाउँपालिका–५ ईमिलीहवा बस्ने रामदश यादवको ३ वर्षीय छोरा अविशेक यादव घर नजिकै बनाउँदै गरेको कच्ची बाटोमा पानी जमेको खाल्डोमा आइतबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । थप पढ्नुहोस्

भक्तपुरमा आएको बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

भक्तपुर  । भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिराका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । थप पढ्नुहोस्

छुट्टाछुट्टै दुर्घटनमा दुईको मृत्यु

उदयपुर । उयपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी बजारबाट ओखलढुंगा गइरहेको ना४ख ८०७९ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडकमा पर्ने कटारी नगरपालिका–१४ भदौरेमा बिहान ८ बजे भएको दुर्घटनामा कटारी सिरिसेका २८ वर्षीय चालक मोहनबहादुर तामङको घटनास्थमै मृत्यु भएको हो । अस्थायी ट्राफिक पोष्ट घुर्मीका सहायक निरीक्षक कुमार फुयालकाअनुसार सिन्धुली दुधौली नगरपालिका कत्लेखोल घर भएका सहचालक पुर्ण सुनुवार घाइते छन् । ट्रक सडकबाट एकसय ५० मिटर तल खसेको छ । थप पढ्नुहोस्

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।वडा नम्बर २ प्रतापपुरका स्थानीय ३५ वर्षका इन्द्र चौधरीले कुटपिट गर्दा ३२ वर्षीया श्रीमती गर्भी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा मृतकका श्रीमान इन्द्रले सुरुमा श्रीमतीले रक्सी खाएर लड्दा मृत्यु भएको बताएका थिए । शंका लागेपछि इन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कुटाईपछि श्रीमतीको मृत्यु आफ्नो कुटाईबाट भएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । थप पढ्नुहोस्

कार र मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

उर्लाबारी । मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँका २५ वर्षीय रवि रायलाई उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय कृष्ण घिमिरे पनि गम्भीर घाइते भएका र उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । थप पढ्नुहोस्

रूकुममा बस पल्टिदा एकको मृत्यु, १६ जना घाइते

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना५ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको उनले बताए । थप पढ्नुहोस्

पानी ट्याङकी भित्र खसेर मृत्यु

भक्तपुर । घरायसी प्रयोजनका लागि पानी बोक्ने ट्याङकरबाट पानी निकाल्ने क्रममा ट्याङकी भित्र खसेर एक जनाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–३ वालकोट नयाँवस्ती बस्ने २३ वर्षीय सुभाष चौलागाईको पानी ट्याङकी भित्र खसेर मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने पदम बहादुर सुनुवारको घर कम्पाउण्ड पछाडी रहेको रिजर्भ ट्याङ्कीमा बिहीबार भद्रकाली खानेपानी सेवा झौखेलको बा.५ ख ८२७१ नम्बरको ट्याङकरबाट पानी हाल्ने क्रममा ट्याङकी भित्र खसेर बेहोश भएका चौलागाईको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको थियो । थप पढ्नुहोस्

घाँस काट्न जादा मृत्यु

अर्घाखाँची । आफ्नै बारी रहेको सुनकौलीको रुखमा चढेर घाँस काट्दै गर्दा रुखबाट खसेर एक जनाको मृत्यु भएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ । शितगंगा नगरपालिका–३ पदमे बस्ने ४१ वर्षीय रोमलाल अधिकारीको घर नजिक खर बारीमा रहेको सुनकौलीको रुखमा चढी घाँस काट्ने क्रममा शुक्रबार रुखबाट लडेर मृत्यु भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । थप पढ्नुहोस्
1 2 3 18