होटलमा आमा र छोरी मृत अवस्थामा फेला

डोटी । डोटी सदरमुकाम सिलगढीको एक होटलमा आमा र छोरीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ । स्थानीय सृजना होटलमा बास बसेका चुरे गाउँपालिका–१, कैलालीकी २४ वर्षीया शोभा साउद र उनकी १८ महिनाकी छिोरी करुणा मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले छोरी करुणा वेडमा र आमा शोभा झुण्डिएको अवस्थामा मृत भेटिएको बताए । सडकमा पेटी ठेक्का लिँदै आएका शोभाका २६ वर्षीय श्रीमान् प्रेमबहादुर साउदसँगै आमा–छोरी होटलमा बसेका थिए । थप पढ्नुहोस्

करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । मोरङको कटहरी गाउँपालिका-१ बस्ने गोकुल थापाको घरमा खानेपानीको कल गाड्ने क्रममा नजिकैको बिजुलीको पोलको नाङ्गो तारबाट करेन्ट सर्ट हुदा गम्भीर घाइते भएका  ५० वर्षीय कैलुराय अमात्यको उपचारको क्रममा कोशी अञ्चल अस्पताल बिराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको छ । यस्तै मकवानपुरको बकैया गाउँपालिका-७ चारघरेका ७२ वर्षीय मंगलबहादुर माझीको खोलामा नुहाउन जाने क्रममा बाटोमा हिँड्दा हिँड्दै विजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । थप पढ्नुहोस्

नुहाउन गएका चार बालिकाको डुबेर मृत्यु

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ११ मा पोखरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । नौखनिया पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षकी साहिमा खातुन र मुदिना खातुन र १४ वर्षीय साहिया खातुन र अविदा खातुन रहेका छन् । मृतक बालिकाहरुलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

तुलसीपुर । दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नं को ट्रकको ठक्करबाट आइतबार बिहान एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । बालक बुढाथोकी आदर्श नमूना मावि लालमटियामा कक्षा ४ मा अध्ययनरत थिए ।ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ । थप पढ्नुहोस्

रुकुममा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

रुकुम  । रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली पछाडिको भाग  सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–१ पञ्चासेमा रा १ त २२६१ नंको ट्र्याक्टर दुर्घटनामा परी सोही ठाउँका ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर उपमहानगरपालिका दाङका ३२ वर्षीय चूडामणि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । थप पढ्नुहोस्

करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

काठमाडौँ । मोटर चलाएर पानी लगाउदा र सिटी सफारीको व्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर २ को मृत्यु हुनुका साथै १ जना  घाइते भएका  छ । मोरङको सिटी सफारीको व्याट्री चार्ज गर्ने क्रममा बुधबार करेन्ट लागेर गम्भीर घाइते भएकी रंगेली नगरपालिका-१ बबियाबिर्ता बस्ने ४० बर्षीय नहेनश्वरी राजबंशीको उपचारको क्रक्रमा कटेल क्लिनिकमा लैजादै गर्दा बाटोमै मृत्यु भएको छ । व्याट्री चार्ज गर्ने क्रममा सोही ठाउँ बस्ने कुस्मी राजबंशी समेत करेन्ट लागेर घाइते भएकीले उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ । थप पढ्नुहोस्

पानीमा डुबेर ३ जनाको मृत्यु

काठमाडौं । नुहाउने र घाँस काट्ने कक्रमा पानीमा डुबेर ३ जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-७ बस्ने लालबहादुर चुनाराको १७ बर्षीय छोरा गोबिन्द चुनाराको बुधबार नलसिङगाड खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । यस्तै नुवाकोटको सूर्यगढी गाउँपालिका -२ बोहोरे बस्ने कुमार धमलाको १८ महिनाको छोरा नारायण धमला आफ्नै घरमा भएको बाल्टिनको पानीमा डुबेर बुधबार मृत्यु भएको छ । उता बाराको सिमरा उपमहानगरपालिका-१४ बोरीड बस्ने ३२ बर्षीय सुमिना परियारको घर नजिकै बारीमा बुधबार घाँस काटने क्रममा पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । थप पढ्नुहोस्

विभिन्न जिल्लामा गाडी दुर्घटना : ३ जनाको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुरमा गाडीको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १० रामनगरमा से‍.१ ज ६५५ नम्बरको गाडीले भे ६ प ७८२७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा घाइते भएका मोटरसाईकल चालकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१० बस्ने ४५ बर्षीय ऋषिराम चापागाईको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन नियन्त्रणमा लिएर हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । थप पढ्नुहोस्

मकालु एयरको जहाज दुर्घटनाः दुवै क्याप्टेनको मृत्यु

काठमाडौँ — बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज दुर्घटना भएको छ । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाहुन खर्कमा उक्त विमान दुर्घटनामा फेला परेको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हुम्ला प्रहरीले जानकारी दिएको छ । मकालु एयरको जहाज दुर्घटना हुदा दुवै पाइलटको मृत्यु भएको छ । घटनास्थलमा पुगेका प्रहरी अनुसार पहिला क्याप्टेनको शव फेला परेको र को पाइलटको भने घटनास्थल देखि केही पर शव फेला परेको थियो।९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए । थप पढ्नुहोस्

सम्पर्कबिहीन मकालु एयर हुम्लाको बाम खर्कमा, एक जनाको शव फेला

अफडेट :सुर्खेत। सुर्खेत बाट बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाम खर्कमा फेला परेको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेका छन । घटनास्थलमा पुगेका प्रहरीले एक जनाको शव फेला परेको बताए । जहाजमा रहेका चालकदलका सदस्यमध्ये शव कसको हो भन्ने बारे पहिचान नभएको बताए । ९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र  पाइलट आदित्य नेपालीले उडाएका थिए । थप पढ्नुहोस्
1 2 3 4 6