छुट्टाछट्टै दुर्घटनामा २ को मृत्यु, ३ घाइते

१० फागुन, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् । दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए । थप पढ्नुहोस्

जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

८ फागुन, काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । थप पढ्नुहोस्

बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

२८ माघ, काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो । जिप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । थप पढ्नुहोस्

सिँचाइ मन्त्रालयका सचिव सहित तीन बेपत्ता

२७ माघ, काठमाडौं । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराउँदा सचिवसमेत तीन जना बेपत्ता भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव रामानन्द यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । गाडी र यात्रु सबै बेपत्ता भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

कुकुरले टोक्दा १३ जना घाइते

२३ माघ, काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिवास–१ को चोकबजार क्षेत्र र बर्दिवास–१४ को हटिया क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । कुकुरले टोकेकामध्ये बढीजसो बालबालिका छन् । घाइतेको बर्दिवास अस्पताल, शुभस्वस्तिक अस्पताल र जनसेवा अस्पतालमा उपचार भइरहेको छ । थप पढ्नुहोस्

बाँदरमुढे घटनापीडितको लगत संकलन कार्य शुरु

११ माघ, काठमाडौं । बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो । समितिका सदस्य एवं बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले हिजोको विवादलाई थाती राख्दै लगत संकलन थालिएको बताए । संघ तथा प्रदेशसभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडितपक्षले गरेको सहमतिअनुसार अहिले लगत संकलनको काम शुरु भएको हो । थप पढ्नुहोस्

सल्यानमा बस दुर्घटना, चारजनाको मृत्यु

८ माघ, काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् । रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस आज त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन । बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

ज्ञानमाला भजन घरमा आगलागी

२९ पुस, काठमाडौं । काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिए । आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । थप पढ्नुहोस्

हलेसीमा भएको आगलागी नियन्त्रणमा

१९ पुस, काडमाडौं । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईलगायतको घरमा आंशिक क्षति पुगेको नगर प्रमुख इवन राईले बताए । केही घरलाई भत्काएर आगो राति करिब ११ बजे नियन्त्रणमा लिइए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ । थप पढ्नुहोस्

सडक दुर्घटनामा ४० जनाको मृत्यु

१७ पुस, काठमाडौं । केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । “तीस जनाको मृत्यु भएको छ,” रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोेमेले भन्नुभयो । उहाँले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको जानकारी दिए । थप पढ्नुहोस्
1 2 3 4 5