प्रहरीमा दैनिक १९ उजुरी दर्ता, औषतमा २५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीमा औषतमा १९ उजुरी पर्न आउने तथा दैनिक २५ जना जति पक्राउ पर्ने जानकारी दिएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार औसतमा दैनिक १९ वटा उजुरी प्रहरीमा दर्ता हुन्छन्। प्रहरी परिसर काठमाडौंमा मात्रै आर्थिक वर्ष २०७४/७५ मा मात्रै ६ हजार ८ सय ४१ वटा मुद्दा दर्ता भए। यो संख्या अघिल्लो आर्थिक वर्ष भन्दा ३३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा प्रहरी परिसर काठमाडौंमा ४ हजार ५ सय ८२ वटा मुद्दा दर्ता भएका थिए। प्रहरीले मुद्दा दर्ताको संख्या बढेपछि जघन्य र ठुला अपराधमा भने कमी आएको बताएका छ । थप पढ्नुहोस्

यौन दुराचारको आरोपमा ६६ वर्षीय स्विस नागरिक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाकाले बालकलाई होटलमा बोलाएर यौन दुराचार गर्ने ६६ वर्षीय स्विस नागरिक पिटर क्रिश्चियन ल्यागेनड्रोफलाई पक्राउ गरेको छ । महाशाखा प्रहरीले दिएको जानकारी अनुसार पिटरले १६ वर्षीय बालकलाई फेसबुक म्यासेन्जरमार्फत ललाइफकाई काठमाडौं चुच्चेपाटीमा रहेको होटलमा बोलाएर यौन दुराचार गरेका थिए । प्रहरीका अनुसार पिटरले उक्त बालकलाई काठमाडौं र भक्तपुरका विभिन्न होटलमा समेत पुऱ्याएर यौन दुराचार गरेका थिए ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा पिटरले यौन दुराचारको आरोप स्वीकार गरेका छन् । थप पढ्नुहोस्

नक्कली सुन देखाएर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले आज पत्रकार सम्मेलन गरी नक्कली सुनको नक्कली बिल बनाएर सक्कली भन्दै बेच्न हिँडेको अवस्थामा नियन्त्रणमा लिइएको बताए । थप पढ्नुहोस्

लागुऔषध सहित २ जना पक्राउ

काठमाण्डौं ।  महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित छुट्टाछुटै घटनामा २ जनालाई पक्राउ गरेको छ । बिरगंजबाट काठमाण्डौ आउँदै गरेको यात्रूबाहक बसलाई नागढुंगामा चेकजाँज गर्ने क्रममा बारा, कलैया - ७ का अजित सिंहलाई फेनारागन ५० एम्पुल, नुफिन ५० एम्पुल , डाईजोपाम ५० एम्पुल सहित पक्राउ गरेको छ । यसैगरी, गौरबाट काठमाण्डौ आउँदै गरेको यात्रुबाहक बसबाट रौतहट, राजपुरका शमशेर आलमलाइ फेनरागन ४३ एम्पुल, डाईजोपाम, ४३ एम्पुल, नुफिन ४३ एम्पुल र मेट्रोजेपाम ३०० ट्याब्लेट सहित पक्राउ गरेको छ । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । थप पढ्नुहोस्

ब्याजीलाल र बैंकको ११ करोड भन्दा बढी रकम लिएर धनुषाका हार्डवेयर व्यापारी गायब

जनकपुरधाम । असार मसान्तका दिनसम्म उनको तामझाम र चुरिफुरि हेर्दा जो कोहीले पनि यिनी रातारात फरार हुन्छन् भन्ने कल्पनासम्म गरेका थिएनन् । दैनिक लाखौको कारोबार हेर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका हार्डवेयर व्यापारी रामलखन ठाकुर,ईन्दल ठाकुर र श्याम ठाकुर करोडौं रकम बजारबाट उठाएर साउन १ गते रातिबाट फरार भएका छन् । महेन्द्रनगरका ठूलै व्यापारीका रुपमा गणना हुने यी बावु छोराहरु यतिबेला मोबाइल स्वीच अफ गरेर धनुषाबाटै स -परिवार भुमिगत भएका हुन् ।अझ रोचक कुरा त के छ भने उनीहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुक नै डियाक्टिभ समेत गरेको देखिएको छ । थप पढ्नुहोस्

कृषि फर्ममा आगलागी हुदाँ लाखौँको क्षति

दाङ । दाङको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले बताए । आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झण्डै रु नौ लाखको क्षति भएको सञ्चालक कमलापुरी बताए । तुल्सीपुर–८, अश्वारामा रहेको कृषि फर्मले केही महिनादेखि विभिन्न परिकारका चिप्स तथा नमकिन उत्पादन गर्दै आएको छ । थप पढ्नुहोस्

अवैध भारतीय रकमसहित चार जना पक्राउ

बुटवल । प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई आज सार्वजनिक गरिएको हो । प्रहरीले सिद्धार्थनगर नगरपालिका–१३ स्थित ह्वाइट लोटस होटलको कोठा नं १०७ मा खानतलासी गर्दा अवैध नोटको कारोबारीसहित झोलामा एक हजार दरका दुई हजार ६५० थान र ५०० दरका पाँच हजार ३०० थान गरी ५३ लाख पुरानो भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक कुमोध ढुङ्गेलले बताए । थप पढ्नुहोस्

जीब्रोमुनि राखेर सुन तस्करी गर्ने ३ भारतीय नागरिक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुनसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. एम ४१६४८३४ बोकेका फैजन खान, के ९९७२१२३ नं. का एदिल र एस २३१०८९० नम्बरको राहदानी बोकेका सैद मोहमद खसिफ छन् । विमानस्थलका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट २ / २ वटा कोटको बटम आकारको सुन फेला पारिएको थियो । उनीहरुले जीब्रोमुनि लुकाएर सुन कटाउन खोजेका थिए । बरामदपछि तोलिँदा ५ सय ५९ ग्राम सुन रहेको खुलेको थियो । थप पढ्नुहोस्

बालगोपालको १ सय बर्ष पुरानो मुर्ति सहित २ जना पक्राउ

काठमाडौं । १ सय बर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मुर्ति सहित काठमाडौं प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सो मुर्ति गोप्य सुचनाका आधारमा बेचबिखन हुदै छ भन्ने जानकारी पाउनासाथ महानगरिय अपराध महाशाखाको टोलीले काठमाडौ ३२ स्थित पेरिसडाडामा रहेको कोठाबाट २ जानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको छहरा गाउपालिका घर भएका २७ बर्षका दोखल बहादुर सोमइ रहेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट प्रहरीले ढलौटको ८ केजी १ सय ७० ग्राम तौल को ३४ सेमि लम्बाइ मुति सहित पक्राउ गरेको हो । थप पढ्नुहोस्

देउखुरीमा ६ सय ४० सम्बन्ध विच्छेदका मुद्दा

तुलसीपुर, दाङ । दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६ सय ४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४ सय ९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात् ४ सय ९५ जोडी अलग भएका छन् । न्यायाधीश रावलले सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण वैदेशिक रोजगारी, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्ररुपमा रहन चाहनु नै रहेको बताए । थप पढ्नुहोस्
1 2 3 33