सुन तस्करी छानबिन समितिलाई २४ दिनको समय थप

काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याबारे छानविन गर्न गठित समितिको म्याद एक महिना थपिने भएको छ । यसअघि समितिलाई २४ दिनको समय थप गरिएको थियो । २०७४ चैत १९ गते गठन भएको समितिलाई ४५ दिनको कार्यादेश दिइए पनि जेठ ४ गते पहिलो पटक २५ दिनको समय थप गरिएको थियो । गृह मन्त्रालयले बिहीबारको मन्त्रिपरिषदको बैठकमा समितिको म्याद दोस्रोपटक एक महिना थप गर्ने प्रस्ताव लैजान भएको हो ।गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गत चैत २० को मन्त्रिपरिषद्ले ९ सदस्यीय छानविन समिति गठन गरेको थियो । थप पढ्नुहोस्

ठमेलबाट पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काभ्रेको झैटी देउराली–८ घर भई हाल सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङको ज्वालामुखी–३ घर भएका २९ वर्षीय कमल गुरुङलाई १ पेस्तोल र १ खुकुरीसहित पक्राउ गरेको हो । राधे समूहको गुण्डा रहेका थापाले आफूलाई ट्रेकिङ गाइड गर्ने र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने बताएको प्रहरीले जनाएको छ । देवकुमार थापाको समूहमा रहेर गुण्डागर्दी गर्ने गुरुङले इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको बताएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

नक्कली नोटसहित पक्राउ परेका वाग्लेसहित तीन जना जेल चलान

काठमाडौं । नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्देशक माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बाग्लेसागै सुजित तामाङ र महेन्द्र बोगटीलाई केन्द्रीय कारागारमा राखिएको छ । साढे २ करोड भन्दा बढी नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । थप पढ्नुहोस्

सुन तस्करी : गृहमन्त्रालयको छापा बाजेको सेकुवामा

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या छानबिन गर्न बनेको विशेष अनुसन्धान समितिले एकपछि अर्को छापा मारिहेको छ । केही दिनअघि सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके अर्थात मोहनकुमार अग्रवालको घरमा छापा मारेको समितिले हालै आरकै ज्वेलर्समा पनि छापा मारेको थियो । आरके ज्वेलर्सका सञ्चालक राजेश शाक्य सुन तस्करी काण्ड बाहिरिएसँग फरार छन् । एमके पनि अनुसन्धान अघि बढ्ने वित्तिकै फरार भएका थिए । समितिले बुधबार बाजेको सेकुवामा पनि छापा मारेको छ । समितिले प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो । थप पढ्नुहोस्

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

चितवन । भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९ किलो २०० ग्राम गाँजा फेला परेको विज्ञप्तिमा जनाइएको छ । गाँजा र गाडी बरामद गरिएको र संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाउका छन् । महासंघका कार्यबाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा आज गएको प्रतिनिधिमण्डलले सरकारी निकायले भुक्तानी गर्नुपर्ने रु ४२ अर्बभन्दा बढी रकम प्राप्त नहुँदा देशभरका व्यवसायी मारमा परेको जानकारी अर्थमन्त्री खतिवडालाई गराएको थियो । थप पढ्नुहोस्

लठ्री पर्‍यो भनि ठगी गर्ने गिरोहका ४ जना पक्राउ

पर्सा । चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, वडा नं १९ का वीरनारायण चौरसिया र वडा नं २ छपकैयाका राहुलकुमार राउतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए । थप पढ्नुहोस्

सुन तस्करी प्रकरण : आरके ज्वेलर्सबाट ३० करोडको सुन बरामद

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले आरके ज्वेलर्सबाट ३० करोड बराबरको सुन बरामद गरेको छ। संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको समितिको टोलीले सोमबार न्यूरोडको दुईटा र दरबारमार्गमा रहेको एउटा गरी आरकेका ३ वटा ज्वेलरी पसलमा छापा मारी ३० करोड बराबरको ज्वेलरीसहित सुन बरामद गरेको छानविनमा संलग्न एक अधिकारीले बताए। उनका अनुसार टोलीले तीन वटै ज्वेलरी पसलमा रहेको सुन जफत गरी शिलबन्दी समेत गरेको छ। बरामद गरिएको सुनलाई थप अनुसन्धानका लागि विराटनगर पठाउने तयारी समितिले गरेको छ । थप पढ्नुहोस्

पेट्रोलियम बिक्रीवितरण ठप्प : डिपोका प्रमुख सहित तीन जना पक्राउ

जनकपुर । पेट्रोलियम पदार्थ बिक्री वितरण ठप्प पारेको आरोपमा निगमको महेन्द्रनगर डिपोका प्रमुख सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । निगमको महेन्द्रनगर डिपोका प्रमुख इन्जिनियर मोहन कुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याकर व्यवसायि संघका अध्यक्ष किसुनदेव साहलाई पक्राउ गरिएको छ । बजारमा कृत्रिमा पेट्रोलियम अभाव सृजना गर्न खोजिएको आरोपमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । थप पढ्नुहोस्

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

उदयपुर । कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डी नगरपालिका - ५ बस्ने ५० वर्षीय रामेश्वर चौधरी रहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरको गस्ती टोलीले चौधरीलाई गाउँको एक घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । थप पढ्नुहोस्
1 2 3 4 20