स्कुटरलाई ठक्कर दिने टिपर चालक पूर्पक्षका लागि जेल चलान

भक्तपुर । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । थप पढ्नुहोस्

तस्करी खोल्न डिआईजीका बडीगार्ड नै सक्रिय !

सप्तरी । देशमा यतिबेला कम्युनिष्ठहरुको दुईतिहाइबाला बलियो सरकार छ । त्यो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी र तस्करलाई कडा कार्बाही गर्ने गर्जन गरेर थाकेका छैनन् । गृहमन्त्री रामबहादुर थापा बादल तस्कर, अपराधी र भ्रष्टचारीलाई जेलमा पुर्याउने अभियानमा छन् । सोही अभियान अन्र्तगत गृहमन्त्री थापाले सुन तस्करीदेखिे ठगी र कामचोर प्रवृत्तिका ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउदै छन् ।उता सोही मन्त्रालय मातहतको नेपाल प्रहरीका आईजिपी सर्वेन्द्र खनालभ्रष्टाचारविरुद्ध शुन्य शहनसिलताको भाषण गरेर थाकेका छैनन् । थप पढ्नुहोस्

धनगढीमाईबाट भरुवा बन्दुकसहित एक पक्राउ

लहान । हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । थप पढ्नुहोस्

सटर फोडी चोरी गर्ने पक्राउ

काठमाडौं । गएराति चाशहिल स्थित चुच्चेपाटीको भाटभटेनीमा गोल्छा अर्गनाईजेशनबाट Him  Electronics, Samsung mobile को Showroom को पसलमा चोरी गर्ने पक्राउ परेका छन् । रातीको समयमा सटर फोडी बिभिन्न मोडलका मोवाईल ८३ थान र नगद अठाईस लाख अठार हजार नौ सय बिस  रुपैया बराबर चोरी गरी लाने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ३६ बर्षका जितेन्द्र रौनियार र ३३ बर्ष जयराम श्रेष्ठलाई थप कार्बाहीको लागि महानगरीय प्रहरी परिसर बृत्त गौशालामा पठाईएको छ । थप पढ्नुहोस्

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । जुवा खेलिरहेकै अवस्थामा तार्केश्वर नगरपालिका(५ मुडखुस्थित ग्रिनपिस रिसोर्टबाट १६ जना पक्राउ परेका छन् । जुवाको खालबाट कौडा १६ थान, विभिन्न कम्पनीका मोवाइल २१ थान र नगद ४ लाख ५२ हजार ६ सय ५० रूपैयाँ सहित १६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । थप पढ्नुहोस्

सुन समितिको म्याद पुनः एक महिना थपियो

काठमाडौं । तस्करीको ३८ क्विन्टल सुन र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलको नेतृत्वमा गठित समितिको म्याद पुनः एक महिनाका लागि थपिएको छ । गत चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको समितिले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गरी ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ । गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरेर ल्याइएको सोढ ३३ किलो सुन हराइएको भन्ने चर्चाका बीच सुन तस्करीमा भरियाको काम गर्दै आएका सनम शाक्यकको हत्या भएपछि सुन प्रकरण बाहिरिएको थियो । थप पढ्नुहोस्

सहायक वन अधिकृत ३ लाख घुससहित पक्राउ

बुटवल । कपिलवस्तुको चन्द्रोटास्थित सेक्टर वन कार्यालयका सहायक वन अधिकृत ३ लाख घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस मागिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत ब्रह्मदेव महतोलाई ३ लाख घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिएर घर पुगेका महतोलाई कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित घरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले जनाएको छ । थप पढ्नुहोस्

बलात्कार मुद्दामा आश्चर्यजनक फैसला, प्रतिवादीबाटै १० लाख क्षतिपूर्ति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको एक मुद्दामा प्रचलित नजीर र कानुनी मान्यता उल्लंघन हुने गरी आरोपितलाई सफाई दिएको छ । फैसलामा उल्लेखित चारवटा मुख्य आधार र राय प्रचलित कानुन मान्यता र नजीरविपरीत छन् ।न्यायाधीश तेजनारायण पौडेलको इजलासले पनौती घर भई काठमाडौं बसोबास गर्ने केदारप्रसाद कोइरालालाई बलात्कारकोआरोपबाट सफाई दिएको हो। कोइरालामाथि उनकै घरमा काम गर्ने एक किशोरीको बलात्कार गरेको आरोप थियो। अदालतले निर्दोष ठहर गरेका कोइरालाबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ । थप पढ्नुहोस्

सुन तस्करी छानबिन समितिलाई २४ दिनको समय थप

काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याबारे छानविन गर्न गठित समितिको म्याद एक महिना थपिने भएको छ । यसअघि समितिलाई २४ दिनको समय थप गरिएको थियो । २०७४ चैत १९ गते गठन भएको समितिलाई ४५ दिनको कार्यादेश दिइए पनि जेठ ४ गते पहिलो पटक २५ दिनको समय थप गरिएको थियो । गृह मन्त्रालयले बिहीबारको मन्त्रिपरिषदको बैठकमा समितिको म्याद दोस्रोपटक एक महिना थप गर्ने प्रस्ताव लैजान भएको हो ।गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गत चैत २० को मन्त्रिपरिषद्ले ९ सदस्यीय छानविन समिति गठन गरेको थियो । थप पढ्नुहोस्

ठमेलबाट पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काभ्रेको झैटी देउराली–८ घर भई हाल सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङको ज्वालामुखी–३ घर भएका २९ वर्षीय कमल गुरुङलाई १ पेस्तोल र १ खुकुरीसहित पक्राउ गरेको हो । राधे समूहको गुण्डा रहेका थापाले आफूलाई ट्रेकिङ गाइड गर्ने र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने बताएको प्रहरीले जनाएको छ । देवकुमार थापाको समूहमा रहेर गुण्डागर्दी गर्ने गुरुङले इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको बताएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्
1 2 3 4 5 22