जोखिमलाई सम्बोधन गर्न रेडक्रस कार्यसञ्चालन केन्द्र सक्रिय

काठमाडौँ  ।  मनसुन सक्रिय भएसँगै प्राकृतिक प्रकोप बाढी, पहिरोको जोखिमलाई ध्यान दिँदै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाएको छ । प्राकृतिक विपद्का प्रभावितलाई आपत्कालीन आवास, प्राथमिक उपचार, स्वास्थ्य र सरसफाइ, खानेपानीलगायतका क्षेत्रमा केन्द्रले सहयोग गर्नेछ । सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले मानवीय सेवाको सर्वोच्च निकाय रेडक्रस आफ्नो उद्देश्यअनुसार रेडक्रसकर्मी प्राकृतिक विपद्मा परेकालाई मानवीय सेवामा जुटिरहेको जानकारी दिए । थप पढ्नुहोस्

जीप दुर्घटना : दुईको मृत्यु, ३ जना गम्भिर घाईते !

ओखलढुङ्गा । ओखलढुंगामा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए । घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको पनि उनले जानकारी दिए । थप पढ्नुहोस्

व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने गुण्डा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्ग लगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा रकम मागेर दुःख दिने र रकम नदिए झगडा गर्ने गरेको गोप्य सूचनाका आधारमा मगरलाई नियन्त्रणमा लिएको जानकारी दिए । थप पढ्नुहोस्

एउटै गाउँका चार जनाको करेन्ट लागेर मृत्यु, गाउँ शोकमग्न

डोटी । आदर्श गाउँपालिका १ चासी गाउँ अहिले शोकमा डुबेको छ । मंगलबार साँझ एउटै गाउँका चार जनाको करेन्ट लागेर ज्यान गएपछि गाउँ शोकमग्न बनेको छ । स्थानीय जयबहादुर खड्काको मिल नजिक रहेको विद्युत पोल उखेलेर नयाँ ठाउँमा गाड्ने क्रममा पोल ढलेर विद्युतको तारमा खस्दा करेन्ट लागेर स्थानीय चारजना युवाहरुको घटना स्थलमै ज्यान गएको थियो । करेन्ट लागेर ज्यान गुमाउनेमा त्यही गाउँपालिकाका ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय लोकेन्द्र खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् । थप पढ्नुहोस्

अबैध कल बाइपासमा गर्ने भारतीय नागरिक पक्राउ

हालसम्म  एक सय तीन ठाउँमा कारबाही :  एक सय २६ जना नेपाली र ३४ जना विदेशी पक्राउ काठमाडौं । अवैध कल बाइपासमा संलग्न भारतीय नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३२ शुभकामना मार्गस्थित रमेशसिंह हमालको घरमा कोठा भाडामा लिई अवैध कल बाइपासको काम गर्ने भारत नयाँ दिल्लीका २४ वर्षका जफर खानलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । थप पढ्नुहोस्

अपराध महाशाखाका सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर भ्रष्टाचार गरेको ठहर काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत् प्रहरी नायब निरीक्षक कृष्णबहादुर गैरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर राष्ट्रसेवक पदमा रही भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार गैरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको भनि पेश गरेको माध्यमिक ९एस।एल । थप पढ्नुहोस्

चार दिने भ्रमणका लागि प्रधानसेनापति क्षत्री म्यानमार प्रस्थान

कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापा काठमाडौं । म्यानमार र चीन भ्रमणका लागि मंगलबार प्रधानसेनापति राजेन्द्र क्षत्री त्यसतर्फ प्रस्थान गरेका छन् । उनी चार दिने म्यानमार भ्रमण पूरा गरी असार २४ गते चीन जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । मंगलबार त्रिभुवन विमानस्थलमा प्रधानसेनापति क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाइ गरे । प्रधानसेनापति क्षत्री म्यानमारमा रहँदा त्यहाँका राष्ट्रपति, प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । थप पढ्नुहोस्

भारतीय बिआर बलेरो जिप दुर्घटना हुदा ६ जनाको मृत्यु

इटहरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय बिआर ०६ पीवी ६४१८ नं को बलेरो जिप दुर्घटना हुँदा छ भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अरु तीनजना भाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । गएराति कोशी ब्यारेजबाट सुनसरी सदरमुकाम इनरुवातिर आइरहेको उक्त भारतीय गाडी सडकबाट पानीमा खस्दा ती यात्रुको मृत्यु भएको हो । थप पढ्नुहोस्

जवरजस्ती करणी गरेको अभियोगमा चौधरी पक्राउ

सुनसरी । बिगत ६ महिना देखि जवरजस्ती करणी गरेको अभियोगमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामधुनी नगरपालिका-४ रामपुरा बस्ने २८ वर्षीय संजयकुमार चौधरीलाई सोमबार जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको बताएको छ । बिगत ६ महिनादेखि सोही ठाउँ बस्ने २२ वर्षीया विवाहित महिलालाई पटकपटक जवरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । थप पढ्नुहोस्

विश्वकप फुटबलमा अवैध रुपमा सट्टेबाजी गर्ने ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा सट्टेबाजी गर्दै विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ को बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । थप पढ्नुहोस्
1 12 13 14 15 16 74