लागुऔषध सहित सात जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका -२ नागढुङ्गा बाट प्रहरी लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।  बिरगंजबाट काठमाडौं आँउदै गरेको ना.५ ख ४८०१ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्दा सर्लाही हरिवनका १८ बर्षीय बिक्रम लामा सहित तीन जनालाई लुकाईछिपाई ल्याएको लागूऔषध नाइट्रोजेपाम ९० ट्याब्लेट सहित पक्राउ गरेको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिका-१५ शिवगंगा बाट पनि प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । थप पढ्नुहोस्

गोरेसँग दुवै तर्फको बहस सकिएपछि आजैबाट थुनछेकको बहस हुने

काठमाडौँ । सुन तस्करी तथा सनम हत्याकान्डमा मुख्य अभियुक्त चूडामणी उप्रेती गोरेुको गत बुधबारदेखि सुरु भएको बयान आइतबार सकिएको छ । गत मंगलबार सुन तस्करी तथा सनम हत्या बारे छानबिन गर्न बनेको समितिले गोरेलाई काठमाडौंबाट पक्राउ गरी मोरङ जिल्ला अदालतमा बुझाएको थियो । अदालतका कर्मचारीले उनको बयान ३७ पानामा उतारेका छन् । साढे २ बजेदेखि सो मुद्दामा पुनस् बहस सुरु हुँदैछ । यसअघि भएको बहसका आधारमा अधालतले २८ जनालाई पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको छ भनेएक जना साधारण तारेखमा र अर्का एक जना धरौटीमा रिहा भएका छन् । थप पढ्नुहोस्

फेसबुकमा अश्लिल फोटो राखिदिन्छु भन्दै धम्काउने बल्याकमेलर पक्राउ

परासी । फेसबुकमा अश्लिल फोटो राखिदिन्छु भन्दै धम्काउने एक युवकलाई पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। सुनवल नगरपालिका(७ बस्ने एक युवतीको सक्‍कली फोटो प्रोफाइलमा राखेर विभिन्न नयाँ आइडी बनाइ धम्काउने गरेका युवकलाई प्रहरीले उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए। पक्राउ पर्नेमा गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका(५ फोक्सिङ्ग घरभई हाल रुपन्देही सैनामैना नगरपालिका( ६ बस्ने २१ वर्षीय गणेश ढकाल हुन् । थप पढ्नुहोस्

सुनारको पसलमा बम विस्फोट

कञ्चनपुर । सदरमुकाम भीमदत्तनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ । स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा आज बिहान बम बिस्फोट भएको प्रहरीले बताएको छ । बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । बम विस्फोट भएको पसल कैलाश सुनारको रहेको बताइएको छ । थप पढ्नुहोस्

गोली हानेर ९ लाख लुट्ने दुईजना पक्राउ

कैलाली । कैलालीको धनगढीमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटेर भागेका दुईजनालाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेका अनुसार लुटपाट गरेर भागेका उनीहरु पक्राउ परेका हुन् । लु ४० प ४४३८ नम्बरको मोटरसाईकलमा आएका दुई जनाले धनगढीको सब्जीमण्डीमा कार्कीमाथि गोली प्रहार गरी बैंकबाट झिकेको रकम लुटेर भागेका थिए । घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । थप पढ्नुहोस्

कार्कीमाथि गोली प्रहार, ९ लाख लुटियो

धनगढी । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको छ । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ । कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको स्वास्थ्यकर्मी दीपक उपाध्यायले बताए । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना अज्ञात ब्यक्तिले पुरानो भन्सार रोडमा कार्कीलाई गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । थप पढ्नुहोस्

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, चारजना घाइते

बैतडी । बैतडीमा आइतबार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

बाघको छालासहित तीन पक्राउ,खरीद विक्रि गर्ने गिरोह सक्रिय

भैरहवा, ११ जेठ रुपन्देही प्रहरीले बाघको छालासहित तीनजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्वत जिल्ला फलेवास नगरपालिका १ ठानामौलाका २५ वर्षीय आशिष सुनार, कास्की मादी गाउँपालिका ४ घर भएका पोखरा लेखनाथ महानगरपालिका १३ काहु खोलामा बस्ने २५ वर्षीय सुरज भुजेल र नवलपरासी जिल्ला सुस्ता पूर्व देवचुली नगरपालिका १३ का २५ वर्षीय बद्री सुनार रहेका छन्। बाघको छाला कारोबार गर्ने यो पश्चिमी क्षेत्रको ठूलो तस्करको समूह भएको प्रहरीको भनाइ छ । थप पढ्नुहोस्

ढुंगेललाई आम माफी दिने सरकारको तयारी, कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैद फैसला सुनाइएका बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारण देखाउन सरकारसँग लिखित जवाफ माग गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई सरकारले दिन लागेको आममाफी तत्काल रोक्न माग गर्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमाथि शुक्रबार सर्वोच्चका न्यायाधीश दीपक कार्कीको एकल इजलासले सरकारलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अधिवक्ता त्रिपाठीले रिटमा अन्तरिम आदेशको समेत माग गरेकाले त्यसको सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । थप पढ्नुहोस्

विभिन्न जिल्लामा दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौँ । सप्तरीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु एक जनाको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ चौरमा माटो खन्ने क्रममा माटोको ढिस्को खसेर गम्भीर घाइते भएकी २८ वर्षीया जयादेबी लौगीको स्थानीय स्वास्थ्य चौकी भारदहमा उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासीको (वर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका-१ को मौलाकालिका सामुदायिक जंगलको खोल्सामा मृत अवस्थामा महिलाको शव फेला परेको छ । चितवन खैरहनी नगरपालिका-२ लदरी घर भएकी ४७ वर्षीया बालकुमारी लामिछानेको मृत अवस्थामा शव फेला परेको छ । थप पढ्नुहोस्
1 15 16 17 18 19 48