यात्रुवाहक बस लामबगरमा दुर्घटना, १६ यात्रु घाइते

काठमाडौं । धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको यात्रुवाहक बस शुक्रबार बिहान ७ः४९ बजेतिर काठमाडौंको लामबगरमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। बा३ख ३७४९ नम्बरको बस दुर्घटना हुँदा चालक सहित १६ यात्रु घाइते भएका महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले बताए । उनले बस अनियन्त्रित भई सेस्पतिबोला खोला किनारमा पल्टिएको हो । उनका अनुसार घाइतेहरुको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

सोलुखुम्बुको देविस्थान भीरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बु । नेतासल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जीप भीरबाट खसेको र जीपमा सवार ६ जनाको मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सल्यानको दोलीबाट पिङला तर्फ आउँदै गरेको को१ज १८०६ नम्बरको बोलेरो जीप भीरबाट करिब एक किलोमिटर तल दाल्दु खोल्सामा खसेको स्थानीय प्रत्यक्षदर्सि हेम खड्काले बताए। घटनास्थलमा एक बालिका पनि घाइते अवस्थामा भेटिएकी र उनलार्इ उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको उनले बताए । थप पढ्नुहोस्

४० हजार अमेरिकी डलरसहित युवक पक्राउ

धादिङ । अवैध रुपले झोलामा ४० हजार अमेरिकी डलर बोकेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पृथ्वीराजमार्गको सिम्लेमा स्थानीय पसलेसँग सस्तो दरभाउमा डलर साट्‌ने क्रममा प्रहरीले शंका गरी पक्राउ गरेकोथियो । प्रहरीले नवलपरासी जिल्ला सरावल गाउँपालिका–३ निवासी २८ वर्षीय आनन्दप्रसाद कलवारलाई डलरसहित पक्राउ गरेको हो । कलवारसँग एक सय दरका ४ सय थान अमेरिकी डलर बरामद भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । कलवारले आफूसँग रकम नभएर खाना नखाएको भन्दै सस्तोमा डलर साटी दिन पसलेसँग आग्रह गरेका थिए । थप पढ्नुहोस्

निर्वस्त्र पारी महिला कुटपिट गर्नेलाई ६ महिना कैद

दाङ  । सार्वजनिक स्थलमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई जिल्ला प्रशासन कार्यालय दाङले जनही ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सितगंगा नगरपालिका(९ ठाडोखोला अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई कुटपिट गर्ने राप्ती गाउँपालिका - १ भालुबाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई बुधबार उक्त सजायको फैसला गरेका हुन् । जनही ७ हजार ८ सय २० रुपयाँ उपचार खर्च भराउने आदेश पनि भएको श्रेष्ठले जानकारी दिए । थप पढ्नुहोस्

सुन तस्कर दारुकालाई छुटाउन १५ करोडको थैली बोक्दै संजय अग्रवाल !

काठमाडौं । सुर्य चुरोटको उत्पादक कम्पनी सुर्य नेपाल प्रा.लि.का विरगंज शाखाका उपमहाप्रबन्ध प्रभाकर विक्रम शाहसग सम्धेलो फुकाउदै गर्दा कुख्यात गोल्डेन डन राजु दारुका काठमाडौंको अन्नपूर्ण होटलबाट पक्राउ परेका छन् । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले गोल्डन डन दारुकालाई असार १२ गते मंगलबारका दिन दरबारमार्गस्थित पाचतारे होटल अन्नपूर्णबाट पक्राउ गरेको हो । सो समयमा दारुकाको कान्छो छोरा अंकित दारुका र प्रभाकर विक्रम कि छोरीको विवाहको भव्य भोज भइरहेको थियो । थप पढ्नुहोस्

रङको गोदाम र मुर्ति कारखानामा आगलागी

काठमाडौं । ललितपुर सातदोवाटोमा रहेको एक रङ पसलको गोदाममा आगलागी भएको छ । दिउँसो साढे ११ बजेतिर सातदोवाटोस्थित दिनेश पण्डितको जग्गामा रहेको टहरामा रहेको रमेश व्यञ्जनकारको रङको गोदाममा आगलागी भएको हो । टहराभित्र रहेको नसीब अन्सारीको मुर्ति कारखाना पनि जलेको महानगरीय प्रहरी वृत्त सातदोवाटोका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले बताए। आगलागीबाट टहरा, रङ गोदाम र मुर्ति पसलका गरी २५ लाख रुपैयाँ क्षति भएको प्रहरीको अनुमान छ । प्रहरी र ललितपुर महानगरपालिकाको दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

अवैधरुपमा लुकाई राखेको पेस्तोल र गोलीसहित पक्राउ

जाजरकोट ।  जाजरकोटमा अवैधरुपमा लुकाई राखेको एक थान पेस्तोलसहित युवक पक्राउ परेका छन्। भेरीनगरपालिका(३ का तिलक सुनारले अवैधरुपमा लुकाई राखेको एक थान पेस्तोल, एक थान म्याग्जिन र पेस्तोलमा लाग्ने चार थान गोलीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा घरमा खानतलासी गर्दा अवैध हतियार बरामद गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहले बताए।पक्राउ परेका सुनारको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

मादक पदार्थ सेवन गरी घरमा सुतेका ६ जनाको मृत्यु

धनुषा । अचानक बिरामी भएर कमला नगरपालिका–५ लकड स्थित टेनाटोल बस्ने ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, ३६ वर्षीय मणि पासवान, सोही नगरपालिका–६ मडान बस्ने ४५ वर्षीय साविर अन्सारी, ५२ वर्षीय गंगा पासवान र ३८ वर्षीय राजबिर महतोको बुधबार मृत्यु भएको छ । मंगलबार बेलुका मादक पदार्थ सेवन गरी आ–आप्नो घरमा सुतेका रामनाथ, रामचन्द्र, मणि र साविरको स्थानीय मेडिकलका चिकित्सकले जाँच गराउने क्रममा मृत्यु भएको थियो भने गंगा र राजबिरको सिराहा मिर्चैयास्थित मंगल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । थप पढ्नुहोस्

सुन तस्करीकाण्डमा व्यवसायी दीपक मल्होत्राको संलग्नता छैन् : गृह स्रोत

साढे ३३ किलो गोल्ड तस्करीको छानविन अन्तिम चरणमा काठमाडौं । नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता तथा प्रतिष्ठित व्यवसायी दीपक मल्होत्राको चर्चित सुन तस्करी काण्डमा कुनै संलग्नता नरहेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ । थप पढ्नुहोस्

बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गुल्मी । ११ वर्षीया बालिका जबरजस्तिकरणी गरेर फरार भएको आरोपमा गुल्मीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इश्मा गाउँपालिका(२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई बालिका जबरजस्तिकरणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । गत सोमबार करिब ५ बजे ११ वर्षे बालिका पानी लगाउन गएको समयमा कार्कीले आफ्नो घरमा लिएर जबरजस्तिकरणी गरेको भन्दै प्रहरीमा उजुरी परेकोे थियो । घटनाका बारेमा परिवारले बुधवार मात्रै स्थानीय प्रहरी चौकी हस्तिचौरमा खबर गरेको प्रहरी जनाएको छ । थप पढ्नुहोस्
1 16 17 18 19 20 75