दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

काठमाडौं । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ। भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो। टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ । थप पढ्नुहोस्

उपरथी शाहलाई दज्र्यानी चिह्न

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथीमा पदोन्नति भएका सुवर्णबहादुर शाहलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । जंगी अड्डामा आज आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीले उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहायक रथी शाह मन्त्रिपरिषद्को यही असार २४ गतेकोे निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन् । उपरथी शाहलाई मध्य पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो । थप पढ्नुहोस्

सुन तस्करी र सनम हत्याको योजनाकार गोरे नै भेटिएन ‘ठूलो माछा’

साउन पहिलो साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याको मुख्य योजनाकार चूडामणि उप्रेती ‘गोरे’ नै रहेको विशेष अनुसन्धान समितिले निष्कर्ष निकालेको छ । थाई एयरलाइन्सका वरिष्ठ टेक्निसियन सोनु वनको दुर्घटनामा भएको मृत्यु र नेपाल वायुसेवा निगमका कर्मचारीको सिहंदरबार प्रहरी वृत्तमै भएको आत्महत्या पछाडिको कारण पनि गोरे नै भएको समितिको निष्कर्ष छ । थप पढ्नुहोस्

भूमिसुधार कार्यालयका नासु ३० हजार घुस सहित पक्राउ

विराटनगर । भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घूससहित पक्राउ गरिएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो। प्रहरी निरीक्षक कार्कीले रु ३० हजार घूससहित पक्राउ गरेको पुष्टि गरे।उनले भने, ‘भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा रु ३० हजार नगदसहित पक्राउ गरिएको हो।’ विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घूस मागेको बताइन्छ । थप पढ्नुहोस्

अव ब्रिटिश गोर्खा सैनिकमा महिला पनि भर्ती हुन पाउने !

काठमाडौं । ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि भर्ती लिने तयारी थालिएको छ । बेलायती सेनामा गोर्खाहरुको आवद्धता दुई सय वर्षभन्दा लामो छ तर, अहिलेसम्म पुरुषहरुले मात्र भर्ना हुन पाउँथे । अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि लिने तयारी थालिएको सन्डे टाइम्सले जनाएको छ । अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुका लागि पहिलो पटक भर्ती खुल्ने र त्यसको तालिम २०२० को बसन्त ऋतुबाट सुरु हुने समाचारमा उल्लेख छ ।पुरुष र महिलाहरुका लागि भर्ना छनोट प्रक्रिया र तालिममा भने फरक हुने छैन । थप पढ्नुहोस्

तास खेल्ने १७ जना नगद सहित पक्राउ

काठमाडौं । जुवा तास खेलीरहेको ठाउँबाट प्रहरी विभिन्न जिल्लामा गरी तास, नगद रुपैंया सहित १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२९ अनामनगरमा जुवातास खेलीरहेको अवस्थामा साँखु बस्ने ५१ वर्षीय कृष्णगोपाल डंगोल समेत ६ जनालाई नगद २६ हजार रुपैयाँ र ३ बुक तास सहित शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । थप पढ्नुहोस्

सशस्त्र प्रहरी बल साउनदेखि नयाँ संरचनामा

काठमाडौं । साउनदेखि आफ्नो संगठनलाइ सशस्त्र प्रहरी बलले संघीय संरचनामा लैजाने भएको छ। यो संरचना अन्र्तगत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले साउन १ देखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हो। सशस्त्र मुख्यालयको मातहत निकायलाई आवश्यक तयारीका लागि ५ असारमै परिपत्र गरेको थियो । डीआइजी सुरजकुमार श्रेष्ठले मातहत निकाय सबैलाई परिपत्र गरेका हुन् । थप पढ्नुहोस्

केआईद्धारा ६ महिनामा ३ सय ८९ जनाको उद्वार

काठमाडौं । केआई नेपालले सन् २०१८ मा ६ महिनाको अवधिमा ३ सय ८९ जना महिला तथा बालबालिकाको उद्वार बताएको छ । संस्थाले उद्वार गरिएका ३ सय ६१ महिला तथा किशोरीलाई परिवारमा पुनर्मिलन समेत गराएको छ । भने २८ जना महिला तथा किशोरीलाई सुरक्षित आवास गृहमा राखी सीप विकास तालिम दिएको छ । सीमा नाकामा भारत तर्फ जाँदै गरेका यात्रुसँग सोधपुछ गर्दै केआई नेपालका प्रतिनिधी । संस्थाले सोही अवधिमा भारत लगायत अन्य मुलुकबाट उद्वार तथा स्वदेश फिर्ता गरिएका ११ जना महिला, किशोरी तथा ५ बालकलाई स्वदेश ल्याई पारिवारिक पुनर्मिलन तथा सीप विकास तालिममा सहभागी गराएको छ । थप पढ्नुहोस्

जथाभाबी सडक काट्ने पैदल यात्रुको लागि नयाँ व्यवस्था

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी सडक काट्ने पैदल यात्रुको लागि आजदेखि नयाँ व्यवस्था लागू गरेको छ। जेब्राक्रसिङ र आशासेपुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुहरूले अब ट्राफिक प्रहरीको दुई घन्टे प्रशिक्षण लिनु पर्ने महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए। पहिलो चरणमा प्रहरीले राजधानीमा १२ स्थानमा यस्तो कार्यक्रम गर्ने लागेको हो। कोटेश्वर, ठिमी, नयाँ बानेश्वर, थापाथली, पुरानो बसपार्क, केशहरमल, सिंहदरबार, गौशाला, महाराजगन्ज, कालिमाटी र जावलाखेलमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । थप पढ्नुहोस्

नख्खिपोटबाट पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले अटोमेटिक पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले अटोमेटिक पेस्तोलसहित उनीहरुलाई ललितपुरको नख्खिपोटबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। रामेछापका कृष्णबहादुर जोगी, आशुराम मोक्तान र ताप्लेजुङका हेमलाल चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले बताए। पोखरेलले भने, राजधानीमा हतियारको सप्लाई गर्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ । थप पढ्नुहोस्
1 2 3 4 72