सामुहिक बलात्कारगरी महिलालाई जिउँदै जलाइयो

काठमाडौं । भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । थप पढ्नुहोस्

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।वडा नम्बर २ प्रतापपुरका स्थानीय ३५ वर्षका इन्द्र चौधरीले कुटपिट गर्दा ३२ वर्षीया श्रीमती गर्भी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा मृतकका श्रीमान इन्द्रले सुरुमा श्रीमतीले रक्सी खाएर लड्दा मृत्यु भएको बताएका थिए । शंका लागेपछि इन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कुटाईपछि श्रीमतीको मृत्यु आफ्नो कुटाईबाट भएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । थप पढ्नुहोस्

कार र मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

उर्लाबारी । मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँका २५ वर्षीय रवि रायलाई उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय कृष्ण घिमिरे पनि गम्भीर घाइते भएका र उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । थप पढ्नुहोस्

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । प्रधानसेनापति क्षत्री भ्रमणका लागि यही असार १९ गते म्यानमारतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले असार २० देखि २३ गतेसम्म म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकी, सेनाध्यक्ष सिनियर जनलर मिन आङ हलिङ र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट भएको थियो । थप पढ्नुहोस्

रूकुममा बस पल्टिदा एकको मृत्यु, १६ जना घाइते

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना५ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको उनले बताए । थप पढ्नुहोस्

आठ जना डिआइजी र दुई जना एसएसपीले पाए अवकास

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण उच्च तहका दश प्रहरीहरूले अनिवार्य अवकास पाएका छन्। सेवा अवधिका कारण आठ जना डिआइजी र दुई जना एसएसपीले अवकास पाएका हुन्। अवकास पाउनेहरुमा डिआइजीहरु छविलाल जोशी, उत्तमकुमार कार्की, पवन प्रसाद खरेल, ज्ञानविक्रम शाह, रविन्द्रप्रसाद शर्मा, प्रेम चन्द, शरद चन्द र श्याम खडका छन्। एसएसपीहरुमा भने श्यामबहादुर खत्री र मोहनराज जोशी छन्। उनीहरु २०४५ असार २९ गते प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका थिए । थप पढ्नुहोस्

ओडीसीका सञ्चालक ठगी आरोपमा पक्राउ

काठमाडौं । ओडीसी ईन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाखाले पक्राउ गरेको छ । भारतीय नायक सलमान खानको उपस्थितिमा कन्सर्ट गर्ने भन्दै टिकट बिक्री गरेर कार्यक्रम नगरेको आरोप उनलाई लागेको छ ।महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार सिमान्तले ठगेको भन्दै दुई जनाले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको हो। सिमान्तले कति टिकट बेचेका थिए र त्यसबाट कति रुपैयाँ ठगी भएको थियो भन्ने खुलेको छैन। तीन वर्षअघि पनि ओडीसी ईन्टरटेनमेन्टले डिप पर्पल नामक कन्सर्ट गर्ने भन्दै टिकट बेचेर कार्यक्रम नगरेको अपराध महाशाखाले जनाएको छ । थप पढ्नुहोस्

बिजुलीको खम्बामा लागेको आगो सेनाले निभायो

काठमाडौं । रामशाह पथअन्तर्गत रहेको बिजुलीको पोलमा शुक्रबार करिब ३ बजे विद्युत सर्ट हुदा आगलागी भएको छ । सिंहदरबारको पश्चिम तर्फको २ नम्बर गेट अगाडि रहेको बिजुलीको खम्बामा विद्युत सर्ट हुदा भएको आगो करिव १५ मिनेट पछि नेपाली सेनाले नियन्त्रणमा लिएको छ । आगलागीका कारण ट्रान्समिटरमा क्षति पुगेको छ। आगो सिंहदरबारभित्र रहेको नेपाली सेनाको दमकलको सहायताले निभाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थप पढ्नुहोस्

नगद २ लाख सहित ५ जना जुवाडे पक्राउ

झापा । कुनै एक घरमा लुकीछिपी तास खेलिरहेको गोप्य सुचनाका आधारमा झापा प्रहरीले नगद २ लाख सहित ५ जनालाई पक्राउ गरेको छ । विर्तामोड नगरपालिका–५ जात्रुबारी बस्ने चन्द्रबहादुर कार्कीको घरमा जुवातास खेलिरहेका कार्की सहित ५ जनालाई नगद २ लाख २१ हजार ४ सय ३५ रुपैयाँ र ११ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । थप पढ्नुहोस्

भरुवा बन्दुक सहित भुर्तेल पक्राउ

काभ्रे । काभ्रेका नवराज भुर्तेल अवैध भरुवा बन्दुक सहित जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा परेका छन् । नमोबुद्ध नगरपालिका–३ भेंडाबारी बस्ने ३६ वर्षीय नवराज भुर्तेललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । भुर्तेललाई स्थानीय वासिन्दाले अबैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिई राखेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । थप पढ्नुहोस्
1 2 3 4 5 72