प्रहरीमाथि विप्लव नेतृत्वको नेकपाद्वारा आक्रमण, अंगरक्षक पक्राउ

चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका हुन् । थप पढ्नुहोस्

७५९ प्रहरी सहायक निरीक्षकको एकैपटक सरूवा ‘हेर्नुहोस्’

काठमाडौं । नेपाल प्रहरीका सहायक निरिक्षकहरूको व्यापक सरूवा भएको छ । यसरी सरूवमा पर्ने ७५९ सहायक निरीक्षक (असर्इ) ले यस आर्थिक वर्षको असारको तलब भत्ता तथा सुविधासमेत सरूवा भएको दरबन्दीबाट नै खान पाउनेछन् । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबारको निर्णयमार्फत ७५९ जना असईको सरुवा भएको एक विज्ञीप्ती सार्वजनिक गरेको छ । सरूवा अभिलेखका लागि प्रहरी प्रधान कार्यालयले सरूवा भएका असर्इको नामावली प्रहरी किताबखाना, लैनचौरमा पठाएको छ । थप पढ्नुहोस्

बाढी आउने बारे तीन दिन अघि नै जानकारी !

काठमाडौं । यस वर्ष नदी र खोलानालामा बाढी आउने जानकारी तीन दिनअघि नै थाहा हुने भएको छ । गएको वर्षहरुमा २४ घण्टासम्म कुन ठाउँमा बाढी जान्छ भन्नेबारेमा जानकारी दिने गरेकोमा यो वर्ष तीन दिनअघि नै बाढीको पूर्वानुमान गर्ने तयारी भएको बाढी पूर्वानुमान शाखाका बाढीविज्ञ विनोद पराजुलीले बताए । उनका अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सुरु भएको घोषणा गर्नेबित्तिकै चौबीसै घण्टा कार्यालय खोलेर कुन ठाउँमा बाढी जाने सम्भावना छ भन्ने बारेमा जानकारी दिने शाखाको तयारी छ । शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर पनि बाढीको अवस्थाबारे थाहा पाउन सकिनेछ । थप पढ्नुहोस्

भरुवा बन्दुकको छर्रा लागेर एकको मृत्यु, अभियुक्त पक्राउ

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका ७ दिङलापुस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ, भने एक जना शिकारी पक्राउ परेका छन् । जङगलमा शिकार खेल्लने क्रममा भरुवा बन्दुकको छर्रा लागेर ६० वर्षीय धनबहादुर राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने ५३ वर्षीय हर्कबहादुर राई र उनी शिकार खेल्नका लागि लगिएको भरुवा बन्दुक हर्कबहादुरले हान्दा भरुवा बन्दुकको छर्रा लागेर धनबहादुरको मृत्यु प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

जुवातास खेल्ने १३ जना नगद ५२ हजार सहित पक्राउ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ६ मा समुहमा बसेर जवातास खेलीरहेका १३ जनालाई नगद सहित प्हरीले प्रक्राउ गरेको छ । तेजबहादुर थापाको घरमा जुवातास खेलिरहेका सोही ठाँउका ५३ वर्षीय प्रदिप के।सी। सहित १३ जनालाई प्रहरीले नगद ५३ हजार ९ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ । पक्राउ परेका १३ जना विरुद्ध यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । थप पढ्नुहोस्

अबिरल वर्षा पछि चट्याङका कारण आगलागी

वर्दिया । अबिरल वर्षा पछि चट्याङका कारण आगलागि हुदा साइकल पसल जलेर नष्ट भएको छ । आगलागिका कारण ठाकुरबाबा नगरपालिका ३ का छोटेलाल थारुको साईकल पसलमा आगलागी हुँदा करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । साथै सोही ठाउँका पचुवा थारुको घरमा रहेको बिद्युतीय मिटर बक्स जल्दा २५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । थप पढ्नुहोस्

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी–२० तरहराका ३१ वर्षीय तेन्जिङ लामाको करेन्ट लागेर मृत्यु भएको छ । बनाउदै गरेको घरको दोस्रो तलामा गएको अवस्थामा भुईमा रहेको खुल्ला तारबाट करेन्ट लागेर बेहोस भएका लामाको उपचारको क्रममा धरान घोपा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरलिे जनाएको छ । थप पढ्नुहोस्

जवरजस्ती करणी गरेको अभियोगमा ६५ वर्षिय वृद्ध पक्राउ

सप्तरी । सप्तरमिा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालीनी नगरपालिका–१ का ६५ वर्षीय सिंहेश्वर पाडेलाई प्रहरीले पक्राउ गरेको छ । वृद्ध पाडेले सोही ठाउँकी १३ वर्षीया बालिकालाई भैसी चराउन गएको समयमा जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय भारदहले पक्राउ गरेको हो । थप पढ्नुहोस्

प्रहरीको पहिलो कर्तव्य अपराध नियन्त्रण गर्ने : महानिरीक्षक खनाल

कलैया । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताए । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता नहुने भन्दै अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै भूमिका रहेको बताए । थप पढ्नुहोस्

नक्कली प्रहरी बनी सर्वसाधारणलाई ठगी गर्ने पक्राउ

पर्सा । नक्कली प्रहरी सि बि आई बनी सर्वसाधारण ब्यक्तिहरुलाई ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफु सिआइवी को ईन्सपेक्टर हुँ भनी गाउँघरका सोझासाझा सर्वसाधारण ब्यक्तिहरुलाई झुक्यानमा पारी थर्काउने तथा ठगी गर्दै हिडने सखुवाप्रसौनी गाउपालिका १ शितपुर बस्ने श्रीराम महतो गुरोलाई प्रकाउ गरीएको जिल्ला प्रहरी कायएलय पर्साका प्रहरी प्रमख रेवती प्रसाद ढकालले जानकारी दिए । महतोको साथबाट झुठो छनौट पत्र समेत बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि नियन्त्रणमा राखिएको छ । थप पढ्नुहोस्
1 6 7 8 9 10 49