असी हजार गाँजाको बोट र ७ सय लिटर घरेलु मदिरा नष्ट

काठमाडौं । लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट गरेको छ । प्रभागकी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको ९७ जनाको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे तथा बोझिनीमा पर्ने बारी एवं सार्वजनिक जग्गामा उम्रेको गाँजा नष्ट गरिएको हो । थप पढ्नुहोस्

सप्ताहव्यापी अभियान अन्तर्गत पाँच बिगाहको गाँजा नष्ट

भीमदत्तनगर । लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट अभियान जिल्लाभर सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्ला मातहत रहेका विभिन्न इलाका प्रहरी र प्रहरी चौकीले गाँजा नष्ट अभियान सञ्चालन गरेको बताए । सोअन्तर्गत बिहीबार इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार र वडा नं ७ फुलेली क्षेत्रको सार्वजनिक क्षेत्रका साथै विद्यालय क्षेत्रमा रहेको गाँजाका बोट नष्ट गरेको छ । थप पढ्नुहोस्

अपरेसन मन्डला डिब्रिफिङ सेसन कार्यक्रम उदघाटन

काठमाडौं । इन्टरपोल महासचिवालयको आयोजना तथा एनसिबी काठमाडौंको सहआयोजनामा अपरेसन मन्डला डिब्रिफिङ सेसन कार्यक्रम उदघाटन गरिएको छ । होटल ह्याथ बौद्दमा संचालन हुने Project RELAY अन्तर्गतको Operation MANDALA Border Management Operational Phase को Debriefing Session कार्यक्रमको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले उदघाटन गरेका छन् । थप पढ्नुहोस्

सवारी व्यवस्थापनका लागि जीपीएस प्रणाली लागू गर्न अध्ययन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको सवारी व्यवस्थापनका लागि अन्तराष्ट्रिय स्तरको जीपीएस प्रणाली लागू गर्नका लागि अध्ययन सुरु गरेको छ । राजधानी काठमाडौंमा बढ्दो सवारीसाधनको संख्यासँगै अव्यवस्थित बस स्टपलाई व्यवस्थित बनाउनका लागि महानगरले जीपीएस प्रणालीको अध्ययन सुरु गरेको हो । जीपीएस प्रणाली लागू भएपछि जथाभावी बस स्टप गर्ने परिपाटीको अन्त्य हुनुको साथै निर्धारित बस स्टपमा यात्रुले सवारी साधन आगमनको यथार्थ विवरण थाहा पाउन सकिने विश्वास लिइएको छ । थप पढ्नुहोस्

डोल्पाका टोलटोलमा प्रहरी अभियान शुरु

त्रिपुराकोट । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको टोलटोलमा प्रहरी अभियान शुरु गरिएको छ । नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा आज जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज, व्यापारी, कर्मचारी सञ्चारकर्मीलगायत सरोकारवालाको उपस्थितिमा बजार परिक्रमा गर्दै सो अभियान शुरुआत गरिएको हो । ‘गाउँघर टोल सफा राखौँ, लागुपदार्थ सेवन नगरौँ, आपराधिक सूचना प्रहरीलाई दिउँ, नागरिक प्रहरी एक हौँ’ जस्ता दर्जनौँ नाराबाजीसहित बगर बजार परिक्रम गरिएको थियो । थप पढ्नुहोस्

दुर्घटना न्यूनीकरण अभियान, टाइम कार्ड लागू

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ । थप पढ्नुहोस्

ट्राफिक व्यवस्थापनलाइ प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

वीरगन्ज । वीरगन्जको ट्राफिक अवस्थालाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कर्यालयमा भएको छलफलमा वीरगन्जका विभिन्न ठाउहरुमा हुने गरेको जामलाइ न्युन गर्न सरोकारवाला विच छलफल भएको छ । थप पढ्नुहोस्

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । नेपाली सेनाको खड्ग दल गणबाट खटिई गएका सेनाले २० दिनसम्म कार्य क्षेत्रमै खटिई विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा कार्य सम्पन्न गरेको खडग दल गण, रोल्पाका गणपति अजय गुरुङले बताए । थप पढ्नुहोस्

प्रहरीको दरबन्दी थप भएसँगै बढुवाको लागि चर्को प्रतिष्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा दरबन्दी थप भएसँगै बढुवाको लागि चर्को प्रतिष्पर्धा हुने भएको छ । प्रहरीलाई संघीय संरचनामा लैजाने प्रारम्भिक चरणअनुसार थप जनशक्ति आवश्यक भएको भन्दै गत जेठ २८ गतेको मन्त्रिपरिषद्को बैठकले एक प्राविधिक एसएसपीसहित ३ हजार १ सय १ दरबन्दी थप्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार एक प्रहरी वरिष्ठ उपरीक्षक 'एसएसपी' प्राविधिकतर्फ र बाँकी ३ हजार दरबन्दी प्रशासनतर्फ कायम गरिएको छ । थप पढ्नुहोस्

तस्करी खोल्न डिआईजीका बडीगार्ड नै सक्रिय !

सप्तरी । देशमा यतिबेला कम्युनिष्ठहरुको दुईतिहाइबाला बलियो सरकार छ । त्यो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी र तस्करलाई कडा कार्बाही गर्ने गर्जन गरेर थाकेका छैनन् । गृहमन्त्री रामबहादुर थापा बादल तस्कर, अपराधी र भ्रष्टचारीलाई जेलमा पुर्याउने अभियानमा छन् । सोही अभियान अन्र्तगत गृहमन्त्री थापाले सुन तस्करीदेखिे ठगी र कामचोर प्रवृत्तिका ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउदै छन् ।उता सोही मन्त्रालय मातहतको नेपाल प्रहरीका आईजिपी सर्वेन्द्र खनालभ्रष्टाचारविरुद्ध शुन्य शहनसिलताको भाषण गरेर थाकेका छैनन् । थप पढ्नुहोस्
1 2 3 17