दशैंलगत्तै सशस्त्र प्रहरीका ३४ अधिकृतले एकैपटक अवकाश पाउने

काठमाडौं। नयाँ संरचनामा गएको सशस्त्र प्रहरी बलमा आगामी कार्तिक महिनामा धेरै प्रहरी सिनियर अधिकृतहरू एकैपटक अवकाशमा पर्ने भएसँगै धेरै पद रिक्त हुने भएका छन् । ३० वर्षे सेवा अवधिका कारण क्षमतावान धेरै अधिकृतहरू अवकाशमा पर्न लागेका हुन् । समाचार अनुसार एसएसपी र एसपी दर्जामा गरी ३४ जना अधिकृतहरूको डफफा अवकाशमा पर्न लागेको हो । दुई जना एसएसपीहरू अवकाशमा पर्ने छन् भने बाँकी ३२ जना एसपी दर्जाका रहेका छन् । कार्तिक महिनामा अवकाश हुने एसएसपीहरूमा– महेश श्रेष्ठ र विजयकुमार पण्डित रहेका छन् । उनीहरू २०४५ कार्तिक १५ गते सेवामा प्रवेश गरेका थिए । थप पढ्नुहोस्

सशस्त्र प्रहरी बल साउनदेखि नयाँ संरचनामा

काठमाडौं । साउनदेखि आफ्नो संगठनलाइ सशस्त्र प्रहरी बलले संघीय संरचनामा लैजाने भएको छ। यो संरचना अन्र्तगत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले साउन १ देखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हो। सशस्त्र मुख्यालयको मातहत निकायलाई आवश्यक तयारीका लागि ५ असारमै परिपत्र गरेको थियो । डीआइजी सुरजकुमार श्रेष्ठले मातहत निकाय सबैलाई परिपत्र गरेका हुन् । थप पढ्नुहोस्

चरी लैजा समाचार………हामि भयौं बेघरबार !!

काठमाडौं । अविरल बर्षापछि आएको बाढीका कारण नेपालका धेरै ठाउँमा बाढी र पहिरोका कारण अस्त ब्यस्त भएको छ । हरेक बर्ष बर्षादको समयमा आधि हुरी संगै आउने बर्षाले तराइका क्षेत्र जलमग्न भएका छन् । असारको अन्तिम सातामा आइपुग्दा परेको अबिरल बर्षाले काठमाडौं उपत्यका पनि जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, काभ्रेलगायतका जिल्लामा सयौँ घर डुबानमा परेका छन् । थप पढ्नुहोस्

सशस्त्रका पाँच एआईजीको राजीनामा

काठमाडौं । सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो । थप पढ्नुहोस्

मन्त्रीपरिषद बैठक : सशस्त्र प्रहरीका ५ एआइजीको जागिर गयो

काठमाडौं । शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक 'एआइजी' हरुको बढुवा खारेज केपी ओली सरकारले गर्ने भएको छ । अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ मन्त्रिपरिषदको अबेरराती सम्म बसेको बैठकले जानकारी दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर चट् हुने निश्चित भएको क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीले बताए । थप पढ्नुहोस्

श्रीमतिको हत्या अभियोगमा सशस्त्र प्रहरीका कार्की पक्राउ

भीमदत्तनगर । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले बताए । प्रहरी सहायक निरीक्षक ऐरका अनुसार बिहान घरबाट धान रोप्नसँगै निस्केका दुवै जना खेतमा विवाद हुदा श्रीमतीको टाउकोमा खेतमै हिर्काएको प्रत्यक्षदर्शिले बताएका छन् । केशव कार्की सशस्त्र प्रहरीका जागिरे हुन् । थप पढ्नुहोस्

सशस्त्र प्रहरीका २४ एसएसपीहरुको सरुवा

काठमाडौं । सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले शसस्त्र मूख्यालयले गरेको सिफारिस शुक्रबार दिउँसो सदर गरेको हो । गृहमन्त्रालयले गरेको सरुवा अनुसार एसएसपीहरु प्रजाभक्त श्रेष्ठ, विपत व्यवस्थापन तालिम केन्द्र, कमल गिरी नौबस्ता तालिम केन्द्र, गणेश ठाडा युएन तालिम केन्द्र, ककनी र अभिकुमार खत्री उपत्यका सुरक्षा कार्यालय सरुवा भएका छन् । यसैगरि एसएसपीहरु राजु अर्याल सुरक्षा परिषदमा सरुवा भएका छन् । डिआईजीको बढुवा लाइनमा रहेका एसएसपी सिपी गौतम र रामप्रसाद श्रेष्ठलाई सहायक बाहिनीपतिको जिम्मेवारी दिएको छ । थप पढ्नुहोस्

अवैध काठ तस्करी : डीएसपी भण्डारी सहित तीन जना प्रहरी निलम्बित

धनकुटा । सशस्त्र प्रहरी बल अरुण गुल्म संखुवासभा चैनपुरको सवारी साधनमा अवैध काठ तस्करी गरिएको घटनाका मुख्य आरोपित डीएसपी रामप्रसाद भण्डारी र तीन प्रहरी जवान निलम्बनमा परेका छन् । गत जेठ २१ गते राती चैनपुरस्थित अरुण गुल्मको बा१झ १६६९ नम्बरको ट्रकमा करिब सात लाख मुल्य पर्ने एक सय क्यूबिक फिट बढी सखुवाका काठ धनकुटा हुँदै विराटनगरतर्फ तस्करी गरिएको थियो। मुख्य आरोपित डीएसपी खनालसहित सशस्त्रका जवान विनोद कट्टेल, मिलनकुमार राई र दिपेन्द्रकुमार कर्माकार निलम्बनमा परेको स्रोतले जनाएको छ । थप पढ्नुहोस्

सशस्त्र प्रहरीका ६३ सई इन्सपेक्टरमा बढुवा

काठमाडौं  । सशस्त्र प्रहरी बलका ६३ सशस्त्र प्रहरी नायव निरीक्षक (सई) सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिश भएका छन् । सशस्त्र प्रहरी बलले बुधबार सो सिफारिश गरेको हो । थप पढ्नुहोस्

एक किलो सुन र ११ लाख लुटपाट काण्डमा प्रहरीका सहायक निरीक्षक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक विशाल खड्का एक किलो सुन तथा नगद लुटेको आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक खड्कालाई करिब एक महिना अगाडिको लुटपाट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३।१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेका थिए । पूर्वयोजना अनुरुप व्यवसायीलाई रेकी गरेर उनीहरूले लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थप पढ्नुहोस्
1 2