उपरथी शाहलाई दज्र्यानी चिह्न

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथीमा पदोन्नति भएका सुवर्णबहादुर शाहलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । जंगी अड्डामा आज आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीले उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहायक रथी शाह मन्त्रिपरिषद्को यही असार २४ गतेकोे निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन् । उपरथी शाहलाई मध्य पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो । थप पढ्नुहोस्

बिजुलीको खम्बामा लागेको आगो सेनाले निभायो

काठमाडौं । रामशाह पथअन्तर्गत रहेको बिजुलीको पोलमा शुक्रबार करिब ३ बजे विद्युत सर्ट हुदा आगलागी भएको छ । सिंहदरबारको पश्चिम तर्फको २ नम्बर गेट अगाडि रहेको बिजुलीको खम्बामा विद्युत सर्ट हुदा भएको आगो करिव १५ मिनेट पछि नेपाली सेनाले नियन्त्रणमा लिएको छ । आगलागीका कारण ट्रान्समिटरमा क्षति पुगेको छ। आगो सिंहदरबारभित्र रहेको नेपाली सेनाको दमकलको सहायताले निभाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थप पढ्नुहोस्

बाढी तथा पहिरो पीडितहरुको निरन्तर उद्धारमा नेपाली सेना

काठमाडौं । बुधबार राती देखि परेको अविरल बर्षाको कारण देशको विभिन्न स्थानहरुमा बाढी तथा पहिरो गएपछि पीडितहरुको उद्धारमा नेपाली सेना खटिएको छ । सेनको विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले बिहिबार काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका २ पुलबजारमा डुबानमा फसेका ४ जनाको उद्दार गरेको । साथै, उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्ट 'डिजास्टर असिस्टेन्स रिस्पोन्स टिम' सहित नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट काभ्रेको नमोबुद्ध नगरपालिका ६ रोशी खोलाको बीच ढुङ्गामा फसेका २ जनाको उद्दार गरेको छ । थप पढ्नुहोस्

चरी लैजा समाचार………हामि भयौं बेघरबार !!

काठमाडौं । अविरल बर्षापछि आएको बाढीका कारण नेपालका धेरै ठाउँमा बाढी र पहिरोका कारण अस्त ब्यस्त भएको छ । हरेक बर्ष बर्षादको समयमा आधि हुरी संगै आउने बर्षाले तराइका क्षेत्र जलमग्न भएका छन् । असारको अन्तिम सातामा आइपुग्दा परेको अबिरल बर्षाले काठमाडौं उपत्यका पनि जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, काभ्रेलगायतका जिल्लामा सयौँ घर डुबानमा परेका छन् । थप पढ्नुहोस्

सेनाको हेलीकोप्टरबाट बाढीमा फसेका २ जनाको उद्दार

काभ्रे । नेपाली सेनाको हेलिकोप्टरबाट काभ्रेको नमोबुद्ध नगरपालिका-६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई उद्दार गरिएको छ । खानेपानीको काम गर्ने डोरज अप्रेटर नारायण श्रेष्ठ र उनका सहयोगीलाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं पठाइएको काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए । जमिनबाट उद्दार गर्न सम्भव नभएपछि उनीहरुलाई हेलिकोप्टरको प्रयोग गरी उद्दार गरिएको हो । जिल्लामा हालसम्म कुनै माननवीय क्षती नभएको र जोखिमपूर्ण स्थानमा विशेष सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी राउतले बताएका छन् । थप पढ्नुहोस्

बडीमालिकामा सेनाद्वारा सैनिक पदमार्ग निर्माण

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका– ८ मा रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ । बडीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समरजीत गुल्मका सेनानी विष्णु सापकोटाले बताए । उहाँले दिएको जानकारीअनुसार नगरपालिकाको रु दुई लाख आर्थिक सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको बताउनुभयो । पदमार्ग निर्माणका लागि नगरपालिकाबाट विनियोजित बजेटबाट रु दुई लाख अपुग भएको उनले बताए । थप पढ्नुहोस्

नेपाली सेनाका मेजर ब्राउनसुगरसहित पक्राउ, आज म्याद थपको तयारी

बाँके । बाँकेमा पछिल्लो समय लागु औषधको कारोबार बढेसंगै ब्राउनसुगरसहित नेपाली सेनाका मेजर पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीसहित अर्का एक जनालाई प्रहरीले बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीबाट ५४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ईकाई र जिल्ला प्रहरी कार्यालयको टोलीले मेजर शाही र बाँके राप्ती सोनारीका रिम पौडेल शनिबार बेलुका पक्राउ गरेको हो । थप पढ्नुहोस्

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । नेपाली सेनाको खड्ग दल गणबाट खटिई गएका सेनाले २० दिनसम्म कार्य क्षेत्रमै खटिई विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा कार्य सम्पन्न गरेको खडग दल गण, रोल्पाका गणपति अजय गुरुङले बताए । थप पढ्नुहोस्

प्रधानसेनापति क्षत्री द्धारा फायरिङ अभ्यासको निरीक्षण

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अभ्यासको निरीक्षण गरेका छन् । निरीक्षणकै क्रममा उनले अभ्यास इलाकाको स्थलगत वस्तुस्थिति र बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्दै यस्तो अभ्यासले फौजको पेशागत ज्ञान तथा दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । थप पढ्नुहोस्

नगर प्रमुख ओली लक्षित बम नेपाली सेनाद्धारा निष्क्रिय

दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका छन् ।  नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उनले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गरेका थिए । थप पढ्नुहोस्
1 2 3 6