प्रहरी हवल्दार : पत्नीको शव कार्यालयको क्यान्टिनमा !

बर्दिया ।  बर्दिया गुलरियाको जिल्ला प्रहरी कार्यालयको क्यान्टिमा प्रहरी हवल्दारकी पत्नीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शुक्रबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । थप पढ्नुहोस्

तस्करी र हत्या हिंसा मुक्त रौतहट : प्रहरी उपरिक्षक के.सी

अभिकनु कुमार पटेल रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले हत्याहिंसा, बलात्कार, अपहरण,तस्करी मुक्त जिल्ला बनाउने अभियान थालेको छ ।  भरतपुर तालिम केन्द्रबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा केही दिन अघि मात्र सरुवा भएका गएका प्रहरी उपरिक्षक रवीन्द्र के।सीले बढ्दो हत्या हिंसा रोकथाम गरी जिल्लालाई हत्याहिंसा, बलात्कार, अपहरण,तस्करी मुक्त जिल्ला बनाउने बताएका छन् । थप पढ्नुहोस्

इटहरी बलात्कार प्रकरणमा मुछिएका दुइ प्रहरी अधिकारीको घटुवा

काठमाडौं । सुनसरीको इटहरीमा करिब ५ महिनाअघि भएको १४ वर्षीय बालिकामाथिको सामूहिक बलात्कार प्रकरणमा मुछिएका दुई प्रहरी अधिकारीलाई विभागीय कारबाही गरिएको छ ।यसअघि गत १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी १४ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । र, ती प्रहरी अधिकारीले प्रहरी कार्यालयभित्रै घटना गुपचुप मिलाएको आरोप लागेको थियो । पीडित बालिकाले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठबाट आफू बलात्कृत भएको बयान दिएकी थिइन् । थप पढ्नुहोस्

घरेलु १८ हजार लिटर मदिरा नष्ट

चितवन । प्रहरीले जिल्लामा अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण अभियान सञ्चालन गरेको छ । घर÷घरमा पुगेर अवैध रुपमा सञ्चालन गरेका भट्टीका सामग्री र उत्पादनसहित सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने प्रक्रिया शुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरकाअनुसार वडा प्रहरी कार्यालय नारायणगढ र नारायणगढ बसपार्कस्थित प्रहरी विटले तीन दिनमा ३१ घरबाट ९५० लिटर अवैध तयारी मदिरा नियन्त्रणमा लिएको छ । उक्त परिमाणको मदिरा भरतपुर महानगरपालिका–३, ४, १० र ११ बाट नियन्त्रणमा लिइएको हो । थप पढ्नुहोस्

सूचनाको हक, प्रवाह र संचार प्रविधि सम्बन्धी २ दिने अनुशिक्षण

काठमाडौं । राष्ट्रिय सूचना आयोग र प्रहरी प्रधान कार्यलयको आयोजनामा सूचनाको हक, सूचना प्रवाह र संचार प्रविधि सम्बन्धी दुईदिने अनुशिक्षण कार्यक्रम प्रहरी प्रधान कार्यलयमा सोमबारबाट सुरू भएको छ । कार्यक्रमको विशेष सत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नेपालमा सूचनाको हक सम्बन्धी व्यवस्थाबारे प्रस्तुतीकरण गर्दै सूचनाको हकको परिचय, यस सम्बन्धी ऐन तथा सुशासन ऐनले सार्वजनिक निकायलाई तोकेको दायित्व र आयोगले सम्पन्न गरेका कार्य तथा उपलब्धीबारे बताए । थप पढ्नुहोस्

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौँ । नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको छ । थप पढ्नुहोस्

गृहमन्त्रालयले गर्यो २१ डिआइजीको सरुवा, को कहाँ ? (नाम र स्थानसहित)

काठमाडौँ ।  नेपाल प्रहरीका २१ जना डिआइजीको सरुवा भएको छ । गृहमन्त्रालयले शुक्रबारको निर्णयअनुसार एक्काइस डिआइजीको सरुवा भएको हो । सरुवा हुने डिआइजीहरु पुष्कर कार्की,छविलाल जोशी,मनोज न्यौपाने,ज्ञान बिक्रम शाह,धिरु बस्नेत,केदार रिजाल,शेर बहादुर बस्नेत,पिताम्बर अधिकारी,दिपक कुमार थापा,दिनेश अमात्य,नारायण सिह खड्का,रबिन्द्र प्रसाद शर्मा,कमल बहादुर जि.टी,महेन्द्र बिक्रम शाह,प्रेम चन्द,श्याम खड्का,दानसिह बोहरा,शुशिल कुमार भण्डारी रहेका छन् । थप पढ्नुहोस्

३३ जना एसएसपीको सरुवा,को कहा ?

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी हरुको सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयको जेठ ४ गतेको निर्णय अनुसार ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी हरुको सरुवा भएको छ । साविकको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट राजेन्द्र ढकाललाई संघिय प्रहरी एकाइ कार्यालय लुम्बिनीमा सरुवा गरेको छ । यस्तै प्रहरी प्रधान कार्यालय जगेडापुलका घनश्याम अर्याललाई संघिय एकाई कार्यालय भेरीमा सरुवा गरेको छ । यस्तै शरद कुमार खत्रीलाई रानीपोखरी बाट संघिय प्रहरी एकाई मेची लगाएत ३३ जना एसएसपीको सरुवा गरेको छ । थप पढ्नुहोस्

प्रहरी महानिरीक्षक खनालद्वारा दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय ( माननीय मन्त्रीस्तर ) को जेठ ३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका छन् । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका १६ जना र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । थप पढ्नुहोस्

गृहमन्त्री थापाको निर्देशन,आवश्यकता अनुसार ट्राफिक जरिवाना

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि अब ट्राफिक जरिवाना बढ्ने भएको छ। ट्राफिक नियम उल्लङ्घन गर्दा तिराइने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उल्लङ्घन बढी गर्ने गरेको गुनासो आएपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क बढाउन निर्देशन दिएका हुन्। अहिले ट्राफिक नियम उल्लङ्घन गर्दा २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मात्रै जरिवाना कायम रहेको छ। यातायात व्यवस्था विभागले यसलाई बढाएर २ सय देखि ५ हजारसम्म पुर्याएको निर्देशक तुल्सिराम अर्यालले जानकारी दिए । थप पढ्नुहोस्
1 2 3 7