प्रहरीका लागि मोटरसाईकल आउटरार्इडर्स उन्नत तालिम

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा प्रहरी प्रधान कार्यालय, सवारी महाशाखामा पाँचौँ समूहको मोटरसाईकल आउटराईडर्स उन्नत तालिम मंगलबार देखि सुरु भएको छ । तालिममा महाशाखाका प्रहरी नायव उपरीक्षक ई।दिनेश के।सीले उक्त तालिम उद्‍घाटन गरेका छन् । तालिम संयोजक प्रहरी निरीक्षक मिठ्ठाराम दाहालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कूल १६ दिन कार्यावधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २, प्रहरी सहायक निरीक्षक ४, प्रहरी हवल्दार ९ र प्रहरी जवान १५ गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । थप पढ्नुहोस्

सुन तस्करी काण्ड : न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा छापा

काठमाडौ । काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा छापा मारिएको छ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा छापा मारेको हो । समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले दुई वटै पसलबाट ठूलो परिणाममा सुन बरामद गरेको बताइएको छ । ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा शुक्रबार छापा मारेको थियो । थप पढ्नुहोस्

प्रहरीको गाँजा नस्ट अभियान : ५ हजार बोट सखाप

लमजुङ। प्रहरीले लमजुङमा गाँजा सेवन र बिक्रि वितरण रोक्न बोट नष्ट अभियान शुरु गरेको छ । अभियान अन्तर्गत ५ हजार ५ सय ५० वटा गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईहरुले जिल्लाका आठ वटै स्थानिय तहमा ५ हजार ५ सय ५० गाजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बेसीशहर नगरपालिकामा ७ सय ५०, सुन्दरबजार नगरपालिकामा १ हजार ७ सय ५०, मध्यनेपाल नगरपालिकामा ९ सय ७० र राइनास नगरपालिकामा ८० बोट गाँजा नष्टगरेको जन्नाएको छ । थप पढ्नुहोस्

उपत्यका चोरी नियन्त्रण बिशेष अभियान, ३०७ जना पक्राउ

काठमाडौं । उपत्यका लगाएत भक्तपुर र ललितपुरमा दैनिक जसो चोरीका घटनाहरु अत्याधिक हुने भएकाले घटनालाई न्युनिकरणका लागी महानगरीय प्रहरी परिसरले बृत्त हरु संग समन्वय गरि चोरी नियन्त्रण बिशेष अभियान थालेको छ । चोरीका घटना नियन्त्रण गर्न यहि जेठ १३ गतेदेखि बिशेष सुरक्षा योजना अनुसार चोरी नियन्त्रण बिशेष अभियान उपत्यकाका बिभिन्न स्थानमा सुरु गरिएको छ । भर्खरै मात्रामा सुरु अभियानका क्रममा ३ सय ७ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दिनमा र रातमा विभिन्न बहानामा चोरी हने भएपछि सादा पोशाकमा प्रहरी चालन गरिएको बताइएको छ । थप पढ्नुहोस्

नेपाल प्रहरीमा तीनजना मात्रै एआईजी रहने दरबन्दी कायम

काठमाडौं । नेपाल प्रहरीमा अब तीनजना एआईजी मात्रै दरबन्दी रहने बताइएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा तीनजना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गरेको छ । यसअघि १५ जना एआइजी रहने व्यवस्था थियो । सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी २ जना कायम गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए। बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आउँदो आर्थिक वर्ष भित्र १६ सय दरबन्दी र बाँकी दरबन्दी क्रमशः पदपूर्ति गरिने सरकारका प्रवक्ता बास्कोटाले बताए । थप पढ्नुहोस्

७५९ प्रहरी सहायक निरीक्षकको एकैपटक सरूवा ‘हेर्नुहोस्’

काठमाडौं । नेपाल प्रहरीका सहायक निरिक्षकहरूको व्यापक सरूवा भएको छ । यसरी सरूवमा पर्ने ७५९ सहायक निरीक्षक (असर्इ) ले यस आर्थिक वर्षको असारको तलब भत्ता तथा सुविधासमेत सरूवा भएको दरबन्दीबाट नै खान पाउनेछन् । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबारको निर्णयमार्फत ७५९ जना असईको सरुवा भएको एक विज्ञीप्ती सार्वजनिक गरेको छ । सरूवा अभिलेखका लागि प्रहरी प्रधान कार्यालयले सरूवा भएका असर्इको नामावली प्रहरी किताबखाना, लैनचौरमा पठाएको छ । थप पढ्नुहोस्

प्रहरीको पहिलो कर्तव्य अपराध नियन्त्रण गर्ने : महानिरीक्षक खनाल

कलैया । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताए । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता नहुने भन्दै अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै भूमिका रहेको बताए । थप पढ्नुहोस्

नक्कली प्रहरी बनी सर्वसाधारणलाई ठगी गर्ने पक्राउ

पर्सा । नक्कली प्रहरी सि बि आई बनी सर्वसाधारण ब्यक्तिहरुलाई ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफु सिआइवी को ईन्सपेक्टर हुँ भनी गाउँघरका सोझासाझा सर्वसाधारण ब्यक्तिहरुलाई झुक्यानमा पारी थर्काउने तथा ठगी गर्दै हिडने सखुवाप्रसौनी गाउपालिका १ शितपुर बस्ने श्रीराम महतो गुरोलाई प्रकाउ गरीएको जिल्ला प्रहरी कायएलय पर्साका प्रहरी प्रमख रेवती प्रसाद ढकालले जानकारी दिए । महतोको साथबाट झुठो छनौट पत्र समेत बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि नियन्त्रणमा राखिएको छ । थप पढ्नुहोस्

बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक खनालको मृत्यु

रुपन्देही । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ । यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार हुदाहुदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफैले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो । थप पढ्नुहोस्

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकको दरबन्दी घट्यो, अव ५ जना मात्र एआईजी

काठमाडौँ । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाएको छ । गृह मन्त्रालयले १६ जनाबाट घटाएर एआइजीको दरबन्दी ५ मा झारेको हो । अब प्रहरी मुख्यालयमा २ जनामा एआइजी हुनेछन् । यसैगरी, महानगरीय प्रहरी आयुक्तको कार्यालय र तालिम केन्द्रमा १-१ एआइजी रहनेछन् । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले ५ जना मात्र एआइजी राख्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गरेको छ । मन्त्रिपरिषदबाट पारित भएपछि मन्त्री स्तरीय यो निर्णय लागू हुनेछ । थप पढ्नुहोस्
1 2 3 4 10