प्रहरी अधिकारीकै संरक्षणमा इर्नवा नाकामा पोके तस्करी मौलायो

काठमाडौं ।  गहृमन्त्री रामबहादुर थापा ‘बादल’ ले एक साता अघि प्रहरी प्रशासनका उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै ‘प्रहरी प्रशासनको नजर हरदम तस्कर तथा अपराधीको नजरभन्दा एक कदम अगाडि हुनुपर्ने भनेर दिर्नेशन दिए । ’ गृहमन्त्रीकोे निर्देशन एक साता पुरा नहुदै पर्साको इर्नवा नाकामा प्रहरीका एक अधिकारीकै संरक्षणमा पोके तस्करी मौलाएको खबर बाहिर आएको छ । प्रहरी चौकी अगाडिबाटै दिनहुजस्तो पोके व्यापारीले सामान ओर्सादा समेत प्रहरी मुकदर्शक बनेर बसेको छ । यस्ता पोके व्यापारीले गर्दा नाकामा राजश्व तिरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरु मर्कामा परेका छन् । थप पढ्नुहोस्

बेवारिसे अवस्थामा भेटिएको रकम प्रहरीद्वारा फिर्ता

विराटनगर । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन् । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिएका बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । थप पढ्नुहोस्

भारत लैजान लागिएका चार बालकको उद्धार गरी आफन्तको जिम्मा

जाजरकोट । नलगाड नगरपालिका– १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । भेरी नगरपालिका–४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड–१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड–१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिनुभयो । उनीहरुलाई भारत लैजानका लागि ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु १५ हजार ८४० र तीन थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । सो सबै सामग्री अभिभावकको जिम्मा लगाइएको छ । चारै जना आफन्तसँग खबरै नगरी घरबाट भागेका थिए । थप पढ्नुहोस्

विभिन्न होटल र डान्सबारमा प्रहरीको छापा, ३९ बालबालिकाको उद्धार

काठमाडौं । महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरमा छापा मारी ३९ जना बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरूमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा बुधबार राति छापा मारेर बालिकाको उद्धार गरेको हो । जसमध्ये ठमेलबाट तीन, कोटेश्वरबाट दुई, बालाजुबाट ११, गोँगबुबाट १४ र वानेश्वरबाट नौ जनालाई नियन्त्रणमा लिएको हो । थप पढ्नुहोस्

अवैध ३५ लिटर मदिरा नष्ट

पर्सा । पर्सामा गस्तीमा गएको प्रहरीको टोलीले रक्सी भट्टीमा चेकजाँच गर्दा ३५ लीटर मदिरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्ती टोलीले बि.म.न.पा.वडा नं. २२ मनियारी गाउँमा रहेको मदन सहनीको रक्सी भट्टीमा चेकजाँच गर्दा अन्दाजी ३०र३५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको मदिरा स्थानिय भद्र भलादमीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । थप पढ्नुहोस्

प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने

काठमाडौं । नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने भएको छ ।अर्थमन्त्री मन्त्रालयले तयार पारेको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुन लागेको जानकारी गराएका हुन् । ब्यूरोमा सम्बन्धित क्षेत्रमा योग्यता भएका प्रहरीलाई अधिकार दिएर कार्य सम्पादन गरिने जनाइएको छ ।बजेट वक्तव्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायी बनाउने उल्लेख गरिएको छ । थप पढ्नुहोस्

प्रहरी महानिरीक्षक खनालबाट नेपाल प्रहरी अस्पताल निरीक्षण

काठमाडौँ ।  प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले नेपाल प्रहरी अस्पताल महाराजगंजको सोमबार निरीक्षण गर्दै प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन् । निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक खनालले अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, भिभिआईपी र भीआईपी वार्ड, सर्जरी वार्ड, पथ्य, लाइन ब्यारेक, पुस्तकालय, ओपिडी, फिजियो थेरापी, रेडियोलोजी विभाग, पोष्टअप, मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभाग लगायतको निरीक्षण गरिएको छ । थप पढ्नुहोस्

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

पाँचथर । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् । एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेपछि रहस्य सार्वजनिक भएको थियो । थप पढ्नुहोस्

प्रहरी हवल्दार : पत्नीको शव कार्यालयको क्यान्टिनमा !

बर्दिया ।  बर्दिया गुलरियाको जिल्ला प्रहरी कार्यालयको क्यान्टिमा प्रहरी हवल्दारकी पत्नीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शुक्रबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । थप पढ्नुहोस्

तस्करी र हत्या हिंसा मुक्त रौतहट : प्रहरी उपरिक्षक के.सी

अभिकनु कुमार पटेल रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले हत्याहिंसा, बलात्कार, अपहरण,तस्करी मुक्त जिल्ला बनाउने अभियान थालेको छ ।  भरतपुर तालिम केन्द्रबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा केही दिन अघि मात्र सरुवा भएका गएका प्रहरी उपरिक्षक रवीन्द्र के।सीले बढ्दो हत्या हिंसा रोकथाम गरी जिल्लालाई हत्याहिंसा, बलात्कार, अपहरण,तस्करी मुक्त जिल्ला बनाउने बताएका छन् । थप पढ्नुहोस्
1 2 3 4 5 10